होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
४ जेठ, काठमाडौं । नेकपा एमालेभित्र कायम सहमति कार्यान्वयनका निम्ति प्रस्ताव ल्याउन गठित कार्यदलले आपसमा अन्तरविरोध र अविश्वास सिर्जना हुने कार्यबाट अलग रहन पार्टी पंक्तिलाई आग्रह गरेको छ । सिंहदरबारमा बसेको कार्यदलको बैठकले पार्टी एकता कायम राख्न अविश्वासको वातावरण सिर्जना हुन नदिन अपील जारी गरेको हो । ‘पार्टीमा एकता र समझदारी वृद्धि गर्न तथा एकापसमा […]
कमल थापा : आज जेठ ४ गते । आजकै दिन २०६३ सालमा नेपाली जनताको प्रत्यक्ष अभिमत विना बिदेशी शक्तिहरुको दवाव र प्रभावमा षडयन्त्रपूर्वक नेपालको हिन्दुराष्ट्रको पहिचान समाप्त पारिएको थियो । अहिले कथित ‘धर्मनिरपेक्षता’को आडमा सनातन धर्म, संस्कृति र परम्परालाई नष्ट पारेर बिदेशी धर्म संस्कृति लाद्ने काम योजनावद्ध र संगठितरूपमा भैरहेको छ । लोभलालच र प्रलोभनमा […]
जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा चयन भएका राजेन्द्र महतोको सो पद खारेज हुने भएको छ ।जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका बहुमत सांसदको बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा चयन गरेको थियो । तर विधिवत, प्रकृया पुर्याएर नगरिएको कारण सो पद हाललाई खारेज गर्ने सहमति भएको अध्यक्ष उपेन्द्र यादवले बताए । […]
काठमाडौं ४ जेठ । नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनको मापदण्ड तय गर्न कार्यदलको बैठक आज बस्दैछ । दिउँसो तीन बजे सिंहदरबारमा बैठक बस्ने कार्यदलका सदस्य सुवास नेम्वाङले बताए । २ जेठमा बनेको कार्यदलको यो पहिलो बैठक हो । उनी अध्यक्ष केपी शर्मा ओली तर्फका कार्यदल संयोजक समेत हुन् । बरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भीम […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध सर्वोच्च अदालतमा परेका चारवटा रिटको सुनुवाइ आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चारवटा रिट परेका छन् । अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका […]
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले दर्ता गर्न ल्याएका दुई छुट्टाछुट्टै रिटमा प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको छ। सबै प्रशासनिक काम सकिए पनि आइतबार समय अभावका कारण निवेदन दर्ता हुन नसकेको ज्ञवालीले जानकारी […]
काठमाडौं । कुनै पनि बैठक या छलफलबाट बाहिर निस्कँदा सञ्चारकर्मीलाई विरलै मात्र प्रतिक्रिया दिने गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सिंहदरबारमा दुई प्रश्नको जवाफ दिए । एमाले विवाद समाधान गर्न प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीचको भेटवार्ता सकेर सिंहदरबारबाट बाहिरिँदै गर्दा ओलीलाई सञ्चारकर्मीले घेरेर प्रश्न गर्न छुटाएनन् । त्यसक्रममा प्रधानमन्त्री ओलीलाई उपस्थित सञ्चारकर्मीले दुई नेताको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा जिवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका छन् । उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएको पनि बताए । आइतबार पार्टीभित्रको विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता माधव कुमार नेपालसँगको छलफलपछि सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष समेत रहेका ओलीले भने, ‘प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे […]
नेकपा एमाले माओवादी केन्द्रबीच एकता भएको आज ठीक तीन वर्ष पुग्दैछ । २०७५ साल जेठ ३ गते दुई पार्टी एकआपसमा विलय भएर नेकपा बनेको थियो । अहिले सर्वोच्च अदालतले पार्टी फुटाइदिएपछि एमाले ०७५ जेठ २ को अवस्थामा फर्कन खोजिरहेको छ । माओवादीले भने विधान संशोधन गरेर संगठनात्मक संरचनामा हेरफेर गरेको छ । एकताको तीन वर्ष […]
एमाले विवाद मिलाउन दुबै पक्षको ५–५ जनाको वार्ता टोली गठन गरिएको छ । वार्ता टोलीमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् भने नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । आइतबार सिंहदरबारमा बसेको एमाले अध्यक्ष र […]
कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी) ले अक्सिजन अभाव हुन नदिन आवश्यक सवै प्रक्रिया अवलम्बन गर्ने भएको छ । सिंहदरबारमा आइतबार प्रधानमन्त्री केपी ओलीसहित बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा नीजि क्षेत्रको समेत सहभागितामा आवश्यक व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानुनी प्रक्रियामा अड्किएर कुनैपनि नागरिकको ज्यान जान दिन नुहने […]
२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु भएको हो । शुक्रबार दुई समूहका नेताहरु सहभागी बैठकले ओली र नेपाललाई कार्यदल गठनबारे जिम्मेवारी दिएको छ । नेकपा एमालेभित्र देखिएको विवाद हल गर्न […]
२ जेठ, काठमाडौं । सांसदबाट राजीनामा दिने तयारी स्थगित गरेको नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरु शुक्रबार साँझ सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुुगे । त्यहाँ अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु पनि आए । अरुभन्दा ढिला बैठक हलमा आइपुगेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुबै हात जोड्दै बैठक हलमा प्रवेश गरे । […]
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वास्थ्य प्रणाली नै ‘काेल्याप्स’ (ध्वस्त) भयाे भनिएकोमा आपत्ति जनाउनुभयो । प्रधानमन्त्री ओलीले स्वास्थ्य प्रणालीमा देखिएका केही समस्यालाई लिएर सिङ्गो स्वास्थ्य प्रणाली नै कोल्याप्स भयो भन्न नमिल्ने तर्क गर्नुभयो । शनिवार (हिजो) बेलुकी जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिन्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उहाँले उहाँले भन्नुभयो, ‘सिस्टम नै कोल्याप्स […]
काठमाडौँ– कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी)को बैठक अहिले जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थितिमा बैठक सिंहदरबारमा जारी रहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसँगै विभिन्न अस्पतामा भएको उपकरण अभाव तथा अक्सिजनको अभाव व्यवस्थापनमा चाल्नुपर्ने कदमका विषयमा आजको बैठकले […]
एमालेको विवाद समाधान उन्मुख रहेका बेला बागमती प्रदेशमा जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनको भिडन्त रोचक मोडमा पुगेको छ । एमालेको माधवकुमार नेपाल पक्ष समेतको सहयोगमा विपक्षी गठबन्धनबाट एमालेसमर्थित खिमलाल देवकोटा उम्मेदवार रहेका छन् भने एमालेबाटै रामबहादुर थापा बादल उम्मेदवार छन् । केन्द्रमा एमाले नेताहरु मिलेका छन्, बागमती प्रदेशमा भने बागी उम्मेदवारको चर्चा छ […]
काठमाडौं । सिंहदरबारमा शुक्रबार साँझ नेकपा एमालेका ओली पक्ष र माधव नेपाल पक्षबीच वार्ता तय भएको थियो । वार्ताको मूल एजेण्डा थियो एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउने । यो एजेण्डामा केपी ओली सहमत भएको भनिएको थियो । एमालेलाई त्यसरी जेठ २ मा फर्काउँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एमालेको केन्द्रीय कमिटीमा नरहने पक्कापक्की छ […]
सत्तारुढ दल नेकपा एमालेमा अहिले जेठ २ कि फागुन २८ भन्ने बहस चर्को रुपमा भइरहेको छ । एमालेमा भएको यो बहस आज २०७८ जेठ २ को नभएर (तीन वर्ष अघि) २०७५ जेठ २ र २०७७ साल फागुन २८ को हो । एमालेको केपी शर्मा ओली पक्ष फागुन २८ को निर्णयलाई सदर गरेर अघि बढ्नुपर्ने पक्षमा […]
नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा अपिल गरेको छ। संघका अध्यक्ष नरेश कुमार शाहीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो यस्तो अपिल गरेका छन्। युवा संघ नेपाल (तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल) स्थापना भएको आज ३१ बर्ष पुगेको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिएको पद तथा गोपनीयताको शपथ विवादमा तानिएको छ । शपथ ग्रहणका क्रममा ओलीले मुलुक र जनताप्रति वफादार रहने प्रतिज्ञा गर्न अस्वीकार गरेको भन्दै आलोचना भएको हो । शपथका क्रममा राष्ट्रपतिले ‘..सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्दा ओलीले पनि ‘सत्य निष्ठापूर्वक’ मात्रै भने । अनि राष्ट्रपतिले फेरि ‘प्रतिज्ञा गर्छु’ […]