होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरू एमालेमा नरहने बताएको छ।च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको नेकपा एमालेको स्थायी समिति बैठकपछि बोल्दै पार्टी सचिव प्रदीप ज्ञवालीले देउवालाई मतदान गरेर एमालेमा बस्न नमिल्ने बताएका हुन्। एमाले बैठकले देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। ‘यो निर्णयको विरुद्धमा गएर पार्टीमा बस्न सकिन्न’, […]
साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ ।सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् ।
प्रधानमन्त्रीमा नियुक्त भएको एकसाता पनि नबित्दै शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् । एक महिनाभित्र विश्वासको मत लिने सुविधा रहेकाले प्रधानमन्त्रीले यसबारे हतारो नगर्ने अनुमान भइरहेकै बेला सत्ता पक्षले आजै विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा पेस गरेको छ । प्रधानमन्त्री देउवाले विश्वासको मत पाउलान् त ? यसबारेमा प्रतिनिधिसभाको अङ्क […]
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताए । ‘हामीले संसद् पूर्णकालीन चल्नुपर्छ भन्दै […]
काठमाडौँ — एमाले स्थायी कमिटीको आइतबारको बैठकमा पनि माधवकुमार नेपाल पक्ष अनुपस्थित भएको छ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा मध्याह्न बैठक सुरु भएको हो । केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्न बैठक डाकिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् । पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको […]
धनगढी : नेकपा एमालेका सांसद एवं नेता माधवकुमार नेपाल पक्षका नेता विरोध खतिवडाले नेपाल समूहले देउवा सरकारलाई विश्वासको मत दिने बताएका छन्। आइतबार नागरिक सवाल कार्यक्रममा कुरा गर्दै देउवा सरकारलाई एमालेबाट ४० जनाभन्दा बढि सांसदले विश्वासको मत दिने दाबी गरेका हुन्। देउवा नेतृत्वको सरकारलाई भने विश्वासको मत दिएर संसदको ५ वर्षे कार्यकाल पूरा हुने अवस्था […]
काठमाडौँ– एमाले सांसद रामकुमारी झाँक्रीले एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । प्रधानमन्त्री देउवाले आज बेलुका बस्ने बैठकमा विश्वासको मत लिने निर्णय गर्दै संसदमा प्रस्ताव दर्ता गराइसकेको अबस्थामा नेता नेपाल समूहका सांसदहरुले विश्वासको मत दिने सांसद झाँक्रीले बताएकी हुन् । उनले भनिन्,‘हामो प्रयासचाँहि विपक्षमा बसेर भएपनि पार्टीले निर्णय […]
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको कार्यालयमा प्रस्ताव दर्ता भएको सचिवालय स्रोतको भनाई छ । कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रस्ताव दर्ता गराएका हुन् । यतिबेला कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । बैठकमा देउवाले सभामा विश्वासको मत लिने कार्यसूची […]
नेपाली कांग्रेसका उपसभापति समेत रहेका नेपाली कांग्रेसका सांसद विजय कुमार गच्छेदार संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । गच्छदारबिरुद्ध अदालतमा मुद्धा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा बैठकमा सहभागी हुन नमिल्ने वरिष्ठ अधिवक्ता समेत रहेका नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले जानकारी दिए । २०७६ माघ २२ गते गच्छदार विरुद्ध विशेष अदालतमा भष्ट्राचार सम्बन्धी मुद्धा दर्ता […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गरेपछि नेकपा एमालेको माधव पक्ष आन्तरिक छलफलमा जुटेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा माधव पक्षका नेताहरू छलफलमा जुटेका हुन् । नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेताहरू नेता नेपालसँग छलफलमा जुटेका हुन् । तर नेता […]
३ साउन, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस र माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दै छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न दुवै दलले छुट्टाछुट्टै बैठक बोलाएका हुन् । पछिल्लोपटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको कांग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे संसद भवनमा बस्ने छ । प्रतिनिधिसभा […]
३ साउन काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् ।सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिर्छ । एमाले र जनता समाजवादी पार्टी (जसपा)मा विवाद चलिरहेकाले विश्वासको मत लिने […]
३ साउन काठमाडौं । लामो अनौपचारिक सम्वाद र कार्यदल स्तरमा एक साता म्याराथन छलफल गरेर पार्टी एकताका लागि गरेको १०बुँदे सहमति संकटमा परेपछि नेकपा एमालेका दोस्रो तहका नेताहरुको दौडधुप सुरु भएको छ । शनिबार बिहान सिंहदरबारमा अनौपचारिक छलफलमा जुटेका नेताहरु साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । आइतबार वरिष्ठ […]
आज राष्ट्रिय सभाको बैठक बस्दैछ । दिउँसो ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त संसद अधिवेशन बोलाउने सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त मन्त्रीपरिषद् हेरफेर सम्बन्धी पत्र पढेर सुनाउने अर्को संभावित कार्यसूची राखिएको छ । राष्ट्रिय सभा बैठकको थप कार्यसुची […]
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै छ । आइतबार विहान ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बस्ने एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार आजको स्थायी कमिटी बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने छ । विघटित कार्यदलका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर शनिबार […]
नेपाली काँग्रेसले क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिए हो । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका व्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम […]
प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र रुवी कर्णले पद तथा गोपनीयताको सपथ लिएका छन् । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने राज्यमन्त्री बनेकी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले सपथ ग्रहण गराएका छन् […]
डडेल्धुरा : नेपाली काँग्रेस डडेल्धुराको सभापतिमा हरिप्रसाद भट्टले उम्मेदवारी दिने भएका छन्। शनिबार नेपाली काँग्रेसका नेता एवं अमरगढी नगरपालिकाका पूर्व मेयर मोहनराज पाठकको नेतृत्वमा जिल्ला सदरमुकाममा बसेको भेलाले भट्टलाई पार्टीको सातौं अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो। नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवं अभिवक्ता भट्टले जिल्लामा रहेको पार्टीको गुटलाई एकताका साथै आगामी हुने […]
२ साउन, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । सोमबार बिहान एघार बजे केन्द्रीय कमिटी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । केन्द्रीय कमिटी बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बस्ने उनले बताए । त्यसअघि आइतबार बिहान ११ बजे स्थायी कमिटी बैठक बस्नेछ । शुक्रबार पनि अध्यक्ष केपी शर्मा ओलीले […]
नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । आइतबार दिउँसो ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाइएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार भोलिको आइतबार बस्ने स्थायी कमिटी बैठकले सोमबारका लागि केन्द्रीय बैठक बोलाउने निर्णय गर्ने छ । बैठकमा माधव नेपाल पक्षलाई पनि खबर पठाइएको उनको भनाइ छ । ‘२०७५ […]