होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसंगै नेपाली काँग्रेस बाजुराले आफ्नो तयारीलाई पनि तिव्रताका साथ अगाडी बढाएको छ । गाउँटोल, पालिका, प्रदेश (क) र (ख) सहित जिल्लामा नेतृत्व चयनका लागि नेताहरु चुनावी रणनीति बनाएर अगाडी बढेका छन् । यससँगै जिल्ला सभापतिका लागि आकांक्षीहरु आफ्नो टिम निर्माण एवं विस्तारको आन्तरिक तयारीमा जुटेका छन् । बाजुरा […]
धनगढी, २० भदौ : माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैैभन्दा ठूलो दल बनेको छ । आज एमालेका थप तीनजना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको छ । प्रदेशमा माओवादी केन्द्रका पनि १३ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रको भन्दा ठूलो […]
धनगढी : सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने प्रदेश सांसदको संख्या १३ पुगेको छ। यसअघि नै १० प्रदेश सांसदले नेकपा एमाले पार्टी छाड्दै नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए भने आज थप तीन जनाले सनाखत गरेका हुन्। आज भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले एकीकृत समाजवादीको […]
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ । आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए ।
मैत्रीपूर्ण फुटबल खेलमा आज नेपाल र भारतबीच भिडन्त हुँदैछ । यो खेल दशरथ रंगशालामा साँझ ५ बजेर ३० मिनेट जाँदा सुरु हुनेछ । यसअघि शुक्रबार दुबै टोलीले एक–एक गोलको बराबरी खेलेका थिए । अन्जन विष्टले आयोजक नेपाललाई अग्रता दिलाएपनि दोस्रो हाफमा अनिरुद थापाले भारतका लागि गोल फर्काएका थिए । दुबै टोलीले आजको खेल जित्ने लक्ष्य […]
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै अन्तिम घडीमा माधवकुमार नेपालको साथ छाडेर एमालेमै बस्ने निधो गरेका नेताहरु असन्तुष्ट भएका छन्। ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने आश्वासन दिए पनि अन्तिममा धोका दिएको बुझाईमा उनीहरु पुगेका छन्। ओलीले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने […]
१८ भदौ, सुर्खेत । नेकपा एमाले हुम्लाले पार्टी विभाजनले दोधारमा रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउन तीन सदस्यीय समिति गठन गरेको छ । शुक्रबार सम्पन्न जिल्ला कमिटीको बैठक एमाले हुम्ला जिल्ला अध्यक्ष दल रावलको संयोजकत्वमा जिल्लाका शीर्ष नेताहरु सम्मिलित तीन सदस्यीय पार्टी एकता पहल समिति गठन गरेको हो । ‘बैठकले पार्टी एकता र १० बुँदे […]
काठमाडौँ– नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार बिदेशी शक्तिको इसारामा चलेको आरोप लगाएका छन् । शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा ज्ञवालीले वर्तमान सरकारले देश र जनताका लागि नभएर बिदेशीको इसारामा काम गरेको आरोप लगाए । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले दार्चुलामा तुईन काटेर नेपाली बेपता भएको घटनादेखि लिपुलेक कालापानीका बिषयमा सरकार […]
नेपाली कांग्रेसले ३७ जिल्लाका विभिन्न वडाहरूमा आज वडा अधिवेशन सकेको छ।पहिलो चरणमा क्रियाशील सदस्यता नामावली पार्टी वेबसाइटमा सार्वजनिक गरिएका जिल्लाहरूमा आज वडा अधिवेशन गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए। आज भरैसम्म थप तीन जिल्लाका वडामा पनि अधिवेशन सकिने यादवले जानकारी दिए। संयोजक यादवका अनुसार निर्वाचन प्रक्रिया सुरू भएका जिल्ला गणना गरिएका हुन्। […]
काठमाडौं ।एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । […]
नागरिक रैबार/बाजुरा १८ भदौ। नेपाली काँग्रेस बाजुराले बडीमालिका नगरपालिका वडा नं. ९ मा डम्मर विक सभापति रहने गरी १५ सदस्यीय टोल कार्य समिति गठन गरेको छ । नेपाली काँग्रेस बाजुराको आसन्न १४ औं महाधिवेशन तथा सातौ जिल्ला अधिबेशनको पुर्ब सन्ध्यामा बडिमालिका ९ मा टोल कार्यसमिति गठन गरेको हो । जसमा डम्मर विक सभापति, प्रेम खड्का […]
काठमाडौं। नेकपा एमालेको प्रचार विभाग प्रमुख अर्थात् प्रवक्ताबाट योगेश भट्टराईको जिम्मेवारी खोसिएको छ । १० बुँदे सहमतिलाई भदौ ८ मा बसेको स्थायी समिति बैठकले अनुमोदन गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइएसँगै स्वतः एमाले प्रचार विभाग प्रमुख प्रचार विभाग प्रमुख बनेका भट्टराईको जिम्मेवारी खोसिएको छ । प्रवक्ताले नै पार्टीको गतिविधिबारे प्रचलन रहे पनि बिहीबार […]
नेकपा एमालेका नेता लेखराज भट्टले आफू नै सुदूपश्चिम प्रदेश इञ्चार्ज भएको दाबी गरेका छन्। उनले आफू नै एमाले सुदूरपश्च्मिको इञ्चार्ज भएको एक अन्तरवार्तामा खुलासा गरेका छन् । ‘मैले बुझे अनुसार अहिले कुनै निर्णय भएको छैन। इञ्चार्ज म नै हो। मलाई हिजो पनि अध्यक्ष केपी ओलीले भनेको कुरा त्यो हो,’ एक टेलिभिजन कार्यक्रममा भट्टले भनेका छन्। […]
काठमाडौं १८ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ ।महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न सकेको […]
१८ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार सर्त राखेका छन् । बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा गौतमले आफ्नो चार सर्त रहेको बताए । आफ्नो सर्त पूरा […]
नागरिक रैबार/बाजुरा १७ भदौ । नेकपा एमालेका नेता एंव पूर्व उद्योगमन्त्री कणर्बहादुर थापाकै गृह वडाका वडा अध्यक्ष भरत थापा नेकपा एकिकृत समाजवादी पार्टीमा खुलेका छन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष भरत थापा तत्कालिन एमालेबाट पूर्वउद्योगमन्त्री थापाकै वडाबाट ५ सय मतसहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । पूर्व उद्योगमन्त्री समेत रहेका […]
काठमाडौँ– वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी विभाजनका पक्षमा कहिल्यै नरहेकोे स्पष्ट पारेकी छिन् ।नेकपा (एमाले) वाग्मती प्रदेश संसदीय दलको बैठकमा उनले नेपालको कम्युनिष्ट आन्दोलनमा आफू लागेदेखि नै कम्युनिष्ट एकताका निम्ति आवाज उठाउँदै आएको बताइन् । “म पार्टी विभाजनका पक्षमा हिजो पनि थिइनँ, आज पनि छैन”, मुख्यमन्त्री शाक्यले भनिन् ।आगामी दिनमा संविधानअनुसार सरकार सञ्चालन […]
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ गते देशभरका सबै वडामा अधिवेशन नहुने भएको छ ।क्रियाशील सदस्यतासम्बन्धी विवाद नटुंगिदा एक दर्जन भन्दा बढी जिल्लामा कार्यतालिका अनुसार वडा अधिवेशन नहुने भएको हो । कांग्रेसमा नेताहरुबीच भदौ १८ गते नै देशभर वडा अधिवेशन गर्ने समझदारी भएको थियो । वडा अधिवेशन सुरु हुन दुई […]
१६ भदौ, जनकपुरधाम । प्रदेश २ मा जनता समाजवादी पार्टीका १० जना सांसदले लोकतान्त्रिक जनता समाजवादी पार्टी (लोसपा) रोजेका छन् । बुधबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर १० जना सांसदले सनाखत गरेका हुन् । सनाखत गर्ने सांसदमा परमेश्वर साह, सरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलम देवी भुमिहारिन, रमेश […]
१६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणालाई कसैले पनि बार्गेनिङ टुलको रुपमा प्रयोग गर्न नहुने भन्दै उनले भने, ‘म आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुन्छु ।’ आफूलाई पार्टीमा […]