होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सत्तारढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले जानकारी […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी वर्षापछि आएको बाढी र पहिरोमा फसेका जनताका उद्धार गर्न सरकार उदासीन भएको आरोप लगाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गरेका छन् । राजधानीमै […]
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किने तयारीमा रहेको बताएका छन् । असोज ४ गते अमेरिका प्रस्थान गरेका उनी १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो । बाढीपहिरोको विपत्तीमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु ।’ […]
काठमाडौं – नेकपा (एमाले)ले चाडपर्वमा हुनसक्ने कालो बजारी नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले आज कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै चाडवाड नजिकीयसँगै कालो बजारी र महँगी बढ्ने भएकाले नियन्त्रण गर्न माग गरेको हो । विभागका प्रमुख खिमलाल भट्टराईको नेतृत्वमा गएको टोलीले चाडवाडमा हुनसक्ने कालोबजारी र महँगी […]
काठमाडौं : सरकारले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको छ।कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले प्राकृतिक प्रकोपका घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो। बैठकले प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने […]
काठमाडौं – तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने राससलाई जानकारी दिए । ‘आज बेलुकादेखि नै वर्षा केही कम हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा […]
नागरिक रैबार/बाजुरा १२ असोज।नेकपा एमाले जिल्ला कमिटी बाजुराको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबारबाट मार्तडीमा सूरु भएको छ । नेकपा एमाले केन्द्रिय कमिटी उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आजबाट सूरु मार्तडीमा सूरु भएको हो । नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा संचालन भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको […]
नागरिक रैबार/बाजुरा ११ असोज।नेपाल निजामति कर्मचारी संगठन बडीमालिका नगर इकाई कमिटीको अध्यक्षमा कृष्ण बहादुर खड्का रहनेगरी नयाँ नगर ईकाइ कमिटी गठन गरिएको छ । शुक्रबार नेपाल निजामति कर्मचारी संगठन नगर इकाई कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमबाट नगर इकाई कमिटी समेत गठन गरिएको हो । बडीमालिकामा २०७८ साल पौष २७ गते प्रमिला थापाको अध्यक्षतामा गठन गरिएको […]
नागरिक रैबार/बाजुरा ११ असाेज । नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवाली बाजुरा आउने भएका छन् । नेकपा एमाले बाजुराको भाेलिदेखि संचालन हुने प्रशिक्षण कार्यक्रमका लागि उपमहासचिव ज्ञवाली बाजुरा आउन लागेकाे पार्टीका प्रचार विभाग प्रमुख राजन राेकायाले बताएका छन् । उपमहासचिव ज्ञवाली आज साँझ मार्तडी आईपुग्नेछन् । असाेज १२ देखि १४ सम्म संचालन हुने पार्टीको प्रशिक्षण […]
प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका हुन्। महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेन र प्रथम महिला जिल वाइडेनले न्युयोर्कमा स्वागत समारोह गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम छिटो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताए। सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको बताएका छन् । संविधानले विभिन्न जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा संयोजन गरेको राष्ट्रपति पौडेलको भनाइ छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । अहिलेको संविधानको सबैलाई अधिकार सम्पन्न गराएको भन्दै ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको बताएका छन् । आज संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले लेखेका छन्, ‘आज संविधान दिवस, हाम्रो […]
काठमाडौँ —भैरहवा र पोखरामा ६५ अर्ब लागतमा निर्मित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हवाई रुट तथा अवतरण प्रणाली इन्स्ट्रुमेन्ट ल्यान्डिङ प्रणाली (आईएलएस) का विषयमा भारतीय समकक्षीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई आश्वासन मात्रै दिएका छन् । भारतको नयाँ दिल्लीमा बुधबार भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनका […]
काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला मंगलबार बिहानदेखि सुरु हुँदै छ । मंगलबारदेखि सुरु हुने राष्ट्रिय भेला बुधबारसम्म चल्नेछ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन गरिने दुईदिने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार देशभर चार सय पालिका र दुई हजार वडामा रास्वपाको […]
काठमाडौँ । सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्दोष ठहरिएका छन् । संसदीय छानबिन विशेष समितिले अन्तिम रूप दिएर हस्ताक्षर गरेको प्रतिवेदनमा रवि लामिछानेलाई कारबाहीको कुनै सिफारिस नगरेको समितिका सदस्य एवम् प्रतिनिधि सभा सदस्य शिशिर खनालले जानकारी दिए । सहकारीबाट रकम ल्याएर अपचलन गरेको भन्ने विषयमा रवि लामिछानेमाथि लागेको आरोपमा उहाँ निर्दोष हुनुहुन्छ […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले भेट गरेका छन् । आइतबार भएको भेटमा आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका हुन् । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो । भेटमा […]
काठमाडौँ — नेपाली कांग्रेसले उत्कृष्ट कार्य गर्ने २१ स्थानीय तहलाई सम्मान गर्ने भएको छ । पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो कार्य गरेका २१ वटा गाउँपालिका र नगरपालिकालाई कांग्रेसले सम्मान गर्न लागेको हो । केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको स्थानीय तह समन्वय विभागले कांग्रेसले जितेका देशभरका ३२९ स्थानीय तहमध्ये उत्कृष्ट कार्य गर्ने २१ वटा गाउँपालिका […]
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतविरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गर्ने फैसला सुनाएको छ । जानुका पाठक शोभाले २०८१ वैशाख २० गते दर्ता गरेको रिट बुधबार उच्च अदालतले खारेज गरेको हो । न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेतविरुद्धको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको छ । यो सँगै बस्नेतले […]
धनगढीः नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी आउने भएका छन्। धनगढीमा शुक्र र शनिवार आयोजना हुने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटनका लागि देउवा धनगढी आउन लागेका हुन। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा प्रतिनिधि सभा सदस्य वीरबहादुर बलायरले भदौ २८ गते बिहान साढे ११ बजे पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाले प्रशिक्षण कार्यक्रमको […]