होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सरकारले २३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाजुरासहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ । प्रशासन समितिले अब कार्यान्वयनको प्रक्रिया अगाडि बढाउनेछ । सरकारको निर्णय अनुसार बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेका ४ वटा स्थानीय […]
नागरिक रैबार/बाजुरा ७ भदाै । साउन २८ गते कवाडी खोलामा आएको बाढीबाट प्रभावित हिमाली गाउँपालिका वडा नं. ५ का ४७ घरपरिवारलाई आईएनएफ नेपाल बाजुराले राहत सामग्री वितरण गरेको छ। बाढीबाट प्रभावित परिवारलाई राहत स्वरूप चामल, बोरा, दाल, तेल, नुन र त्रिपाललगायतका आवश्यक सामग्री बितरण गरेकाे हाे। आईएनएफ नेपालले प्रभावित परिवार मध्ये ३१ वटा आंशिक क्षति […]
नागरिक रैबार/बाजुरा ८ साउन। हिमाली गाउँपालिकामा भएको जीप दुर्घटनामा थप एकजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा अन्दाजि वर्ष ३५ कि जुनेली राेकाया रहेकी छन् । यस अघि जीप दुर्घटनामा परेर हिमाली गाउपालिका ५ की अन्दाजी ६० बर्षिया बाचा रोकाया, अन्दाजी ६५ की विजौरा रोकायाकाे घटना स्थलमै मृत्यु भएको थियाे । बिहीवार बिहान वडा नम्बर […]
नागरिक रैबार/बाजुरा ८ साउन। बाजुरा जिल्लाकाे हिमाली गाउँपालिका ५ किउडी बाट धुलाचौर तर्फ आउदै गरेको जिप तुनीगडामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएकाे छ । मृत्यु हुने हिमाली गाउँपालिका -५ किउडी गाउँकि ७६ वर्षीय बाचा रोकाया र ७५ वर्षीय बिजौरा रोकाया घटना स्थलमा मृत्यु भएको छ, भने अन्य १५ जना घाइते भएका छन । जिप […]
नागरिक रैबार/बाजुरा ३ असार।हिमाली गाउँपालिकाका विपन्न र लक्षित महिलाहरुका लागि १५ दिने हातेहोजियारी तालिम संचालन गरिएको छ । गाउँपालिका भित्रका विपन्न महिलाहरुको आयआर्जनमा सुधार ल्याउन र उनिहरुलाई आत्मनिर्भर बनाउनका लागि १५ दिने हातेहोजियारी तालिम संचालन गरिएको हो । घरेलु तथा साना उद्योग प्रर्वद्धन केन्द्र अन्तरगत हिमाली गाउँपालिका उद्योग विकाश शाखाको आयोजना, आईएन एफ नेपाल बाजुरा […]
नागरिक रैबार/बाजुरा १ असार। भारतीय राजदुताबासले बाजुराको हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकालाई उपहार स्वरुप एम्बुलेन्स हस्तान्तरण गरेको छ। शनिबार काठमाडौंमा एक औपचारिक कार्यकमका बीच नेपालस्थित भारतीय राजदूतावासले हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । उक्त एम्बुलेन्स खप्तड छेडेदहकी उपाध्यक्ष विशुदेवी नाथ र हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बुझेका हुन् । […]
नागरिक रैबार/बाजुरा २६ जेठ। बाजुराको हिमाली गाउँपालिकाले बुढीगंगा नगरपालिकाकाे बाम्का बजारका आगलागी पीडितका लागि १ लाख सहयोग गर्ने भएकाे छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले बाम्का बजारका आगलागी पीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले जानकारी दिए । गएको शुक्रबार साँफे मार्तडी […]
नागरिक रैबार/बाजुरा २२ जेठ । दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारले जिल्लाका दलित समुदायका नागरिकहरुलाई दलितका हक अधिकारका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् । बुधबार बाजुराको कोल्टीमा जातीय छुवाछुत तथा उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको बृहत जागरण सभालाई सम्बोधन गर्दै अभियान्ता सुनारले यस्तो बताएका हुन् । दलितका लागि दलित अभियान […]
नागरिक रैबार/बाजुरा ८ जेठ। बाजुरामा हालसम्म ८५ हजार ९ सय ७८ जना मतदाताले मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराले विहिबार सार्वजनिक गरेको मतदाता नामावलीको तथ्याकं अनुसार जिल्लाका ९ वटै पालिकाका ६९ वटा वडामा महिला पुरुष गरि ८५ हजार ९ सय ७८ जना मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् […]
नागरिक रैबार/बाजुरा २ जेठ । बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीबाट हिमालीको धुलाचौर जाँदै गरेको म १ ज २३३ नम्वरको जीप सोहि गाउँपालिकाका ६ को खिउने खोलामा दुर्घटना भएको हो । जीप दुर्घटनामा परेर जीप चालक सविन बोहरा, हिमाली ५ बस्ने अन्दाजी बर्ष १८ कि रंगीता बुढा, जुनिता बुढा, अन्दाजी […]
नागरिक रैबार/बाजुरा ८ बैशाख। बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका अन्तर्गत साविकको बिच्छयाँ गाविसका स्थानीय नागरिकहरु अध्याँरोबाट मुक्त भएका छन् । पुस्तौदेखि अँध्यारोमा रात विताउँदै आएका हिमाली गाउँपालिकाको १, २, ३ नम्वर वडा साविकको विच्छ्या गाविसका ६ सय ८२ घरपरिवार विद्युत सेवा उपभोग गर्न पाउने भएका हुन् । त्यस्तै वडा नम्बर ५ स्थित क्युडी गाउँका […]
नागरिक रैबार/बाजुरा ५ बैशाख। बाजुराको पुर्वीत्तरी क्षेत्रमा रहेको बुढीनन्दामा प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२ सूरु भएको छ । कृषि जडीवुटी उद्योग पर्यटन र व्यापार, बुढीनन्दाको समृद्धिका लागि विकासको आधार भन्ने मुल नाराका साथ उक्त आजबाट सूरु भएको हो । मालाश्री स्टुडीयोको आयोजना तथा बुढीनन्दा नगरपालिकाको प्रर्वद्धन र हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ […]
नागरिक रैबार/बाजुरा १२ फागुन। जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सूरु भएको छ । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका पुर्व परदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ […]
नागरिक रैबार/बाजुरा २ फागुन । जिल्लाको हिमाली गाउँपालिकाका विभिन्न वडाका गाउँगाउँमा विद्युतको पहुँच पुगाउनका लागि लाईन विस्तार गर्ने काम धमाधम भईरहेको छ । हिमाली गाउँपालिका–६ को धिम, बोल्डिक र १, २ र ३ नम्वर वडाका गाउँ– गाउँमा विद्युतको लाइन विस्तार गर्ने गरी धमाधम काम भईरहेको छ । अवको केही महिनाभित्र यहाँका नागरिकहरुलाई विद्युतको पहुँचमा ल्याउनका […]
नागरिक रैबार/बाजुरा ११ माघ । बाजुराको हिमाली गाउँपालिकाको बिच्छयामा एक घरमा आगलागी भएको छ । बिहीवार साँझ सोहि गाउँपालिका ५ बिच्छयाका गौरी मलालको घरमा आगलागी हुँदा करिव ८ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीले बताएका छन् । विहिबार साँझ खाना पकाउनका लागि घरभित्र बालेको आगोले घर पुरै जलेर नष्ट भएको […]
नागरिक रैबार/बाजुरा २ माघ । बाजुराको हिमाली गाउँपालिका ६ पाडीगाउँमा नेपाल टेलिकमको फोरजि सेवा संचालनमा आएको छ । यस अघि पाँडी गाउँमा सामान्य फोन सेवा बाहेक अन्य सुविधा थिएन् । सोमबार देखि नेपाल टेलिकमको फोरजि सेवा गाउँमा सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । हिमाली गाउँपालिका देशकै अति विकट पालिकाका रुपमा परिचित छ । बाजुराका […]
नागरिक रैबार/बाजुरा २३ मंसिर।बाजुराकाे हिमाली गाउँपालिका- ६ स्थित धिम गाउँमा जीप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रीत भई दुर्घटना भई ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाईते ७ जनाको उद्धार गरि कोल्टी अस्पतालमा उपचार भईरहेकाे र […]
नागरिक रैबार/बाजुरा ९ मंसिर। बाजुराको हिमाली गाउँपालिका -३ युनामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । आइतबार दिउँसाे ३ बजेतिर युनामा विद्युतको लाइन विस्तारका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर सोहि ठाउँका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै अन्दाजी ४८ बर्षका सिदुपुरी […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। साँफे मार्तडी राजमार्ग अन्तरगत जडाङ्गामा विगत ३ वर्षदेखि थन्किएको बेलिवृज अन्तत: बुढीनन्दा नगरपालिकाको कोल्टीको दानसाँगु खोलामा सारिने भएको छ । बेलिवृज दानसाँघु खोलामा जडान गर्ने गरी सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय साँफेबगरबाट आएकाे प्राबिधक सहितकाे टाेलीले बेलिवृज जडान गर्ने गरी सर्भेकाे काम सम्पन्न गरेकाे हाे । मार्तडीदेखि कोल्टी सडकमा […]
नागरिक रैबार। बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आइतवार जिल्लाको हिमाली गाउँपालिका ५ कि अन्दाजी २२ बर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । प्रेमकलाले कात्र्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले हिमाली गाउँपालिकाकाे एम्बुलेन्समा जिल्ला अस्पतालमा पुगाएका […]