होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार। नेपाली कांग्रेस बाजुराले स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने भएको छ । १६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला सभापति रामसिंह रावलले बताएका छन् । कांग्रेसले उम्मेदवार बनाएकी शाही पार्टी संरचनामा प्रदेश सभा (क) मा सदस्य छन् । त्यस्तै नेकपा एमाले बाजुराले यस अघि नै उपाध्यक्षमा सर्वसम्मत रुपमा […]
नागरिक रैबार/बाजुरा २८ कार्तिक। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा ७ हजार ४ सय ६० जना मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराको अन्तिम नामावलि प्रकाशन अनुसार स्वामीकार्तिकका ५ वटा वडामा महिला र पुरुष गरेर ७ हजार ४ सय ६० जना मतदाता रहेका छन् । जसमा वडा नम्वर […]
धनगढीः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा गत निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधन भएपछि सो पदका लागि उपनिर्वाचन हुँदैछ। जोशी १ हजार ८१० मत पाएर विजयी भएकी थिइन्। उनका प्रतिस्पर्धी एमालेका सुलोचना कुमारी भण्डारीले एक हजार ६३७ मत पाएकी थिइन् भने माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ मत पाएका थिए। यस्तै बझाडको सूर्मा गाउँपालिका […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक।नेकपा एमाले जिल्ला कमिटी बाजुराले स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा सुलोचना भण्डारी (बुढा) लाई उम्मेदवार बनाउने भएको छ । एमाले बाजुराको सोमबार बसेको सचिवालयको प्रथम बैठकले स्वामीकार्तिकको उपाध्यक्षमा भण्डारीलाई उम्मेदवार बनाउने गरि पार्टीको प्रदेश कमिटीलाई सिफारिस गरेको पार्टीका प्रचार प्रसार विभाग प्रमुख राजन कुमार रोकायाले बताएका छन् । भण्डारी २०७९ सालमा भएको स्थानीय […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक। नेकपा एमाले जिल्ला कमिटी बाजुराको कार्तिक १२ गते पार्टी कार्यालयमा बसेको सचिवालयको प्रथम बैठकले यस अघि जिल्ला कमिटीका बैठकले गरेका विभिन्न निर्णयहरु र कार्यसुचिहरु पारित गरेको छ । नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षता र एमाले केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाको प्रमुख आतिथ्यतामा बसेको सचिवालयको […]
नागरिक रैबार/बाजुरा १ कार्तिक।नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्लाका ६९ वटै वडामा देउसी भैलो कार्यक्रमको आयोजना गर्न मातहतका पालिका र वडा कमिटीलाई निर्देशन दिएको छ । एमाले बाजुरा जिल्ला कमिटी बाजुराले कार्तिक १ गते पार्टीका ९ वटै पालिका कमिटी र ६९ वटै वडा कमिटीलाई कार्तिक १० गतेदेखि शुभकामना आदानप्रदानसंगै देउसी भैलो कार्यक्रमको आयोजना गर्न निर्देशन […]
नागरिक रैबार। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-२ मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्रका लागि कृषि प्रवर्द्धन केन्द्रको भवन निर्माण गरिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,भारतीय राजदुताबास र स्वामीकार्तिक खापर गाउँपालिकाविच आज उक्त भवन निर्माणका लागि त्रिपक्षीय सम्झाैता गरिएको छ । ५ करोड लागतमा बन्ने उक्त भवन डेढ वर्षभित्र निर्माण गर्ने गरि त्रिपक्षीय […]
नागरिक रैबार। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले “आमा पहिलो कार्यक्रम” लागु गरेको छ । जिल्लामै सबैभन्दा बढी कुपोषण भएको पालिकाको रुपमा चिनिने उक्त पालिकाले आमाको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्येनजर गरि पहिलो पटक आमा पहिलो कार्यक्रम लागु गरेको हो । विकट तथा पिछडिएको पालिकाको रुपमा रहेको स्वामीकार्तिक गाउँपालिकाले पहिलो चरणमा यहाँका १०७ वटा आमा समूहहरू मध्ये […]
नागरिक रैबार। बाजुरामा भरुवा बन्दुक प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका- ३ रिउडाका ५४ वर्षका बिर बहादुर शाहीलाई भरुवा बन्दुक प्रहार गरि घाइते बनाएको आरोपमा सोहि गाउँपालिकाका २७ वर्षिया प्रवेश शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । असोज ५ गते राती १० […]
नागरिक रैबार/बाजुरा १९ भदौ।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न वडामा फलेको स्याउ बजारीकरणका लागि ढुवानी गरिन थालेको छ । गाउँपालिकाका विभिन्न गाउँमा फलेको स्याउ बजारीकरणका लागि ट्याक्टर मार्फत पिलुचौर सम्म ढुवानि भईरहेको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । गाउँपालिका अध्यक्ष रोकायाका अनुसार गाउँपालिकाका विभिन्न गाउँमा फलेको स्याउ बारीबाट ट्याक्टरमा पिलुचौर ढुवानी भईरहेको र पिलुचौरबाट कर्णाली […]
नागरिक रैबार/बाजुरा ३ भदौ।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकाका विपन्न, दलित तथा असाहय ४ सय बढी परिवारलाइ खाद्यन्न वितरण गरिएको छ । बडीमालिका फाउन्डेसनको आयोजना र नेपाल हिल्फ आखनको आर्थिक सहयोेगमा स्वामिकार्तिक खापर गाउँपालिका वडा न १, ३ र ५ र जगन्नाथ वडा न १ का गरि ४ सय बढी परिवारलाई राहत बितरण गरिएको […]
नागरिक रैबार/बाजुरा २९ साउन।जन्मदिनको अवसर पारेर दिपक कडाराले काठमाण्डौंमा उपचारारत रहेकी बाजुराकी रमिला कुमारी विकको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका घर भई हाल मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कवाडी हुम्लामा शाखा प्रबन्धकमा कार्यरत रहेका कडाराले आफ्नो जन्मदिनको अवसर पारेर रमिलाको उपचारका लागि आर्थिक सहयोग स्वरुप ४ हजार […]
नागरिक रैबार/बाजुरा २५ साउन।बाजुराका स्थानीय तह ३ सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्त सम्म पालिकाको काम सकेर यहाँका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न कामको सिलसिलामा ३ सातादेखि जिल्ला बाहिर रहेका छन् । जिल्लाका ९ वटा स्थानीय तहमध्ये खप्तड क्षेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द […]
नागरिक रैबार। बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकामा ढुङ्गा खसेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका वडा न १ जाेरुका नन्दे कुमालकी १४ बर्षिया छाेरी आकाशी कुमाल रहेकी छन् । गाउँपालिकामा निमार्ण भईरहेको जोरु, गोठीगाउँ सडकमा डाेजरले खनिरहेकाे ढुगां लागेर बालिका घाइते भएकी थिइन । घाइते भएकी बालिकालाई उपचारका लागि शनिबार दिउसाे काेल्टी […]
नागरिक रैबार। बाजुराकाे कर्णाली नदीमा शनिवार एक महिला मृत अवस्थामा फेला परेकि छन्। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा अन्दाजी ३० वर्षीया एक महिला मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मृतक महिलाको नाम, थर, वतन भने खुलेको छैन्। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।
नागरिक रैबार। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जाेशीलाई नागरिक सेवा सराेकार मंचले ज्ञापनपत्र बुझाएको छ । सेवा सराेकार मंचले पुर्विउत्तरी क्षेत्रका नागरिकहरूका लागि ईलाका प्रशासन कार्यालय स्थापनाकाे माग गर्दै मन्त्री जाेशीलाई मंगलबार काेल्टीमा ज्ञापनपत्र बुझाएकाे हाे । देश संघियतामा गईसकेकाे वर्षाै वितिसक्दापनि अहिलेसम्म पुर्विउत्तरी क्षेत्रका नागरिकहरूले नागरिकता पाउनका लागि समस्या झेल्नुपरेकोले काेल्टी क्षेत्रमा […]
नागरिक रैबार/बाजुरा ४ चैत। कुण्डाली सेवा समाज बाजुराले मार्तडी-कोल्टी सडकको स्तरोन्नति गरि नियमित बस सेवा र इलाका प्रशासन कार्यालय स्थापनाकाको माग गर्दै प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेललाई ज्ञापन पत्र बुझाएको छ । आईतबार कुण्डाली सेवा समाज बाजुराले प्रमुख जिल्ला अधिकारी पौडेललाई पुर्विउत्तरी क्षेत्रको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना र मार्तडी कोल्टी सडकको स्तरोन्नति गरि नियमित […]
नागरिक रैबार/बाजुरा २ चैत। राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले जिल्लामा हालसम्म ५ सय ३९ जनालाई निस्सा वितरण गरेको छ । आयाेगले आज जिल्ला सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन मार्फत हालसम्म सम्पादन गरेका क्रियाकलापहरु सार्वजनिक गरेको भूमि आयोग बाजुराका विज्ञ सदस्य निमेन्द्र शाहीले बताएका छन् । हालसम्म जिल्लामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत […]
नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुरा खाद्यन्न अभाव भईरहेको बेला आयोडिन नुनको समेत अभाव हुन् थालेको छ । कोटा अनुसारको नुन समयमै आउन नसकेपछि बाजुरामा आयोडिन नुनको अभाव भएको हो । बाजुराका ४ वटा अस्थायी नुन डिपो मध्ये बाम्का बजारको डिपोमा नुनको अभाव भएको छ । बाम्का बजारमा नुन लिन आउने उपभोक्ताहरु हिजो आज रित्तै घर फर्किनु […]
नागरिक रैबार/बाजुरा १५ फागुन।बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिका जोड्ने बेर्मामा स्थित कर्णाली नदिले बगाएको झोलुङ्गे पुल निर्माणका लागि अर्थ मन्त्रालयले साढे ३ करोड बजेट स्वीकृत गरेको छ । २०७९ असोज १९ देखि २४ गते सम्म परेको अबिरल बर्षाका कारण कर्णाली नदीमा आएको बाढीले जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक गाउँपालिकास्थित बेर्मा–वालुवा जोडने झोलुङ्गे बगाएको […]