होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विराटनगर — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले समयमा आवश्यक परिमाण माग नगर्दा भारतले गहुँ निकासी गर्ने मुलुकको सूचीबाट नेपाल बाहिरिएको छ । रुस र युक्रेनबीचको युद्धका कारण भारतले गहुँको संकट पर्ने भन्दै वैशाख अन्तिममा यसको निकासीमा रोक लगाएको थियो । परिस्थितिअनुकूल भएसँगै निकासीलाई पुनः निरन्तरता दिन भारतले गहुँ आवश्यक पर्ने मुलुकसँग आवश्यक परिमाण मागेको थियो […]
काठमाडौँ — निर्वाचन आयोगले निर्वाचनमा खटिने पदाधिकारी तथा कर्मचारीको भत्ता मनोमानी ढंगले हेरफेर गरेको छ । निर्वाचन गराउन प्रत्यक्ष सरोकार नै नभएका कर्मचारीलाई समेत भत्ता, खाजा–खाना र सञ्चार सुविधा खर्च दिने व्यवस्था गरेर आयोगले कार्यविधि ल्याएको हो । मतदान केन्द्रमा लाइन व्यवस्थापन र मतदाताको नामावली रुजु गर्न खटिने स्वयंसेवकको भत्ता भने कटौती गरिएको छ । आयोगले मुख्य निर्वाचन […]
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष सम्बन्धी सरोकारवाल निकायसंग अन्र्तक्रिया गरिएको छ । बुढीगंगा नगरपालिकाको समन्वय पीसविन नेपालको आयोजना र भीएसओ, यूएनएफपीए, सीएमसीको साझेदारीमा लैङ्गिक हिंसा निवारण कोषबारेमा नगरपालिकाका जनप्रतिनिधि र सम्बन्धी निकायासंग छलफल गरिएको हो । परियोजनासंग सम्बन्धित अधिकारवाल, सरोकारवाला निकायलाई परियोजना अन्र्तगत लैङ्गिक हिंसा निवारण कोष बारेमा जानकारी, लैङ्गिक हिंसा […]
गमगढी । मुगुको छायाँनाथ रारा नगरपालिका–५ ताल्चाकी विस्नमाया रोकायाको परिवारलाई यतिवेला आफ्नो बगैँचामा फलेको स्याउ टिप्न भ्याइनभ्याई छ । यस्तै वडा नं ४ का हरिबहादुर भाम पनि स्याउ टिप्नमै व्यस्त छन् । रोकाया र भाम मात्र होइन गाउँका सबैलाई स्याउ टिप्न चटारो छ । यतिबेला मुगुमा स्याउ उत्पादन हुने क्षेत्रका किसान स्याउ बगैँचामै भेटिन्छन् । उत्पादन […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुख्य पार्टीका प्रमुख नेताहरूलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका छन् । शनिवार काठमाडौँको खुल्ला मञ्चमा गरेको सो पार्टीको सभामा बोल्दै लामिछानेले एमाले अध्यक्ष केपी ओली, काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आगामी निर्वाचनबाट बिदाइ गर्न आग्रह गरेका हुन् । उनले बाहरूले आफूलाई राजनीतिक सिक्न […]
नेकपा (एमाले)ले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी भदौ २२ गते भित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ । शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रिय कमिटीमा रहने गरी सो निर्देशन दिने निर्णय गरेको हो । सम्बन्धित प्रतिनिधिसभा क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधिसभा र सम्बन्धित प्रदेशसभा […]
धनगढी: खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन सहयोग पुर्याउन महत्वपूर्ण भूमिका खेल्दै आएको सुदूरपश्चिम प्रदेशमा खेलकुदका लागि चाहिने पर्याप्त पूर्वाधार र खेल सामग्रीको अभाव छ। यो प्रदेशमा खेलकूद सामग्री, मैदान लगायतका भौतिक संरचना तथा पूर्वाधार र दक्ष प्रशिक्षकको अभावजस्ता समस्या खेलाडीले झेल्दै आएका छन्। यसका बावजूत पनि क्रिकेट, तेक्वान्दो, भलिबल, बक्सिङ, फुटबल जस्ता खेलमा प्रदेशले […]
चितवन । भदौ ८ गते साँझ ६ बजेको समय । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारकी २६ बर्षकी लक्ष्मी परियार दिनभरको काम सकेर खाना पकाउने सुरसार गर्दै थिइन् । भान्सामा आलु काट्दै गरेकी लक्ष्मीकै वरपर ३ बर्षको छोरा सुलभ खेलिरहेका थिए । कतिबेला सुलभ घर बाहिर निस्किए आमाले ख्याल गरिनन् । बाहिर निस्किएका सुभललाई एक्कासी चितुवाले घाँटीमा […]
गर्मी मौसममा छालाको विशेष हेरचाह गर्न आवश्यक छ । किनभने योबाल छालासँग सम्बन्धित धेरै समस्याहरू देखिन्छन्। गर्मी मौसममा पिम्पल, अँध्यारो जस्ता अन्य समस्याको जोखिम हुन्छ । अनुहार धुनुअघि प्रदूषण, हावा, फोहोरका कारण छालामा कुनै असर नपरोस् र अनुहार लामो समयसम्म चम्किलो र चम्किलो रहनका लागि केही सजिलो टिप्स अपनाउनु आवश्यक छ । फेसवाश बारम्बार प्रयोग […]
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय गरेको […]
काठमाडौं । विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी)को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् । द नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले गएराति आयोजित प्रतियोगितामा मोन्ट ब्लांक क्षेत्रको कोर्ष रेकर्ड तोड्दै ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा निर्धारित दूरी पूरा गरेकी हुन् । उनी फ्रान्सकै ब्लेन्डिन हिरोन्डेलसँग पछि परेकी हुन् […]
प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगर स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष एव पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडल, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायतकाे उपस्थिति रहेको छ। बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा […]
लावालस्कर जत्यारुका मालिका जान्तक। पार्वती टुपुक्कै पुगी शिवजी खान्तक।। सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा अवस्थित बडिमालिका एक सुन्दर र महत्वपूर्ण धार्मिक, पौराणिक, पर्यावरणीय र पर्यटकीय स्थल हो। समुद्री सतहबाट ४२ हजार मिटर उचाइमा रहेको बडिमालिका सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेकी देवीका बहिनीहरुमध्ये सबैभन्दा कान्छी बहिनी मानिन्छिन्। पौराणिक किंवदन्ती अनुसार दक्ष प्रजापतिले यज्ञ गर्दा भगवान महादेव र सतीदेवीलाई […]
धनगढी । कैलालीमा हत्कडीसहित भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुवालाई कुटपिट गरेको आरोपमा प्रहरीले घरबाट नियन्त्रणमा लिने क्रममा हत्कडीसहित भागेका जोशीपुर गाउँपालिका–४ वाणीका २८ वर्षीय शंकर चौधरीलाई प्रहरीले फेरि पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीकाअनुसार चौधरीलाई जोशीपुर गाउँपालिका–४ कै हसानापुर क्षेत्रबाट पक्राउ गरेर इलाका […]
बुबा, आज कुसे औंशी हजुरको मुख हेर्ने दिन त्यसैले, फेसबुकमा फोटो राखेको छु वालमा महिमा गाएको छु हजुरको गुनगानमा सम्झनामा सबै सबै वाल भरेको छु प्रोफाइलमा पनि हजुरकै फोटो फेर्दैछु हो बुबा ! मैले हजुरको मुख हेर्दैछु । जिम्मेवारीको भारी बोक्दा झरेको केस अभावै अभावले चाउरिएको गाला खोरिया खोस्रिंदा खिएको नङ्ग्रा उकाली ओराली गर्दा फुटेका […]
काठमाडौं । फिल्म ‘छड्के २’ले प्रमुख कलाकार अनमोल केसीको लुक्स सार्वजनिक गरको छ । तस्वीरमा अनमोललाई ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर स्वरुपमा देख्न सकिन्छ । ‘२.० छड्के’ शीर्षकसहित जारी फोटोमा अनमोलको चरित्र केही हिंसात्मक पनि छ जहाँ उनलाई केही आक्रामक देखिन्छन् । निगम श्रेष्ठको निर्देशनमा छायांकन भैरहेको फिल्मको चितवन र मनाङमा छायांकन हुँदैछ । फिल्ममा […]
पेरिस । मानव जातिले जलवायु परिवर्तनको लक्ष्य हासिल गर्न सफल भए पनि सन् २१०० सम्ममा उष्णकटिबन्धीय क्षेत्रका लाखौँ मानिस आधा वर्षसम्म खतरनाक गर्मीको चपेटामा पर्नसक्ने अनुसन्धानकर्ताहरूले बिहीबार चेतावनी दिएका छन् । ‘सम्भवतः विश्वले ती लक्ष्यहरू गुमाउनेछ र यस शताब्दीको अन्त्यसम्ममा उष्णकटिबन्धीय क्षेत्रका मानिसहरूलाई प्रत्येक सामान्य वर्षको अधिकांश दिन हानिकारक तापक्रमको अधिनमा राखिनेछ,’ अध्ययन रिपोर्टमा भनिएको […]
‘ए ! उठ् उठ् बुहारी भएर पनि यति अबेरसम्म सुतिराख्ने हो ? सुनिनस् बाहिरको कुचाको आवाज ? मेरी आमा उठेर अघिदेखि घर बढार्दै हुनुहुन्छ ।’ बेडमा सँगै सुतेका श्रीमानका रुखा वचनसँगै भर्खरै चिम्लिएका मेरा आँखा खुल्छन् । सिरानीमुनिको मोबाइल झिकेर समय हेर्छु, पाँच बज्न खोज्दै रहेछ । राति अबेरसम्म चलेको विवाहको भीडभाडले समयमै सुत्न पाएकी […]
काठमाडौं । पिता, यो सम्बोधनमा हिजो जुन भाव प्रकट हुन्थ्यो, आज त्यस्तो छैन । पिता भन्नासाथ बालबच्चाको मनमा डर र श्रद्धा एकसाथ पैदा हुन्थ्यो । पिता घरका मूली हुन् । उनका आदेशलाई शिरोपर गर्नुपर्छ । यस्तै मनोविज्ञानमा हुर्कन्थे बालबच्चाहरु । त्यसैले पितालाई परिवारका संरक्षक भनी बुझ्थे । उनका सामुन्ने बालबच्चाहरु आज्ञाकारी हुन्थे । जसै पिता […]
आर्थिक संकटका कारण श्रीलंकाका बालबालिका भोकमरीको चपेटामा रहेको राष्ट्रसंघले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको छ । विदेशी सञ्चित मुद्राको अभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ । नियमित खाना छाड्ने परिवारहरूले संकटलाई तीव्र […]