होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पुसको पहिलो साता भारत भ्रमण गर्ने भएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दूतका रुपमा ज्ञवालीलाई भारत पठाउन लागेको उच्च सरकारी स्रोतले जनाएको छ । त्यसो त भर्खरै नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले मन्त्री ज्ञवालीलाई भारतका विदेश मामिला मन्त्री एस जयशंकरले पठाएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका थिए । […]
जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् । सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शय्याको अस्पतालसहित जिल्लाका बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्र र जोरायल गाउँपालिकाको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा १५÷१५ शय्याको […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टी एक ढिक्का हुनेमा ढुक्क रहेको बताएका छन् । सूर्योदय नगरपालिकामा नेकपाका कार्यकर्तासँगको भेटमा नेता खनालले पार्टी एक जुट बनाउन आफू लागी पर्ने उल्लेख गरे । उनले पछिल्लो समय नेकपाभित्र अन्तरसङ्घर्ष बढे पनि पार्टी एकताबद्ध बनाउनका लागि भइरहेको छलफलका रूपमा बुझ्न अनुरोध गरे । “पार्टी नै फुट्छ […]
धनगढीः अछामबाट धनगढी आउदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृत्य भएको छ । जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा साँफेबगर नगरपालिका वडा नम्बर ३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृत्यु […]
१५ मंसिर, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ । चौध दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परीक्षणमा कोरोना नभएपछि उनीहरुलाई डिस्चार्ज गरिएसँगै याल्वाङ कोरोना सङ्क्रमण मुक्त बनेको हो । मङ्सिर ११ गते […]
१५ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष चुन्न आज मतदान हुने भएको छ । शेखर गोल्छाको नेतृत्वमा आइतबार आएको महासंघको नेतृत्वले कोषाध्यक्ष मनोनयन गर्न प्रस्ताव गरेको थियो । तर नवननिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पक्षका केन्द्रीय सदस्यहरुले सहमतिबाट कोषाध्यक्ष चयन गर्नु पर्ने माग राखे । गोल्छा पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी सकुन्तला हिराचनलाई […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लिखित रुपमै प्रश्न–प्रतिप्रश्न चलेको छ । पार्टी सचिवालय बैठकमा दुवै अध्यक्षले एक अर्कामाथि आरोप लगाउँदै पेश गरेको राजनीतिक प्रस्तावले प्रश्न–प्रतिप्रश्नको शृङ्खला बनाएको हो । गत कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको लिखित प्रस्तावमा अध्यक्ष ओलीमाथि गम्भीर प्रश्न […]
डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासि […]
कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा रु ७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । “आगलागीबाट त्यस्तो कुनै मानवीय […]
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । छतबाट खसेर ओझा गम्भीर घाइते भएका थिए । घाइते ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले […]
४ मंसिर, डोटी । ‘संविधानको अनुसूची–८ को ८ नं. बुँदामा आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भनिएको छ । सोही अनुसार हामीले शिक्षा ऐन बनाउन खाज्यौं । तर शिक्षक संघ–महासंघहरुले संघीय ऐन नआई बनाउन नपाइने भन्दै विरोध गरे, हामीले ऐन बनाउन सकेनौं ।’ डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका कानुन अधिकृत गोविन्दराज जोशीको भनाइ हो […]
नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने […]
चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् ।रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ ।त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् […]
१४ मंसिर, बुटवल । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्ड आइतबार (आज) देखि पाँच दिनसम्म दैनिक ४ घण्टा बन्द गरिएको छ । राजमार्गको झुम्सा–दोभान खण्डमा कालोपत्रे गर्नका लागि दिनमा दुई पटक गरी दैनिक ४ घण्टा सवारी आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । डिभिजन प्रमुख मुकुन्दराज अधिकारीका अनुसार बिहान १०ः३० बजेदेखि १२ः३० बजेसम्म […]
नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनको अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने २७ […]
काठमाडौँ- तापक्रम घट्दै जाँदा मुलुकभर चिसो बढेको छ ।तराईका कतिपय स्थानमा हुस्सु लागेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात भएको छ । काठमाडौँ उपत्यकाको आज बिहानको तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शनिबार यो वर्षकै सबैभन्दा कम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज दिउँसो काठमाडौंको तापक्रम […]
विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ । विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ हुनुपर्ने बताउँछन् । पहिले विद्यार्थीलाई लौरोले हिर्काउने, मुर्गा (कुखुरा) बनाउने जस्ता सजाय सामान्य मानिए पनि अहिले शिक्षकमा सजाय नदिइकन पढाउने चेतना विस्तार भएको कतिपयको भनाइ छ तर कैलालीको लम्कीस्थित एक विद्यालयका छात्र अनिल चौधरी कुनै […]
९ मंसिरदेखि जारी कक्षा–१२ को परीक्षाअन्तर्गत ११ मंसिरको फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएको खुलेको छ । बुटवलका एक शिक्षकका अनुसार फिजिक्सको प्रश्नपत्र परीक्षा हुनुभन्दा १३ घन्टाअघि नै बाहिरिएर विद्यार्थीहरूको फेसबुक ग्रुपमा आइसकेको थियो । ‘बुटवलमा अघिल्लो साँझ ७ बजे केही व्यक्तिमाझ प्रश्नपत्र पुगेको थियो । भोलिपल्ट पेपर पाएपछि शिक्षकहरूले सामाजिक सञ्जालमा आएको र परीक्षाका लागि […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । शनिबार मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) को आयोजनामा ‘सङ्घीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उनले देशमा थुप्रै कानून बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताए । “नेपालको संविधान उत्कृष्ट छ, कार्यान्वयनकै चरणमा छौँ”, उनले भने, “देशमा […]