होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१ पुस, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । दर्घटनाका घाइतेमध्य पाँच जनाको अवस्था […]
काठमाडौं । अध्यादेश प्रकरणपछि नेकपाभित्रको आन्तरिक किचलो थप बढ्ने सङ्केत देखिएका बेला ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहानै खुमलटार पुगेका छन् । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्को विरोध भइरहेको छ । खासगरी प्रचण्ड र उनीपक्षीय नेताहरुले असंवैधानिक ढंगले […]
३० मंसिर, वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट ठूलो परिमाणमा प्याज बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–६ कुम्हालटोलबाट २१० क्विन्टल भन्दा बढी प्याज बरामद भएको हो । बलिरामजी प्रसाद कलवारले वीरगञ्ज–६ कुम्हालटोलमा सञ्चालन सञ्चालन गरेको पसलबाट २१० क्विन्टल ४३६ किलो प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । भन्सार छलेर अवैध रुपमा भित्र्याइएको […]
३० मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् । पार्टीको स्थायी कमिटी बैठक चलिरहेको र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइरहेका बेला प्रधानमन्त्रीले अप्रत्याशित रुपमा अध्यादेश ल्याउनु गलत भएको उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘ अहिले सत्तारुढ […]
३० मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले अध्यादेशमार्फत गणतन्त्रको चीरहरण गर्न लागेको आशंका व्यक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयबाट संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी भएपछि उनले तत्काल संसद अधिवेशन बोलाउन समेत माग गरेका छन् । ‘त्यसै […]
३० मंसिर, काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो । राष्ट्रपतिबाट मंगलबार जारी अध्यादेशमा भनिएको छः […]
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक रहेको बताएका छन् । उनले सरकारको यो कदम सर्वसत्तावादी सोच भएको आरोप लगाए । संवैधानिक परिषदसम्बन्धी अध्यादेशप्रति कांग्रेसको विमत्ती रहेको उनको भनाइ छ । देउवाले भनेका छन्, ‘ उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ […]
काठमाडौं । सरकारले संसद बैठक छलेर मन्त्रिपरिषद्बाट अध्यादेश ल्याएको छ । आगामी १६ दिनभित्र संसद बैठक बस्नुपर्ने भएपनि त्यसको केही दिनअघि अध्यादेश ल्याएर संसदलाई छल्ने सरकारको रणनीति रहेको पुष्टि भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेकी हुन् । तर, […]
धनगढी: मंगलबार अछाममा ४ र डडेल्धुराका ३ गरी सुदूरपश्चिममा थप ७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। अछामको कमलबजार प्रयोगशालामा भएको परीक्षणमा जिल्लाको तुर्माखाँद गाउँपालिकाका २ जना, मंगलसेन नगरपालिकाका १ जना र सुर्खेतको भेरीगंगा नगरपालिकाका १ जनामा संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए। यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा अमरगढी नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि […]
३० मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो सेवा–सुविधा बापत पाउने रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन् । नगर प्रमुख घिमिरेले निर्वाचित भएपछि घोषणा गरेअनुसार चालु शैक्षिक सत्रमा ४३ वटा सामुदायिक विद्यालयका ४३ जना विद्यार्थीलाई मंगलबार छात्रवृत्ति प्रदान गरेका हुन् । यसवर्ष छात्रवृत्तिको लागि छनोट भएका १ देखि ८ […]
३० मंसिर, काठमाडौं । प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय लिएका हुन् । सभापतिज्यू आजको बैठकमा जानुहुन्न’ स्वकीय सचिव भानु देउवाले भने । यसअघि मंगलबार बसेको परिषद्को बैठकमा देउवा गए पनि सभामुख अनुपस्थित भएका थिए । लगतै […]
३० मंसिर, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे मंगलबार मन्त्रिपरिषद्मा छलफल नै नभएको पाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । अब परिषद्का बहुमत सदस्यको उपस्थितिमा नै बैठक बस्न सक्छ । तर मन्त्रीहरुले भने अध्यादेशबारे बेखबर रहेको बताए । मंगलबार बसेको बैठकमा […]
३० मंसिर, बुटवल । अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीभित्रको विवादले सरकारको निरन्तरतामा असर नपर्ने बताएका छन् । मंगलबार बुटवलस्थित कान्ति माविको विज्ञान तथा छात्रावास भवनको शिलन्यास गर्दै उनले केपी ओली नेतृत्वको सरकार पूरा कार्यकाल टिक्ने दाबी गरे । ‘नेकपा भित्रको अन्तरविरोधमा सुँड घुसाएर मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास भएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताएका छन् । नेपाल प्रज्ञा –प्रतिष्ठानको ३५ औँ प्राज्ञसभालाई आज भर्चुअल सम्बोधन गर्दै उनले प्राचीन तथा वैदिक सभ्यता र ज्ञानभूमि नेपालको भौगोलिक तथा सांस्कृतिक विविधता र ज्ञानको भण्डारको संरक्षण गर्नु अहिलेको पुस्ताको […]
३० मंसिर, काठमाडौं । उखु किसानको आन्दोलनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समर्थन जनाएको छ । गत आइतबारदेखि काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पुगेका छन् । उनले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नपाएको भन्दै किसानहरु भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनमा […]
३० मंसिर, जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले हन्दू राष्ट्र पार्टीको लाइन नभएको बताएका छन् । कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह गर्नुपर्ने बताएको भोलिपल्टै पार्टीका प्रभावशाली नेता सिंहले यो लाइन पार्टीको नभएको बताए । ‘कुनै नेताले आफ्नो व्यक्तिगत धारणा दिँदैमा पार्टीको लाइन बन्न सक्दैन’ मंगलबार प्रेस युनियन धनुषाले जनकपुरधाममा […]
३० मङ्सिर, सिमकोट । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्साबाट खाद्यान्नसहित दैनिक उपभोग्यवस्तु ढुवानी सुरु गरिएको छ । करिब ९ महिना कोरना सङ्क्रमण र तीन महिना हिमपातले बन्द रहेका हिल्सामा पुगेर ८ वटा टिपरले खाद्यान्न ल्याउन थालेका हुन् । सदरमुकाम सिमकोटबाट गएका टिपर हिल्सा पुगेर सोमबार फिर्ता भएका छन् । यही मङ्सिरको पहिलो साता […]
३० मंसिर, काठमाडौं । अमेरिका, बेलायतलगायतका देशले कोभिड–१९ भ्याक्सिनका लागि अनुमति दिइरहँदा नेपालमा भने कहिले र कुन खोप आउँछ भन्ने अन्यौल कायमै छ । सरकारले ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन (गाभी) को व्यवस्थापनमा कोभाक्समार्फत सहुलियत मूल्यमा आउने खोपको बढी आश गरेको देखिन्छ । गाभीले कोरोनाको खोप कोभाक्समार्फत सहुलियतमा दिने भएकाले यसको छुट्टै प्रशासनिक प्रकिया […]
नागरिक रैबार/ बाजुरा ३० मंसिर।बडीमालिका नगरपालिका वडा नं. ९ तुफानडाँडा देखि बडुवालवाडा सम्मको बाटो मर्मत नहुँदा स्थानीयलाई आवत जावतमा समस्या भएको छ । वर्षातको समयमा बाटो माथिबाट खसेको पहिरोले उक्त क्षेत्रको बाटो पुरै भत्केको छ । भत्केको बाटोमा दिनहुँ पैदल यात्रा गर्न समस्या हुने गरेको स्थानीय निशान्त बडुवालले बताएका छन् । जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका छ्न् । बैठक मंगलबार बिहान साढे १० बजे बालुवाटारमा बस्नेगरी बोलाइएपनि ११ बजेबाट मात्रै सुरु हुने बालुवाटार स्रोतले जनाएको छ । मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक मंगलबार बोलाइएको हो ।संवैधानिक परिषद बैठक लगत्तै मन्त्रिपरिषद बोलाएर संवैधानिक आयोगहरुमा नियुक्तिअघि बढाउने उद्देश्यले […]