होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२ पुस, काठमाडौं । स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्रीलाई बोलाइएको लेखा समिति सभापति भरतकुमार शाहले बताए । समितिले चार महिनाअघि नै यस विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाउने निर्णय गरेको थियो […]
२ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै नेताहरुको फोन आएको बताएका छन् । प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा बोल्दै उनले यस्तो बताएका हुन् । किसानको नाममा ट्विटरमा ठूलो वकालत गर्ने तर मलाई फोन गरेर फलानो उद्योगी नपक्र भन्ने यो […]
काठमाडौँ- काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै जाडो भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको छ । यसअघि बुधबार उपत्यकाको तापक्रम ३ डिग्री थियो । केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ ।रातको समयमा बादलले आकाश […]
बैतडी: बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका ८ का ट्याक्टर चालक २६ वर्षीय नरेश बहादुर विष्ट रहेका छन्। सुपप्र ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण्डको घोडेधारमा बिहीबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्याक्टर तुसारो परेको सडकबाट चिप्लेकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको […]
पोखरा– बागलुङको बडिगाड गाउँपालिका–७ कि १७ वर्षीया गर्भवति महिला लक्ष्मी गुरुङ सुत्केरी हुन नसकेपछि गत साउनमा हवाई उद्धार गरी पोखरा ल्याइयो । नवजात शिशु जन्मनुभन्दा पहिले नै साल खसेर शिशुको हात बाहिर निस्केका कारण स्वास्थ्यचौकीले सुत्केरी गराउन नसकेपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ रिफर गरियो तर बुर्तिवाङमा पनि सुत्केरी हुन नसकपछि उनलाई गण्डकी अस्पताल पोखरा रिफर […]
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताएका छन् । सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित जनता प्राविधिक नमूना माध्यमिक विद्यालयमा सूचना, सञ्चार तथा प्रविधि प्रयोगशालाको उद्घाटन गर्दै उनले बढ्दो राजनीतिकरणका कारण मु्लुकको शैक्षिक अवस्था कमजोर बनेकाले शिक्षा क्षेत्रमा हुने राजनीति रोक्नुपर्ने बताएका हुन् । “विद्यालय व्यवस्थापन समितिको गठनदेखि शिक्षक सरुवाको विषयमा […]
काठमाडौं – देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार रुपन्देहीको ओमसतिया गाउँपालिका–२ ठुटीपिपलमा लु २ ख १४१५ नम्बरको माईक्रोबसले लु ४१ प ९२५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक देवदह नगरपालिका–११ जयपुर बस्ने २३ वर्षीय राजु थारुको घटनास्थलमै मृत्यु भएको छ ।दुबै सवारी साधन […]
२ पुस, विराटनगर । कोरोना महामारीका कारण ९ महिनायता बन्द भएको विराटनगरका विद्यालयहरु बिहीबारबाट सञ्चालनमा आएका छन् । ६ चैतबाट बन्द भएका विद्यालय बिहीबारबाट खुलेका हुन् । समुदायस्तरमा महामारी फैलिएको विराटनगरमा संक्रमणको संख्या कम भएपछि सतर्कतासहित विद्यालय सञ्चालन गर्ने निर्णय अनुसार विद्यालय खुला भएको विराटनगर महानगरपालिकाका शिक्षा शाखा प्रमुद दुर्गाप्रसाद खतिवडाले जानकारी दिए । […]
२ पुस, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना सहसचिवहरुको काज सरुवा गरेको छ । मन्त्रालयले बिभिन्न मन्त्रालय र निकायका सहसचिवहरुको बुधबार काज सरुवा गरेको हो । मन्त्रालय स्रोतका अनुसार सूचना विभागका सहसचिव किरणराज शर्मालाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । उनी गण्डकी प्रदेशबाट हालैमात्र सरुवा भएर सूचना विभाग आएका थिए । […]
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादका क्रममा चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछि हटेका छन्। मंगलबार सरकारका तर्फबाट जारी गरिएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश फिर्ता गर्न तयार भएसँगै उनी पार्टी बैठकमा सहभागी नहुने भन्ने अडानबाट पनि पछि हटेका छन्। संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई काउन्टर […]
१ पुस, काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् । तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् […]
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलले सरकारलाई मंगलबार जारी गरेको अध्यादेश फिर्ता लिन आग्रह गरेको छ । तरुण दलका अध्यक्ष जित जंग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले समस्या समाधान नर्गे उल्टै राजनीतिक संकट आउने भएकाले फिर्ता लिन आग्रह गरेका हुन् । अध्यक्ष बस्नेतले भनेका छन् ‘ प्रमुख […]
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमण फैलिएपछि नौ महिना अवधिमा आरटी-पिसिआर पद्धतिबाट एक लाख २४ हजार ८६१ जनाको नमूना परीक्षण गरिएको छ । यो प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को चार दशमलव ८९ प्रतिशत हो । परीक्षण गरिएका शङ्कास्पद नमूनामध्ये १२ हजार ५०३ जनामा सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयको […]
आज पुष १ गते विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले माइतीघर मण्डलामा कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको हो । प्रतिष्ठानले २०७५ पुष १ गते देखि यो दिवस मनाउँदै आएको छ । २०१९ पुष एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो […]
समाचार टिप्पणी । दुई तिहाइको दुहाइ दिने ओली सरकारका निर्णयहरु एकपछि अर्को बिबादास्पद बन्दै गएका छन् । सन्काहा प्रधानमन्त्री ओलीले आफुलाई मन लागेको निर्णय गर्ने र राष्ट्रपतिलाई समेत सोहि अनुसार निर्णय गर्न लगाउनाले देशमा एकपछि अर्को संकट पैदा हुँदै गइरहेको छ । पछिल्ला केहि दिनमा सरकारले गरेका निर्णय जनतामा अलोकप्रिय हुनुका साथै आफ्नै पार्टीका नेता […]
नागरिक रैबार/बाजुरा १ पुस। आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिम प्रदेशको समितिमा बाजुराका पत्रकार निमेन्द्र शाही सदस्यमा चयन भएका छन् । नेपाल पर्यटन बोर्ड अन्तरगतको आन्तरिक पर्यटन पुनरुत्थान सुदूरपश्चिम प्रदेश समितिमा बाजुराका पत्रकार शाही चयन भएका हुन् । समितिमा माया प्रकाश भट्ट संयोजकमा रहने गरी ११ सदस्यीय कार्यसमिति तोकिएको हो । जसमा बाजुराबाट निमेन्द्र शाही, डडेल्धुरा विनोद […]
१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्र निवास बालुवाटारमा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा पार्टी विवादबारे छलफल गर्ने तयारी छ । गएको मंसिर २१ मा बैठक सुरु गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उद्घाटन मन्तव्य र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको दुई […]
काठमाडौँ — दुई तिहाइ बहुमतसहित सरकार सम्हालेको दुई वर्ष पुग्दा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसको असहयोगले संवैधानिक निकायमा पद पूर्ति हुन नसकेपछि मन्त्रिपरिषद्ले पोहोर मंसिर ३ मा बहुमतका आधारमा नियुक्तिको सिफारिस गर्न सकिने प्रावधानसहित अध्यादेश ल्याउने निर्णय गर्यो । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको सचिवालय अध्यादेश ल्याउने विषयमा […]
थम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्थाको शुरुआत गरेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई […]
१ पुस, काठमाडौं । भक्तपुरको एक कुखुरा फर्ममा आगलागी भएको छ । चाँगुनारायण नगरपालिका–८ जितपुरमा दीपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको हो । गहुँको छ्वालीले छाएको टहरोमा भुसे चुलोबाट आगो सल्किएको थियो । आगलागीबाट सबै टहरा नष्ट हुँदा प्यारेज जातका करिव २ हजार ७०० कुखुरा जलेका छन् र करिब १५ लाखको क्षति […]