होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् ।निर्वाचन सकिएलगत्तै संसद भवन […]
काठमाडौँ — अहिले काठमाडौं उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ । बुधबार बिहानैदेखि काठमाडौंसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो । पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा […]
हरेक वर्ष मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । महिलाको हक, अधिकार, पहिचान र सम्मानका लागि भएको संघर्षको सम्मानस्वरुप यस दिन अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाइने गरिंदै आएको छ । यस वर्ष ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । हुन त यस दिवसलाई नारी दिवस भन्ने कि महिला श्रमिक दिवस ? भन्ने […]
काठमाडौं । निर्वाचन आयोगले आजदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध गरेको छ । आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा)का अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा होली पर्व २०७९ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र […]
काठमाडौं: परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो। २६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ । […]
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक कार्यक्रममा उनले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् सरकारले सो आर्थिक वर्षमा सम्पादन गरेका काम कारबाही समेटिएको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार सरकारले […]
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् ।प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेश सभामा मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, […]
नागरिक रैबार/बाजुरा २१ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक नेपाल टेलिकमको एनटि फाईवर नेट संचालनमा आएको छ । नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाका अनुसार पुरानो एडिएसल सहितको इन्टरनेट सेवा विस्थापित गरेर सदरमुकाम मार्तडीमा नयाँ तिव्र गतिको एनटि फाइवर सेवा संचालनमा आएको हो । नेपाल टेलिकमले अहिले एनटि फाइवर नेट सेवा सरकारी तथा गैरसरकारी कार्यालयहरुमा जडान […]
काठमाडौं । बक्स अफिसमा उछाल कमाइ गरिरहेको फिल्म ‘छक्कापञ्जा ४’लाई टिकटक र युट्युबजस्ता प्लेटफर्मलाई नियमन गर्नुपर्ने चुनौती थपिएको छ । शुक्रबारदेखि फिल्म रिलिज भएलगत्तै दर्शकले यी प्लेटफर्ममा एकदेखि १५ मिनेटसम्मका भिडियो क्लिप्स पोस्ट गरिरहेका छन् । महत्वपूर्ण दृश्य नै टिकटकमा बाहिरिंदा निर्मातालाई हैरानी भएको छ । ‘क्लिप्सहरु राखेर पूरा फिल्म नै टिकटकमा आउन थालेको छ […]
धनगढी – नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।आज बसेको एमाले संसदीय दलको बैठकले कांग्रेसका मुख्यमन्त्री शाहको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। यसअघि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो ।कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले आजको […]
काठमाडौँ- सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका छन् । आजको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शाहले अहिले १० बजे प्रदेश संसदीय दलको कार्यालयमा दलको बैठक बोलाएका हुन् । नेकपा एमालेले विश्वासको मत नदिने निर्णय नै गरिसकेको छ। माओवादी र नागरिक उन्मुक्ति पार्टीले पनि मत नदिने बताइरहेको […]
नागरिक रैबार/बाजुरा २० फागुन। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिम प्रदेश सरकार मिडिया मैत्री हुने बताएका छन् । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिकाे तेस्राे उद्घाटन समाराेहमा शुभकामना मन्तब्य दिनै मन्त्री शाहीले प्रदेश सरकारले गर्ने सवै कार्यहरू जनताकालागि गर्नुपर्ने भएकाले मन्त्रालयले सुचना लुकाउनु पर्ने कुनै कारण हुदैन, सवै कुरा पत्रकार मार्फत […]
नागरिक रैबार/बाजुरा २० फागुन।बाजुराको बडीमालिका नगरपालिका-९ उखाडीका ५६ वर्षका लालमनी उपाध्यायको कृतिम खुट्टा फेरिएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण कृतिम खुट्टा फेर्न नसकी घरमै थलिएर बसेका लालमनीको समाचार विभिन्न संचार माद्यममा प्रकाशन भएपछि उनको कृतिम खुट्टा फेरिएको हो । लालमनीलाई पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहले बाजुराबाट उद्धार गरेर उपचारका लागि काठमाण्डौं […]
धनगढी । नेकपा एमालेले सञ्चालन गरेको ग्रास रुट कार्यक्रममा नेता कार्यकर्ताबीच तीव्र मतभेद देखिएको छ ।एमालेको ग्रास रुट कार्यक्रम जनजागरण भन्दा पनि नेताहरूका गुटगत भेलाको रूपमा परिणत भएको देखिएको हो । जहाँ नेता कार्यकर्तामा फुट देखिएको हो । शुक्रबार मात्रै अछामको साँफेबगरमा केपी ओली समूह र भीम रावल निकट समूहले छुट्टाछुट्टै ग्रास रुट कार्यक्रम गरेको […]
अछामः प्रतिनिधिसभाको निर्वाचनमा टिकट नपाएपछि पार्टीका गतिविधिमा नदेखिएका नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले शुक्रबार गृहजिल्ला अछामबाट कार्यक्षेत्रमा फर्किएका छन्। एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको २ महिने ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत साँफेबगर नगर कमिटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा रावल सहभागी भएका हुन्। नगरस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन रावल साँफेबगर पुग्दा कार्यकर्ताले नाराबाजी गरेर उनको स्वागत […]
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा आइतबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन् । सो प्रयोजनका लागि आइतबार दिउँसो १ बजे बस्नेगरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार सभामुखको आदेशले आइतबारका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री शाहले विश्वासको मत लिने व्यवस्था मिलाइदिन सभामुखलाई […]
काठमाडौँ – सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरूआत गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गर्ने भएका छन्। पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखापर्नुभएका उनी झण्डै १० वर्षपश्चात अभिनय गर्दै छन्। “आफू सुहाउँदो भूमिका पाएँ। र, यो महत्वपूर्ण मध्येको एक हो”, अभिनेता कोइरालाले भने, “मेरो छायाँङ्कन ब्राजिल र मेक्सिकोमा तय भएको छ।” अमेरिकाको […]
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ ।नियमित एजेण्डामा मन्त्रिपरिषद् बैठक भर्खरै सुरु भएको हो । गत बिहीबार मन्त्रिपरिषद् बैठक बस्न नसकेपछि शुक्रबार बस्न लागेको छ ।