होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले आउँदो शनिवार आर्थिक वर्ष २०७८/०७९ को लागि बजेट ल्याउँदैछ । संसद विघटन भएपछि अध्यादेशबाट बजेट आउनेछ । नेपालको संविधान (२०७२) बनेपछि पहिलो पटक अध्यादेश मार्फत आगामी बजेट सार्वजनिक गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनावको मिति पनि घोषणा गरिसकेका छन् । यसकारण पनि अबको चुनावमा जसरी पनि जनमत आफ्नो […]
बेला–बेला उट्पट्याङ भाषण गरेर चर्चामा आउने गरेका वनमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालको निशानामा परेका छन् । चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि उनको चौतर्फी आलोचना भइरहेको छ । गत बैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो । मन्त्री […]
११ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाइएको छ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बस्न लागेको संसदीय दलको बैठकलाई चासोका साथ हेरिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री समेत रहेका संसदीय दलका नेता प्रकाश बहादुर शाहले मंगलबार संसदीय दलको बैठक बोलाएका […]
११ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो समूह इतरका ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका छन् । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकबाट वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, पुराना नेता मुकुन्द न्यौपाने सहित ११ जना निष्काशन गरिएका हुन् । निष्काशन गरिएका खनाल, नेपाल […]
नेकपा एमालेले नेता माधव कुमार नेपाल र झलनाथ खनाललाई साधारण सदस्यबाटै निष्कासन गरेको छ ।बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेर पार्टीको अनुशासन उल्लंघन गर्ने नेपालसहित ११ जना नेतालाई पार्टी सदस्यबाटै निष्कासन गर्ने निर्णय गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । पार्टीबाट निष्कासनमा पर्नेमा नेताहरूमा नेपालसहित झलनाथ […]
१० जेठ, काठमाडौं । सरकारले थप खोप ल्याउन नसकेपछि सरकारले ६५ बर्षमाथिका नागरिकलाई कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप लगाउने नयाँ अवधि तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि भारतमा बनेको कोभिशिल्ड खोप पहिलो डोज लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउनुपर्ने भनेको थियो । तर अब दोस्रो डोज खोप १६ हप्तापछि लगाउने गरी […]
काठमाडाौं । नेकपा एमाले खनाल–नेपाल समूहका नेता डा. भिम रावलले प्रधानमन्त्री केपी ओलीले कुर्सीकै लागि राष्ट्रिय अस्मितासँग सम्झौता गरेको आरोप लगाएका छन् । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा नेता रावलले ओलीले महन्थ–राजेन्द्रसँग सम्झौता गरेर राष्ट्रको अस्मिता र स्वतन्त्रतामाथि धावा बोल्ने काम गरेको बताए । “प्रधानमन्त्री ओलीले निर्लज्ज भएर राष्ट्रको अस्मिता स्वतन्त्रतासँग जोडिएको विषयलाई आफ्नो कुर्सीसँग सम्झौता […]
नागरिक रैबार/बाजुरा १० जेठ। बाजुरामा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ४ सय २८ पुगेको छ । आज २६ जनाको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कर्यालय बाजुराले जनाएको छ । त्यस्तै बाजुरामा कोरोनाबाट मुक्त हुनेको सख्या २ सय ३९ पुगेको […]
गत वर्ष जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ सोती गाउँमा विभत्स हत्या भएको थियो । मल्ल थरकी ‘प्रेमिका’लाई भगाउन गएका दलित युवक नवराज विश्वकर्मासहित ६ जनाको स्थानीयले लखेटी-लखेटी हत्या गरेको आरोप लागेको छ । नवराजसहित लोकेन्द्र सुनार, सन्जु विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढामगर र गोविन्द शाहीको हत्या गरी भेरी नदीमा फालिएको थियो । हत्यामा […]
१० जेठ, टीकापुर । कोरोना संक्रमण नियन्त्रणका लागि कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि किसानलाई भने समस्या भएको छ । निषेधाज्ञाका कारण वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन् । निषेधाज्ञा अघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल बिक्री बन्द हुँदा किसान मारमा परेका हुन् […]
काठमाडौं, १० जेठ । नेकपा एमाले स्थायी कमिटी सदस्यले नेता माधवकुमार नेपालसहित २० भन्दा बढीलाई कारबाही गर्ने भएको छ । आज कारबाहीको निर्णय लिनकै लागि एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक नरोके कारबाहीको निर्णय आउने निश्चितप्रायः छ । योसँगै आजबाट एमाले विधिवत् रुपमा दुई टुक्रा हुने […]
१० जेठ, काठमाडौं । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् । वर्षाको […]
१० जेठ, काठमाडौं । जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए […]
काठमाडौं १० जेठ। नेकपा एमालेमा माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गर्यो, अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधे । कर्णालीमा प्रदेशसभा सदस्यहरुले फ्लोर क्रस गरे, ओलीले फेरि स्पष्टीकरण सोधे । फ्लोर क्रस गर्ने चार जनालाई पार्टीबाट निष्काशित भए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा दाबीलाई समर्थन गर्दै नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेपछि ओलीले […]
धनगढीः राष्ट्रिय राजनीति र एमालेभित्रको विवादको असरबाट सुदूरपश्चिम सरकार अछुतो छैन। जुन कारण प्रदेश सरकार सुरक्षित पनि छ र छैन पनि। पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीचको विवाद उस्तै छ। हाल सुदूरपश्चिममा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको संयुक्त गठबन्धनको सरकार छ। एमालेको ओली पक्ष प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर […]
विपक्षी गठबन्धनका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गटबन्धनले तयार पारेका छन् । परमादेशमार्फत देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गरिएको रिटमा बहुमत सांसदहरुको हस्ताक्षर जुटाएर सर्वोच्च अदालतमै सांसदहरु सशरीर उपस्थित हुँदैछन् । यसका […]
नागरिक रैबार/बाजुरा ९ जेठ। बाजुरा जिल्लामा नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी सर्मा ओलीले गरेको असम्बैधानीक कदमको बिरोधमा बाजुरा सदरमुकाम मार्तडीमा राके जुलुशु निकालेको छ । प्रधान मन्त्री केपी शर्माओलीको नागरिकता बिधायक तथा संसाद बिगठनको बिरोधमा नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र र नेकपा एमाले माधव नेपाल समुहका बिद्यार्थी संगठनहरुले बजारमा राके जुलुश निकालेको नेकपा माओबादी […]
नागरिक रैबार/बाजुरा ९ जेठ। सामाजिक अभियान्ता हेमराज थापाले कोरोनाको महामारीमा अग्रपंक्ति रहेर संचार क्षेत्रमा खटिएका बाजुराका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । कोरोना भाईरस कोभिड १९ को दोस्रो लहर तिव्र रुपमा फैलिएसंगै बाजुरामा दिनप्रतिदिन कोरोनाको जोखिम बढेपछि जिल्लामा अग्रपंक्तिमा रहेर काम गर्ने बाजुराका पत्रकारलाई सामाजिक अभियान्ता थापाले पिपिई १० सेट, सर्जिकल मास्क ५०० पिस, […]
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । आइतबार भण्डारीले नेपाल नागरिकता( पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्ने दावी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आफू निकट प्रेस चौतारीका पत्रकारहरूसँगको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा धाँधली हुन नसक्ने गरी निर्वाचन गर्ने बताएका हुन् । उनले निर्वाचनमा सिसी क्यामेरा र ड्रोन बाट भिडियो खिचेर निष्पक्ष चुनाव गर्ने उल्लेख गरे । प्रधानमन्त्री ओलीले […]