होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सी: भारतको दिल्लीमा ममको डल्लो घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ। ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ। मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मोमो खाइरहेका थिए। खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए। पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा ममको डल्लो अड्किएको फेला परेको थियो। डाक्टरहरूले पनि […]
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा अमेरिकी सेनाले नेपाली सेनाको ब्यारेक कब्जा गर्ने विषय उल्लेख रहेको दाबी गरेका छन् । बुधबार कानुन मन्त्रालयका लागि विनियिोजन विधेयकमाथि कानुन मन्त्री गोविन्द बन्दीले दिएको जवाफ सुनेपछि सांसद सुवालले प्रतिप्रश्न गर्दै यस्तो दाबी गरेका हुन् । ‘एसपीपीमा […]
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा प्रस्ट पार्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभामा आफ्ना कुरा राख्दै थापाले प्रधानमन्त्रीले आफ्नै शैलीमा संसद्मा उपस्थित भएर ‘हुँदैन, हुँदैन, हुँदैन’ भनेर प्रस्ट जवाफ दिनुपर्ने बताएका हुन्। उनले भने, ‘ यो प्रस्ताव त्यही बेलामा आएको हो । सरकारले […]
हरिश चन्द, डडेल्धुराः डडेल्धुरामा सम्पन्न पदम मेमोरियल कपको उपाधि किङ्स युथ क्लबले हात पारेको छ। पदम भण्डारीको स्मृतिमा डडेल्धुराको किङ्स युथ क्लबद्वारा आयोजित पदम मेमोरियल कप जिल्ला स्तरीय खुल्ला टी– २० पुरुष क्रिकेट प्रतियोगिता मंगलवार भएको फाइनल खेलमा परशुराम नगरपालिकालाई २२ रनले हराउँदै किङ्सले उपाधि जितेको हो। कप्तान सुनिल तामाङले टस जितेर ब्यटिङ गरेको किङ्स […]
कैलाली: कैलालीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। मंगलवार भजनी नगरपालिका–८ सुनाफाँटा बस्ने ५३ वर्षीय प्रेमबहादुर डगौराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार उनको शव टीकापुर नगरपालिका–७ दिब्यपुरस्थित खेतमा फेला परेको हो। उक्त विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आम निर्वाचनको मिति तत्काल तोक्न सरकार समक्ष माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले सरकारले छिटो प्रतिनिधि र प्रदेश सभाको मिति तोक्नुपर्ने माग राखेका हुन् । ‘हामी यो कार्यकालको अन्तिमतिर छौं । अबको केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ,’ लिङ्देनले भने, ‘सरकराले आम निर्वाचनको […]
स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको महिना दिन पुग्न लाग्दासमेत गोरखाका ९२ प्रतिशत उम्मेद्वारहरुले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालय गोरखाले तोकेको हदम्यादअनुसार आगामी ६ असारमा कार्यालय समयभित्र गोरखाका ११ वटै स्थानीय तहमा उम्मेदवार बनेकाहरुले सम्पूर्ण खर्च विवरण बुझाई सक्नुपर्नेछ । तर, तोकिएको समय सकिन लाग्दासमेत हालसम्म जिल्लाका १७२ उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका […]
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरीजल घर भएका २६ वर्षीय सनम तामाङ छन् । मंगलबार दिउँसो आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर सनमको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । करेन्ट लागेर गम्भिर घाइते भएपछि जोरपाटीस्थित नेपाल […]
एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाले यो वर्ष प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ । जसमा काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान नगरका मेयर हर्क सम्पाङ पनि पुरस्कृत हुने भएका छन् । स्वर्गीय यमबुद्ध अनिल अधिकारीको नामबाट स्थापित र्याप सम्राट यमबुद्ध पुरस्कार कलाकार तथा र्याप गायक काठमाडौंका मेयर शाहलाई प्रदान गरिने भएको हो । […]
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३१९ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४८ जना, मदिरा पिएर सवारी साधन चलाउने १०९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०० […]
धनगढी : सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश जोड्ने चिसापानी–कर्णाली पुल झिलिमिली बनाइने भएको छ। कैलाली उद्योग वाणिज्य संघको बोर्ड बैठकले चिसापानी–कर्णाली पुल झिलिमिली बनाउने निर्णय गरेको हो। उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य लोकराज भट्टको प्रस्तावमा उक्त निर्णय भएको संघले जनाएको छ। ‘कम लागतमा कर्णाली पुललाई धेरै कलात्मक र सिर्जनात्मक बनाउन सकिने देखिन्छ,’ उनले भने, ‘झिलिमिली […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अर्को खेल खेल्नुअघि नेपालले कमजोरी हटाउनुपर्ने बताएका छन् । एसियन कप छनोटको अन्तिम खेलमा मंगलबार राति इन्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित हुँदै छनोट यात्रा सकिएपछि उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै टिममा केहि सकारात्मक पक्षहरु देखिए पनि गल्ती पक्षहरु सुधार गर्नुपर्ने उल्लेख गरेका छन् । […]
काठमाडौं: काठमाडौंको कालिकास्थानमा रहेको ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ। मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो। घटनाको अनुसन्धानका लागि प्रहरीले सोही कलेजका मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत चार जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ। म्याग्दीको […]
नागरिक रैबार/बाजुरा १ असार। जबरजस्ती करणी गरेको आरोपमा बाजुराका तीन जना पक्राउ परेका छन् । जेठ महिनाभित्र बजरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जबरजस्ती करणी उद्योग गर्ने बडीमालिका नगरपालिका–१ का १८ वर्षीय हर्कबहादुर दानी जेठ २५ गते शनिबार बेलुका पक्राउ परेका छन् । सदरमुकाम मार्तडीबाट घर जादै […]
नागरिक रैबार/बाजुरा ३१ जेठ।बुढीगंगा नगरपालिकाको पुन: निर्वाचनको मिति तोक्नका लागि बसेको सर्वदलीय बैठक निश्कर्ष विहिन भएको छ । सर्वदलिय बैठक मार्फत पुन: निर्वाचन गर्ने मिति तोक्न आज चौथो पटक बसेको सर्वदलीय बैठक निष्कर्ष बिहिन बनेको हो । यस अघि गएको शुक्रबार बसेको सर्वदलीय बैठकले बुढीगंगाको निर्वाचनको मिति तोक्न जेठ ३१ गतेका लागि पुनः बैठक बोलाएको […]
काठमाडौं । श्रीलंकाले कृषि प्रवर्द्धनका निम्ति शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।देशको कृषि उत्पादन बढाउन र कृषिकर्मलाई प्रोत्साहन गर्न मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई शुक्रबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले सरकारी कर्मचारीलाई हप्तामा चार दिनमात्र काम गर्नुपर्ने व्यवस्था गर्नका साथै वैदेशिक रोजगारीमा जानचाहनेहरूका लागि पाँचवर्षसम्म बेतलवी विदा दिने निर्णय पनि गरेको […]
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो । आयोगले कुनै पेशा, व्यवसाय वा अन्य कुनै कारणले एक जिल्लामा बसोबास गरिरहेका नागरिकले उसको स्थायी ठेगानामा रहने गरी […]
नागरिक रैबार/बाजुरा ३१जेठ। बाजुरा जिल्ला बिपत ब्यबस्थापन समितिको आज बसेको बैठकले मनसुनजन्य बिपत प्रभाबित १ सय ६८ परिवारलाई पुन निर्माण तथा अस्थाई आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकमकाे अनुमाेदन गरिएकाे छ । अघिल्लो बर्षको कार्तिकमा आएको अबिरल बर्षाका कारणले बिस्तापित १ सय ६८ परिवारलाई पहिलो किस्ता बाफत एक करोड २६ लाख रुपैया खर्चकाे बैठकले […]
दाङ । आफू र छोरीलाई कुटपिट गरेको भन्दै तुलसीपुर उपमहानगरपालिका-५ कि मीरा भण्डारीले लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । मंगलबार बिहान राज्यमन्त्री वली आफ्नो घरमा आई आफू र छोरीलाई कुटपिट गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रन्जनबहादुर स्वाँरले जाहेरी जिल्ला […]
मुगुको मुगूम कार्मारोङ गाउपालिका–८ मांग्रीमा रहेकी पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व लिएको ठिल्लेसाङ्मु लामाको अध्ययनमा भएको खर्च अभाव अझै टरेको छैन । १ वैशाख २०७५ मा कर्णाली रारा पर्यटन महोत्सव उद्घाटन गर्दै लामाको अभिभावकत्व ग्रहण गरेका तत्कालीन प्रधानमन्त्री ओलीले अध्ययन, गाँस, बास, कपासमा आर्थिक सहयोग नगर्दा छोरीका पढाइमा समस्या आएको आमा छिचु लामाले जानकारी दिइन् […]