होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले दर्ता गरेको गाँजासम्बन्धि विधेयक अघि बढाउँन माग गरेका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकको विशेष समयमा बोल्दै उनले विधेयक दर्ता गरेको ८ सय ९६ दिन भइसकेको भन्दै सो विधेयक अघि बढाउन माग गरे । संसदमा सांसदले उठाएको विषयहरुमध्ये ८ प्रतिशतमात्र कार्यान्वयन हुने गरेको बताउँदै उनले संसदले गर्नुपर्ने […]
नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिन आग्रह गरेका छन्। बिहीबार राजधानीमा आयोजित आगामी निर्वाचनमा भ्रातृसंस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता महरले भ्रातृ संगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कार्यकर्ताहरूले स्थान नपाएको बताए। ‘पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भइरहेको छ। क्याम्पस, […]
सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित घरमा काम गर्न बसेकी अन्दाजी ४० बर्षीया चन्द्रकला देवी विश्वकर्मा रहेकी छिन् । प्रदेश नम्बर२–०३–००१ ख २१०१ नम्बरको टिपरको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान ९ बजे भएको सवारी […]
बझाङः कृषि उत्पादन वृद्धि र बजारीकरण, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा जोड दिँदै दुर्गाथली गाउँपालिकाले आर्थिक वर्ष ०७९ ०८० को नीति कार्यक्रम सार्वजनिक गरेको छ। ‘आफ्नो गाउँमा आफ्नै डाक्टर’ कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष दुई जनालाई चिकित्सा शिक्षा अध्ययन गर्न २० लाख छात्रवृत्ति दिनेदेखि जुनसुकैबेला पनि कृषि उपजलाई बजारसम्म पुऱ्याउन ‘कृषि एम्बुलेन्स’ सञ्चालन गर्ने कुरा पालिकाको नीतिमा […]
धनगढीः सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले नगरसभा सफलतापूर्वक सम्पन्न भएको खुसीयालीमा शुक्रबार सार्वजनिक बिदा दिएको छ। आज बसेको ११ औं नगरससभा सफलतापूर्वक सम्पन्न भएको भन्दै शुक्रबार नगरपालिका एवं नगर अन्तर्गत रहेका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिएको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरप्रसाद भट्टले जारी गरेको सूचनामा भनिएको छ,‘यस बाह्रबिसे नगरपालिकाको मिति २०७९/०३/०९ गते ११ औं नगरसभा सफलतापूर्वक […]
चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ३८ अर्ब ८८ करोड रुपैयाँको स्मार्टफोन भित्रिएको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार ११ महिनामा उक्त मूल्य बराबरको मोबाइल फोन भित्रिएको हो । साउनदेखि जेठसम्मको अवधिमा विदेशबाट ५६ लाख ४६ हजार सेट मोबाइल फोन भित्रिएको भन्सार तथ्याङ्कले देखाएको छ । यसैगरी, यस अवधिमा भित्रिएको उक्त परिणामको मोबाइल फोनबाट […]
बुटवल । बुटवल मण्डपको नामको अगाडि गिरिजाप्रसाद कोइराला थप्ने बुटवल उपमहानगरपालिकाको प्रस्तावको नेकपा एमाले लगायत दल र विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित भएका मेयर खेलराज पाण्डेयले बुटवलको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बुटवल मण्डपको नाम गिरिजाप्रसाद कोइराला बुटवल मण्डप राख्ने प्रस्ताव गरेपछि यसको विरोध र आलोचना सुरु भएको हो । उपमहानगरको […]
निजगढ सार्वजनिक सरोकार समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न बाराका स्थानीय तहका प्रमुखहरुसँग विशेष प्रस्ताव पास गर्न आग्रह गरेको छ । समितिले कोल्हबीका नगरप्रमुख रामप्रसाद चौधरी, सिम्रौनगढका नगरप्रमुख किशोरीप्रसाद कलवार, महागढीमाई नगरका प्रमुख उपेन्द्रप्रसाद यादव, पचरौताका नगरप्रमुख जालन्धर सिंह, करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु यादव, बारागढीकाका अध्यक्ष अशोक जैसवाल, सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, देवताल गाउँपालिकाका […]
काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक डे (दिवस) २०२२ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बिहीबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रुपमा ओलम्पिक दिवस मनाउने जनाएको छ । कमिसनले लगनखेलस्थित नेपाली सेना खेलकुद तथा शारीरिक तालिम केन्द्रमा दिउसो विविध कार्यक्रम आयोजना गर्दैछ । नेपाल ओलम्पिक […]
धनगढीः वेदकोट नगरपालिकाले आगामी आर्थिक २०७९÷०८० का लागि बजेट ल्याएको छ। नगरपालिकाको ११ औं नगर सभाबाट बुधबार ९८ करोड २२ लाख २८ हजारको बजेट पेस गरिएको छ। आगामी वर्षका लागि चालुतर्फ ७१ करोड ५३ लाख र पूँजीगतर्फ २६ करोड ६८ लाख बजेट अनुमान गरिएको छ। नगर सभामा बजेटसंगै नीति तथा कार्यक्रम पनि पेश गरिएको छ। […]
काठमाडौंको शंखरापुर नगरपालिकाले आफ्ना नगरबासीका लागि निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ । यस्तै नगरपालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी साउनदेखि लागू हुनेगरी निःशुल्क स्वास्थ्य सेवाको नीति अघि सारिएको शंखरापुर नगरपालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालबाट नगरबासीले निःशुल्क स्वास्थ्य […]
वैदेशिक व्यापारलाई सहज बनाउने उद्देश्यका साथ कफी ‘एक्सपर्ट गाइड क्वालिटी फर ट्रेड प्लाटफम एण्ड कस्टोमाइज मार्केट एक्सेस म्याप’ पोर्टलको उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय व्यापार केन्द्र व्यपार तथा निकास प्रवर्द्धन केन्द्रको संयुक्त सहकार्यमा उक्त म्यापको उद्घाटन गरिएको हो । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच म्यापको उद्घाटन उद्योग मन्त्रालयका सचिव गणेश पाण्डे र नेपालका लागि […]
नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले महिलाबाट पुरुषमाथि पनि हिंसा हुने घटना देखिएकाले यसबारेमा सोच्नुपर्ने बताएकी छन् । प्रतिनिधि सभाअन्तर्गतको कानुन मानवअधिकार समितिको बैठकमा धारणा राख्दै सांसद पाण्डेले यौन हिंसा बारेमा पटक पटक हदम्याद बढाउने कानुन बनाएको स्मरण गराउँदै पुरुष हिंसाका बारेमा पनि सोच्नु पर्ने बेला आएको बताएकी हुन् । ‘हदम्यादलाई ३५ दिनबाट छ महिनासम्म पुर्यायौँ, […]
धनगढी : गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ। यही असार ८ गते बसेको बढुवा समितिको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। जसमध्ये सुदूरपश्चिम प्रदेश घर भएका ४ जनाको नाम समावेश भएको छ। एसएसपी अशोक सिंह, दुर्गा सिंह, रामदत्त जोशी र […]
नेपाल– भारत सीमावर्ती क्षेत्र विराटनगर– १५ स्थित २ नम्बर गेट नजिकबाट १३ वर्षीय बालिकाको उद्धार गरको छ । झापाको १३ वर्षीय बालिकालाई प्रलोभन देखाएर भारत लैजाने क्रममा प्रहरी र साना हात नामक संस्थाले सीमावर्ती क्षेत्रदेखि मंगलबार उद्धार गरेको हो । नयाँ लुकाइ किनिदिएर भारतमा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ बालिकालाई बेच्ने तयारी भइरहेको […]
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले उखान टुक्का सुनाएर जनता हँसाउन काँग्रेसले नजानेको बताएकी छन्। काँग्रेस जिल्ला कार्य समिति म्याग्दीले आयोजित कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा देउवाले एमाले अध्यक्ष ओलीप्रति लक्षित गर्दै यस्तो बताएकी हुन्। काँग्रेसले देशको यथार्थ वस्तुस्थिति हेरेर विकासको योजना जनतालाई सुनाउने, सुझाव लिने र सोही अनुसार […]
धनगढी । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्युरो सदस्य सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुनसहितका चार नेताले सामूहिक राजीनामा दिएका छन् । जनयुद्धको जगमा खडा भएर विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत गर्ने भन्दै पुनसहित पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का, नवौँ महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी र पूर्व […]
बारा: बारामा ५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा किशोर पक्राउ परेका छन्। जितपुरसिमरा उपमहानगरपालिका–२२ चकरी बस्ने ती १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। किशोरले ती बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उक्त […]
डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा खेल मैदान निर्माण कार्य सुरु भएको छ। बुधबारदेखि आलिताल गाउँपालिका–८ घुम्ती बजार नजिकै खेल मैदान निर्माण थालिएको हो।बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष शेरसिंह पार्की, उपाध्यक्ष मैनाकुमारी रावल बोहरासहित प्रमुख प्रशासकीय अधिकृत गणेश भट्ट र वडा नं ८ का अध्यक्ष धनबहादुर देउवाले संयुक्त रूपमा निर्माण कार्यको शुभारम्भ गरेका हुन्। ९० लाखको […]
काठमाडौं । कास्कीमा भूकम्प गएको छ । आज बिहान कास्कीको लुम्ले र धम्पुको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो । कास्की र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।