होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हरिश चन्द, डडेल्धुरा: डडेल्धुराका अधिकांश स्थानमा खानेपानीका मुहान सुक्न थालेका छन्। केही समययता पर्याप्त रूपमा वर्षा नहुनुका साथै ग्रामीण क्षेत्रमा सडक निर्माणको तीव्रतासँगै डडेल्धुरामा खानेपानीका मुहान सुक्न थालेका हुन्। बीच जंगलबाट मनोमानी ढंगले निर्माण गरिएका सडक खण्डका कारण मूलहरू सुक्दा खानेपानीको हाहाकार हुन थालेको हो। डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका, भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिकाका केही […]
हुम्ला । हुम्लामा नियमित हवाई उठान हुन नसक्दा समस्या भएको छ । जिल्लामा लगातार वर्षाका कारणले गर्दा नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका हुन् । मुख्य यातायात मार्ग नै नियमित नभएपछि जिल्ला सदरमुकाम सिमकोटका पसलहरुमा महङ्गी भई उपभोग्य सामानहरुको मूल्य वृद्धि भएको छ । विकास निर्माणहरु पाइप, सिमेन्ट, सरिया जस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा निर्माण […]
हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट निर्दोष नदेखिएको भन्दै तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमबार थुनछेक प्रयोजनका लागि भएको सुनुवाइपछि भक्तपुर जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका हुन् । ठगी, […]
जीवन कैला, बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार वोहोराले खाद्यान्न समस्या समाधानका लागि कार्यालयका प्रमुखसंग छलफल गरिएकाे छ । नगर प्रमुख वोहोराले नेपाल खाद्य संस्थान डिपो कार्यालय कोल्टी र नुन डिपोका कर्मचारीसंग खाद्यान्न र नुनको अवस्था वारे जानकारी लिदै समस्या समाधानका लागि छलफल गरिएकाे हो । नेपाल खाद्य संस्थान कोल्टी प्रमुख भीमबहादुर वुढा र […]
धनगढी: आफ्ना सम्पूर्ण उडानहरू काठमाडौँबाट सञ्चालन गर्दै आएको बुद्ध एयरले आजदेखि धनगढीबाट उडान सुरु गरेको छ। बुद्ध एयरले आजदेखि पहिलो उडान धनगढी– काठमाडौँ सुरु गरेको हो। आज पहिलो उडान भर्न हिजै बुद्ध एयरको जहाज धनगढी आइपुगेको थियो। यद्यपि पहिलो दिन आज मौसमको खराबीका कारण ८ बजेर नौ मिनेटमा बुद्ध एयरको जहाजले धनगढीबाट काठमाडौँका लागि उडेको […]
धनगढी: मंगलबार विहान वर्षासहित चट्याङ पर्दा सुदूरपश्चिमका ४ जनाले ज्यान गुमाएका छन्। कञ्चनपुरका ३ र कैलालीका १ जनाको मृत्यु भएको हो। कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ। खेतमा काम गरिरहेका उनको बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीले जनाएको छ। यस्तै पुनर्वासकै एक महिलाले […]
सगरमाथा आधार शिविर हिँडेका भारतिय चिकित्सक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित तेङबोचेको फुंगाथाङ्बाट डा. चन्द्रमोहन शिवनाथ हराएका हुन् । जेठ ५ बाट ३१ वर्षीय चन्द्रमोहन बेपत्ता भएको सोलुखुम्बुका डिएसपी सुनिलजङ्ग शाहले रातोपाटीलाई बताए । जेठ ५ मा नाम्चे बजारको चेक प्वाइन्टमा प्रहरीले डा. चन्द्रमोहन आधार शिविर तर्फ लागेको रेकर्ड राखेको […]
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई नियमित भनेको छ […]
विराटनगर । अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं. ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला […]
बाजुरा । बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन्। जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन्। जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेको पाइएको छ। बुढीनन्दा नगरपालिकाका […]
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह गर्दा समेत भत्ता नपाएको भन्दै उनीहरुले असार १६ गतेसम्म भत्ता उपलब्ध नभए ओपीडी लगायतका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् […]
काठमाडौं । ए डिभिजन क्लब न्युरोड टिम एनआरटीले मलेसियामा हुने टीवाईटी कप फुटबलमा भाग लिने भएको छ । सोमबार बेलुकी ७ बजे मलेसिया प्रस्थान गर्ने टोलीलाई क्लबले बिदाइ गरेको छ । क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीले तयारी राम्रो गरेको भन्दै जितको शुभकामनासहित टिमलाई बिदाइ गरेका छन् । मलेसियामा टीवाईटी कपमा दुई खेल खेलेपछि टोलीले थाईल्यान्डमा […]
धनगढीः कैलालीको स्थानीय तहमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका प्रमुख र उपप्रमुखले रेशम चौधरीलाई भेटेका छन्। कैलालीको चार पालिकाका प्रमुख र तीन पालिकाको उपप्रमुखमा नागरिक उन्मुक्तिका उम्मेदवारहरूले जितेका थिए। निर्वाचन भएको करिब २ महिना पछि सामूहिक रूपमा आज रेशम चौधरीलाई डिल्लीबजारस्थित कारागारमा भेट्न पुगेका हुन्। टिकापुर नगरपालिकाको प्रमुख रामलाल डगौरा, जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी र […]
बाजुराः बाजुराको खप्तड छेडेदह गाउँपालिका- १ काँडाका बीरबहादुर रावलले रोपेको दुई वर्षमै स्याउ फल्न सुरु भएको छ। २०७७ सालको फागुन महिनामा इटालीबाट ल्याएको फुँजी, गाला र गोल्डेन जातको स्याउ लगाएको दुई वर्षमै फल्न सुरु गरेको हो। खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडाका स्थानीय बीरबहादुर रावलले कृषि ज्ञान केन्द्रको अनुदानमा एक हजार तीन सय र […]
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनको विकल्प नभएको बताएका छन् । ‘नेपालमा समाजवाद : चुनौती र सम्भावना’ विषयक अन्तरक्रिया तथा विचार संगोष्ठीमा उनले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएको बताए । ‘पाँच दलीय गठबन्धनले यसलाई जोगाउनुपर्छ । पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता हो,’ उनी भन्छन्, ‘प्रदेश र संघको निर्वाचनमा मिलेर जानुको विकल्प छैन […]
दार्चुलाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्रीवगड र मार्मा गाउँपालिका–४ को तपोवनस्थित तातोपानी क्षेत्रको अवस्थाबारे अध्ययन थालिएको हो । पेरिसका प्रोफेसर फेडरिक पेरियर र खानी तथा भूभार्ग विभागका टेक्निकल असिस्टेन्ट राजेश शर्माले अध्ययन गरेका हुन् । भूकम्पको दृष्टिकोणले पश्चिम नेपालको दार्चुला […]
डोटी । दिपायल सिलगढी नगरपालिका–१ की १५ वर्षीया महिमा (नाम परिवर्तन) स्थानीय गोधरे खोला किनारमा गिट्टी कुट्दै गरेकी भेटिइन् । कक्षा १० मा पढ्दै गरेकी उनी गिट्टी कुट्नुलाई ‘टाइम पास’ बताउँछिन् । ‘गाउँमा खेल्ने ठाउँ छैन, न कुनै मनोरञ्जन गर्ने ठाउँ छ, अनि कहाँ जानु ?’ महिमा भन्छिन्, ‘स्कुलबाट आयो नास्ता खायो, आमालाई गिट्टी कुट्न […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटका विषयमा उठेका प्रश्नलाई लिएर राजीनामा नदिने बताएका छन् । बजेटमाथिको राष्ट्रियसभामा जारी छलफलमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै उनले यस्तो बताएका हुन् । ‘बजेट केही मान्छेलाई अनैतिक लागेर मेरो राजीनामा माग गर्दैमा मैले राजनीनामा दिनु पर्दैन । मेरो निर्णयमा म जवाफदेही छु,’ अर्थ मन्त्री शर्माले भने, ‘बजेट जनता र […]
काठमाडौं । नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभाको बैठक बहिष्कार गरेका छन् । अध्यक्ष गणेश तिमिल्सिनाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री जनार्दन शर्मालाई डाक्ने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् । राष्ट्रिय सभाबाट एमाले सांसदहरु बाहिरिए पनि अर्थमन्त्री शर्मा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणमा […]
धनगढी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा गाडीधनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेका हुन् । महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए । ‘महेन्द्रनगरबाट सँगै ल्याएको थिएँ, यहाँ […]