होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं — १९ औं राष्ट्रिय धान दिवस आज मनाइँदै छ । यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको […]
काठमाडौँ — मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ । शुक्रबारदेखि अहिलेको अवस्थामा तुलनात्मक रुपमा केही सुधार देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएरातिदेखि नै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका केही जिल्लामा अति भारी वर्षा मापन […]
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरणमा अवरोध गर्ने कास्कीको रिठ्ठेपानी डाँडा कटानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र वन विभागबीच सहमति भएको छ । प्राधिरणका प्रवक्ता जगन्नाथ निरौलका अनुसार करिब ६ सय वटा रुख कटानका लागि सहमति भएको हो । प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाएको थियो […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर परीक्षणमा ३८ जना र ९४६ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका […]
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफूले नेतृत्व गरेको पार्टी आज शिलान्यास मात्रै भएको भन्दै उद्घाटन गर्ने बेलासम्ममा नेपाल नै चकित हुने जिकिर गरेका छन् । उनले कम्युनिस्टहरूलाई एक ढिक्का बनाइछाड्ने उद्घोष गरे । ‘अब देख्दै जानुस् मैले जुन पार्टीको आज शिलान्याय गरेको छु, मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुने अवस्था सिर्जना हुनेछ’, […]
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको कुसुन्ती निवासी ५३ वर्षीय माधवप्रसाद तिमल्सिना रहेका छन् । उनलाई मंगलबार ललितपुरकै थसीखेलबाट पक्राउ गरिएको हो । उनले जन्म मिति २०२६-१२-२६ […]
काठमाडौं । कामका लागि स्लोभाकिया पठाइ दिन्छु भन्दै ३ जनासँगबाट ५ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ । पक्राउ पर्नेमा गुल्मीको धुर्कोट घर भई काठमाडौंको समाखुसी बस्ने ३२ वर्षका ईन्द्रबहादुर पछाई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिएका छन् । उनले स्लोभाकिया जानका लागि ९ लाख […]
काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ओमसतिया गाउँपालिका-४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत अनुमान भन्दा कम कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पीसीसी परिमाणमा बढी उल्लेख गरी […]
नागरिक रैबार/बाजुरा १४ असार । बाजुरामा भिरबाट ढुङगा खस्दा विद्यालय गइरहेका एक बालक घाइते भएका छन्। प्रहरीका अनुसार जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका-२ का नर्जन बुढाका ५ वर्षीय छोरा लैजन बुढा घाइते भएका हुन्। सोमबार बिहान विद्यालय गइरहेका उनी भिरबाट खसेको ढुङगाले लागेर घाइते भएका र उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको जिल्ला प्रहरी कार्यालय […]
भक्तपुर । प्रहरीले एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्री रहेका छन् । सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरेको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । […]
चितवन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ भएको बताएका छन् । भरतपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपमहासचिव ज्ञवालीले गठबन्धन सरकार आएदेखि मुलुकले एकपछि अर्को गम्भीर संकटको सामना गरिरहेको टिप्पणी गरे । मुलुक आर्थिक हिसाबले मुलुक अत्यन्त जोखिमको अवस्थामा पुगेको भन्दै उनले भने, ‘अर्थतन्त्रका हरेक सूचकहरुमा रातो बत्ति बलिरहेको […]
महेश कार्की ,बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका सबै सामुदायिक विद्यालयहरुमा र स्वास्थ केन्द्रमा फ्रीरी ईन्टरनेट सेवा जोडन गरिने भएको छ । शिक्षा क्षेत्रको गुणस्तर बढाउन र बिद्यालयलाई विश्वसँग जोडनका लागि इन्टरनेट सेवा जोडन गर्न लागिएको नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताउनु भएको छ । यस भन्दा अगाडी कोल्टी क्षेत्रमा सुबिसु,एडिसल ईन्टरनेट सेवा संचालनमा भए पनि […]
धनगढी । नेकपा एमालेको कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने र दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय हो । प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार जिल्ला कमिटीलाई साउन १५ गतेभित्र अध्यक्षको निर्वाचन गर्न पनि निर्देशन दिइएको छ । अध्यक्ष […]
काठमाडौँ — कारागारमा रहेका कैदी र थुनुवाका लागि अनिवार्य परिचयपत्रको व्यवस्था गरिएको छ । कैदीबन्दीका लागि सरकारले परिचयपत्र लागू गरेको यो पहिलोपटक हो । जेल प्रशासन, कैदी, प्रहरी र बिचौलियाको सेटिङमा ‘कैदी साटफेर’ का घटना बाहिरिन थालेपछि विभागले परिचयपत्रबाट सुधारको पहल गरेको हो । अदालतबाट दोषी ठहर भई कारागारमा सजाय भुक्तानरत र मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका कैदी […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २ गते विज्ञप्ति प्रकाशित गर्दै काठमाडौंमा दुई बिरामीमा हैजा पुष्टि भएको जानकारी दियो । काठमाडौंस्थित बागबजार निवासी एकै परिवारका दुई सदस्यलाई एकैपटक अचानक कडा हैजा देखिएको थियो । उनीहरूले प्रयोग गरेका पानीको नमुनामा कोलिफर्म (इकोलाई संक्रमण) देखिएको पनि सार्वजनिक भइसकेको छ अर्थात् खानेपानीमा दिसा मिसिएको रहेछ भन्ने हो । हैजा […]
काठमाडौं । स्पानिस च्याम्पियन रियल मड्रिडबाट बहिर्गमनपछि ग्यारेथ बेल अमेरिकन क्लब लस एन्जलस एफसीमा अनुबन्धित भएका छन् । एक वर्षका लागि लस एन्जलसमा अनुबन्ध भएका वेल्सका स्टार बेलले आफू त्यहाँ खेल्न उत्साहित रहेको बताएका छन् । वेल्सका कप्तान ३२ वर्षीय बेलले फ्रि एजेन्टका रुपमा लस एन्जलसमा अनुबन्ध भएका हुन् । ‘म लस एन्जलसमा आबद्ध हुँदा […]
जनकपुरधाम । सप्तरीमा गुडिरहेको एक मालबाहक ट्रकमा एक्कासी आगलागी भएको छ । आगलागीले ट्रकको अगाडिको भाग जलेर पूर्ण रुपमा क्षति भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित धकंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ५२६३ नम्बरको ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकको वाइरिङ सर्ट भएर आगलागी […]
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा असंलग्न आन्दोलन संसदीय सञ्जाल (Non Aligned Movement Parliamentary Network ) को सम्मेलनमा सहभागी हुन मंगलबार अजरबैजान गएका छन् । अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार विहान सवा ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो । […]
काठमाडौं । रेलको बाटो गितको सफलता पछि सुरज पंडितको शब्द संगित र स्वर रहेको रेलको बाटो २ (सिंहदरबार) बोलको गित सार्वजनिक भएको छ । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यस गितको भिडियोलाई एक महिनौ समय लगाएत छायांकन गरिएको हो। कर्णाली प्रदेशको जिवन शैलीको कथा दुख संगै राज्यले गर्ने व्यवहारको समेत चित्रण गरिएको छ। अस्मिता सुनार […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । नयाँ पार्टी घोषणा गर्न गौतमले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । मंगलबार दिउँसो ३ बजे रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर उनले नयाँ दलको घोषणा गर्ने एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । […]