होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । राष्ट्रिय युवा संघले केन्द्रीय कमिटीका नेताहरुको कार्य विभाजन टुंग्याएको छ । अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख छ । ४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ । हेर्नुहोस् जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची
धेरै पातलो कपाल भएका मानिसहरूलाई कुनै पनि प्रकारको हेयरस्टाइल बनाउन समस्या हुन्छ । पातलो कपाललाई बेस्सरी बाँध्दा टाउकोको छाला नै देखिन्छ । यदि तपाईं पनि आफ्नो पातलो कपालबाट हैरान हुनुहुन्छ भने यसको उपचार सम्भव छ भन्ने पनि बुझ्नुहोस् । कपाललाई घना र मोटो बनाउनका लागि तपाईं प्याज प्रयोग गर्न सक्नुहुन्छ । प्याजका थुप्रै फाइदा छन् […]
आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा सहभागी हुन नेकपा एमालेले दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार बिहान एमालेका नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १९ बमोजिम आयोगमा दर्ता दर्ताका लागि आवश्यक कागजातसहित निवेदन दिइएको उपमहासचिव […]
काठमाडौं । अमेरिकी सांसद जेनिफर राजकुमारले मिस नेपाल प्रियंकारानी जोशीलाई न्युयोर्कमा सम्मान गरेकी छन् ।नेपाली समाजको रोल मोडल बनेको र बिजुली नपुगेको नेपाली गाउँमा सोलार परियोजना स्थापना गर्ने कार्य थालनी गरेको भन्दै सांसद राजकुमारले सम्मान प्रदान गरेकी हुन् । न्युयोर्क एसेम्बलीअन्तर्गतको डिस्ट्रिक्ट ३८ की सदस्य समेत रहेकी जेनिफरले सम्मानपत्रमा प्रियंकाले व्यावसयिक, सामाजिक र मानवीय कार्यमा […]
पृथ्वीमा रहस्यमय तरिकाले दिन लामो भैरहेको छ । दिनको समय किन बढिरहेको छ भन्ने कुराको कारण वैज्ञानिकहरूले पनि पत्ता लगाउन सकेका छैनन् । यदि दिन लामो हुने प्रक्रिया निरन्तर चलिरहेमा यसले भविष्यमा भयावह स्थिति पैदा गर्नेछ । आणविक घडीको गणनाबाट पृथ्वीमा दिनको समयमा रहस्यमय तरिकाले वृद्धि भैरहेको तथ्य पत्ता लागेको हो । यसले अब केवल […]
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी तालमेल वा गठबन्धन नगर्ने बताएका छन् । मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पुगेका नेता ज्ञवालीले अहिले सत्तारुढ दलले गरेको गठबन्धन मुलुक र लोकतन्त्रका लागि अस्वस्थकर रहेको भन्दै एमाले त्यस्तो गठबन्धनको पक्षमा नरहेको बताएका हुन् । ‘अहिले […]
नेपालमा कोरोना सङ्क्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ । सङ्क्रमण दर बढिरहँदा नमुना परीक्षण दर भने घट्दो छ । साउन १ गते ३ हजार ४१ नमुना परीक्षण गर्दा १३५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साउन २३ गते दैनिक सङ्क्रमितको सङ्ख्या बढेर ९३४ पुगिसक्दा पनि नमुना परीक्षण दर भने जम्मा ५ देखि ६ हजारको आसपासमा […]
धनगढी । कैलाली भन्सार कार्यालयको टोलीले भारतबाट अवैध रुपमा ल्याइरहेको समान बरामद गर्न खोज्दा विवाद भएको छ ।सोमबार राति धनगढी उपमहानगरपालिका–२ का दुई जना महिलाले भारतबाट अवैध रुपमा ल्याएका सुट लगायतका समान भन्सार कार्यालयको गस्ती टोलीले बरामद गर्न खोज्दा विवाद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीका अनुसार […]
काठमाडौं । सांसद लक्ष्मी कुमारी चौधरीले ‘उम्मेदवार नभएर खाली भएको दलित वडा सदस्य पदमा पुनः निर्वाचन गर्ने’ प्रस्ताव राखेकी छन् । दलित सदस्य नभएर खाली भएका कारण उक्त पदमा अल्पसंख्यकलाई उठ्न दिनुपर्ने पनि उनको प्रस्ताव छ । मंगलबार प्रतिनिधिसभामा निर्वाचनमा महिला पुरुषको समान सहभागिता हुनुपर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि समर्थन नजाउने क्रममा उनले यस्तो […]
काठमाडौं । असमान ढंगले तलवमान निर्धारण गरिएको भन्दै असन्तुष्ट नायब सुब्बा (नासु)हरुले कर्मचारीको पोशाक लगाउन र कार्यालय जान मन नलागेको भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई एसएमएस पठाएका छन् । हालै सामाजिक सन्जालहरुमा भाइरल भइरहेको नयाँ तलबमानको विवरणलाई सच्याउन दबाब दिने उद्देश्यले उनीहरुले अर्थमन्त्री शर्मालाई आज एसएमएस पठाएका हुन् । उनीहरुले पठाएको एसएमएसमा लेखिएको छ, ‘मन्त्रीज्यू नमस्कार […]
पशुपंक्षीको दुनियाँमा आमाले आफ्नो सन्तानलाई आफ्नै दूध चुसाउने गर्छन् । तर, मान्छेको संसारमा आमाले आफ्नो सन्तानलाई कृत्रिम धुलो दूध खुवाउँछन् । उनीहरू शिशुको शारीरिक, मानसिक, बौद्धिक, मनोवैज्ञानिक तथा भावनात्मक स्वास्थ्यमाथि खेलवाड गर्छन् । ‘मोर्डन आमाहरू’ शरीर बिग्रिन्छ भनेर बच्चालाई दूध खुवाउँदैनन् । उनीहरू पश्चिमा संस्कृतिको पछि लागेर मोर्डन भइटोपल्छन् । अनि दोष अस्पताल र डाक्टरलाई […]
बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना छात्राहरू बेहोस भएका थिए । उनीहरूको २ घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए । उनले भने, ‘विद्यार्थीहरू एक पछि अर्को हुँदै बेहोस भए । […]
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल आगामी असोज १ सम्म मात्रै कायम रहने भएको छ । निर्वाचन आयोगले आन्तरिक तयारीका लागि आइतबार स्वीकृत गरेको निर्वाचन तालिकामा समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची असोज २ र ३ मा पेस गर्ने उल्लेख छ । कार्यतालिका संशोधन नभए अघिल्लो दिन असोज १ मै प्रतिनिधिसभा र प्रदेशसभाको ५ वर्षे कार्यकाल अन्त्य हुनेछ । आयोगले […]
काठमाडौँ — बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू सोमबार राति तोडफोड गरिएको छ । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर सोमबार राति तोडफोड भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका इन्जिनियर सरकारदिप श्रेष्ठका अनुसार दुई वटा डोजर, एउटा स्काभेटर र १४ वटा टिपरको सिसा राति अज्ञात […]
नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिका अन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो । यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो […]
काठमाडौं । आगामी मंसिर ४ गते तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदै छ ।नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आज मध्याह्न दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय जाने बताइन् । दल दर्ताका लागि उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव […]
काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधि सभाको चुनावमा प्रत्यक्षतर्फ आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव संसदमा अगाडि बढाइँदैछ । मंगलबार प्रतिनिधि सभामा प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको सिटमा आधा महिला उम्मेदवार हुनुपर्ने सम्बन्धी दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ । प्रतिनिधि सभा सदस्य अमृता थापा मगर प्रस्तावक रहेको यो प्रस्तावमा लक्ष्मी […]
परराष्ट्रमन्त्री नारायण खड्का मंगलबार चीन भ्रमणमा जाँदैछन्। मन्त्री खड्का ११ सदस्यीय टोलीको नेतृत्व गर्दै चीनको तीनदिने भ्रमणमा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खड्काको भ्रमण ‘दुई मुलुकबीच विश्वासको वातावरण बढाउन’ केन्द्रित रहनेछ। उनले चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा भेट्ने कार्यक्रम तय भएको छ। चीनका परराष्ट्र मन्त्रीको निम्तोमा मन्त्री खड्का भ्रमणमा […]
डोटी । सुदूरपश्चिम प्रदेशमा सवारी साधन दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या बर्सेनि बढ्दै गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार विगत तीन वर्षमा सवारी दुर्घटनामा परि मृत्यु हुनेहरूको संख्या ४६८ रहेको छ । दुर्घटनामा मृत्यु हुनेहरूमध्ये सवारी ज्यानमा ३८० र सवारीबाट भवितव्यमा परि ज्यान गुमाउने ८८ रहेका छन् । गत आर्थिक वर्षमा […]
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगले गर्ने आन्तरिक कामको कार्यतालिका स्वीकृत गरेको आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए । निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने भएकोले उक्त काम […]