होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
श्रावण शुक्ल पञ्चमीको दिन नाग पञ्चमी अर्थात् नाग वा सर्पको पूजा गर्ने दिन हो । आजको दिन बिहानै उठी स्नान गरी दीप,कलश,गणेश पूजा गरि गोबरको नाग बनाई नागको मानचित्रमा दही,दूबो,कुश, सिन्दुर, चन्दन आदिले पूजा गरि ढोकामा टाँस्नाले सर्प वा नागको भए हुँदैन भन्ने धार्मिक मान्यता रहेकोछ । नागहरू जस्तै अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलि, […]
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो […]
काठमाडौं । साउन अर्थात भक्ति-आराधनाको महीना । शरीर शुद्ध गरेर उपवास बस्ने प्रचलन छ । खासगरी महिलाहरु आफ्ना श्रीमानको दीर्घायु र सु-स्वस्थ्यको कामना गर्दै उपवास बस्छन् । विवाहितको मात्र के कुरा, अविवाहित समेत हुनेवाला श्रीमानका खातिर ब्रत बस्छन्, पूजापाठ गर्छन्, मन्दिर धाउँछन् । तर, के पुरुषहरु पनि यसरी नै श्रीमतीको दीर्घायु र सुखी जीवनको कामना […]
काठमाण्डौ – आज यस वर्षको साउन महिनाको पहिलो सोमवार। हिन्दू महिलाले शिवको पूजा आराधना गरी मनाउँदै छन्। साउने सोमवारका दिन सुदूरपश्चिमका विभिन्न शिवालयहरुमा भक्तजनको भीड लाग्ने गरे पनि कोरोना भाइरसको सङ्क्रमणका कारण शिवालयमा दर्शनार्थीको उपस्थिति न्यून छ। साउने सोमवारको व्रत बसी शिवजीको पूजा आराधना गरे मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। साउनको पहिलो सोमवार […]
२९ असार, बागलुङ । काठेखोला गाउँपालिका-४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग […]
धार्मिकरूपमा महत्वपूर्ण मानिएका मूर्ति चोरी हुने क्रम बढेको छ । आवश्यक संरक्षण अभावमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा तस्कारको आँखा मूर्तिमा लागेका हुन् । डोल्पाको शे–फोक्सुन्डो ताल, धो भ्याली से–गुम्बा, रिबु गुम्बालगायतका गुम्बा पर्यटकका मुख्य आकर्षण हुन् । त्यति मात्र नभई त्यहाँको धर्मसंस्कृति, जीवनशैली पनि पर्यटकको रोजाइ पर्दै आएसँगै त्यहाँका पुराना मूर्तिसमेत असुक्षित बन्दै आएका […]
नेपाली समाजलाई विभाजित गराएर द्वन्द्वमा धकेल्दै पछौटे बनाएको हिन्दु वर्ण र जात व्यवस्थामा आधारित जातीय विभेद र छुवाछुत दलित जनताको निरन्तर प्रतिरोध र बलिदानपूर्ण संघर्षका कारण राज्यले सम्बोधन गर्नुपर्ने तहमा आयो । र २०६२–६३ को जनआन्दोलनको बलमा पुनःस्थापित संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र र सरकारले छुवाछुत उन्मूलन राष्ट्रिय दिवस घोषणा गर्यो । शान्ति, विकास, सामाजिक न्याय, समानता स्थापित […]
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले राससलाई जानकारी दिनुभयो । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर […]
२६ फागुन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल बढेको छ । महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम जारी छ । मंगलबार बेलुकासम्म तीन हजार बढी साधुसन्त पशुपति क्षेत्रमा आइसकेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ । स्थलमार्गबाट आउने सीमानाकामा कडाइ जारी रहेकाले साधुसन्तको संख्या यस वर्ष कम हुने […]
सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बुधबार सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको भूमि व्यवस्थामन्त्री शिवमाया तुम्बाहाङ्फेले बताइन। सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो।
दैलेख : ६ वर्षअघि दैलेख पश्चिममा छाउगोठ भत्काउने अभियान जोडतोडका साथ चल्यो। गैरसरकारी संघसंस्थाको अगुवाईमा सरकारी निकायका साथै स्वंम समुदाय पनि अभियानमा सरिक भए। त्यसबेला जिल्लाका सात गाविस छाउगोठमुक्त घोषणा गरिए। तै पनि जिल्लाका महिलाहरू छाउगोठमा बस्न छाडेनन्। अभियान सकियो। गोठहरू फेरि ठडिन थाले। अलग्गै बस्ने, सार्वजनिक पधेंरा प्रयोग गर्न नपाउने, दूध खान नपाउने, फलफूलका विरुवा […]
१५ माघ, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको […]
८ माघ, काठमाडौं । काठमाडौंको सेतो मत्स्येन्द्रनाथलाई बिहीबार महास्नान गराइँदै छ । काठमाडौंको केलटोलस्थित जन बहाः कनकचैत्य महाविहारमा बिहीबार अपराह्न स्नान गराउने तयारी रहेको तलेजुका पुजारी उद्धव कर्माचार्यले जानकारी दिए । हिन्दूहरुले हरिहरका रूपमा र बौद्धहरूले आर्यावलोकितेश्वरका रूपमा पूजा गर्ने सेतो मत्स्येन्द्रनाथलाई हरेक वर्षको पौष शुक्ल अष्टमीको दिन महास्नान गराउने चलन छ । सामान्यतया […]
सप्तरी, ६ माघ । बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हनुमाननगर कंकालिनि नगरपालिका–१४ रामपुरमा बाल विवाह गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना सोमबार बेलुका पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा सोही नगरपालिका बस्ने १५ वर्षीया बेहुली, तिरहुत गाउँपालिकाका बेहुला ४३ वर्षीय बिनोद सुतियार, विवाह […]
आज माघ ३ गते सुदूरपश्चिम प्रदेशवासीको अर्को प्रमुख चाड उत्तरायणी पर्व शुरु भएको छ । यहाँका नौवटै जिल्लाका महिलाले बिहानैदेखि उक्त पर्व मनाउन थालेका छन् । विषेशगरी यो पर्व सुदूरपश्चिममा महिलाले मनाउने चलन रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, डोटी, बैतडी तथा दाुर्चलाका गाउँघर तथा बजारमा रहेका स्थानीयवासी सबै आ–आफ्नो पायक […]
नागरिक रैबार/बाजुरा १ माघ। चर्चित एरेन्जर विनोद बाजुराली र रेखा जोशीको स्वरमा ‘नबाड्याकी ठ्याउकी’ बोलको ठट्याउली गीत सार्वजनिक भएको छ । गीतका गायक समेत रहेका बाजुरालीकै लय, शव्द, स्वर र एरेन्जमा तयार भहेको उक्त गीत विहिबार शुभारम्भ डिजिटल म्युजिक प्रालिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । आफ्नो जन्म दिनको अवसर पारेर उक्त गीत आज […]
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् […]
नागरिक रैबार/बाजुरा २९ पुस। बाजुरा जिल्लाका विभिन्न ठाउँमा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्वमा यो वर्ष भने खासै रौनकता देखिएन् । पञ्चेबाजाका साथमा पुसे औँसीबाट सुरु हुने यो पर्व यस वर्षमा भने पुसको अन्तिम सातामा सूरु भएपछि यसको खासै रौनकता नदेखिएको हो । पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो […]
नुवाकोट, २७ पुष । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । जिल्लामा गोरु जुधाउने चर्चित स्थान तारकेश्वर गाउँपालिका–३ तारुकामा सबैभन्दा धेरै १७ हल गोरु जुधाइने छ । विदुरमा आज आयोजित पत्रकार सम्मेलनमा मेला आयोजक समितिका […]
डोटेली लोकसंस्कृतिमा एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व आज सुदूरपश्चि प्रदेशमा उल्लासपूर्वक मनाइँँदैछ । डोटेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रुपमा चर्चित रहेको छ । पुस १५ को रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा […]