होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। […]
कञ्चनपुर: सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ।भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने गौरा पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ। आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले […]
काठमाडौँ – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन […]
काठमाण्डौ – हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् […]
नागरिक रैबार/बाजुरा ३१ साउन।बाजुराको त्रिवेणी नगरपालिकाले भदौ २ गतेका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकामा साउन २४ गते बसेको बैठकले भदौ २ गते आईतबारका दिन सार्वजकि विदा दिने निर्णय गरेको हो । नगरपालिकास्थित नेपालकै प्रसिद्ध पर्यटकीय तिर्थ स्थल तथा धार्मिक आस्थाको धरोहर बडीमालिका माताको मन्दिरमा पुजा हुने भएकोले भदौ २ गतेका दिन […]
जुम्ला – जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिकातर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली शुक्रबार प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौं भक्तजनको टोली बडिमालिका प्रस्थान […]
धनगढीः सुदूरपश्चिममा पाँच वर्षको अवधिमा छाउपडी गोठमा बस्नुपरेकै कारण आठ महिलाले ज्यान गुमाएका छन्। छाउपडी प्रथाले सुदूरपश्चिममा सबभन्दा कसिलो जरो गाडेको छ। थुप्रै सचेतना अभियान चलाइएका भए पनि महिलालाई कष्ट बेहोर्न बाध्य पार्ने यो चलन अझै हट्न सकेको छैन। छाउपडी प्रथालाइ न्यूनीकरण गर्न थुप्रै अभ्यास भने नभएका होइनन्। तर जे जति लगानी गरियो, त्यसअनुसार प्रतिफल […]
गुल्मी । मदाने गाउँपालिका-१ अग्लुङमा उमेर पुगेपछि विवाह गर्ने जोडी र गाउँमै बसेर सासू-ससुराको हेरचाह गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका जोडी र असल छोरीबुहारीलाई सम्मान गरिएको वडाध्यक्ष सुशील चन्दले बताए । ‘विवाहवारी बीस वर्ष पारी’ भन्ने मुख्य उद्देश्यका साथ बालविवाह […]
डोटीः होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ। केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन्। केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले पानी किन छोएको भन्दै धामीले थप्पड हानेका थिए। ६० वर्षीय धामीविरुद्ध जातीय छुवाछुत तथा विभेद गरेको आरोपमा पीडित पक्ष न्यायका लागि प्रहरी […]
काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका हुन् । राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका […]
नागरिक रैबार। बाजुराको बुढीगंगा नगरपालिका–५ लाई वालबिबाह मुक्त तथा महिनावारी स्वच्छता व्यवस्थापन मैत्री वडा घोषणा गरिएको छ । समाजमा कुसंस्कार र कुरितीको रुपमा रहेका वालविवाह र महिनावारी विभेदको अन्त्य गर्नका लागि वडालाई शुुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर वालबिबाह मुक्त तथा महिनावारी स्वच्छता व्यवस्थापन मैत्री वडा घोषणा गरिएको हो । वडा घोषणा गर्नका लागी विगत लामो […]
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार बिहान १०: ५१ बजे शुभ रहेको जनाएको छ। भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिए। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको […]
राजेन्द्र विक बाजुरा,१५कार्तिक बडीमालिका नगरपालिका-५ मनामा यहि कार्तिक १६ गते बडा दशैं मेला लाग्ने भएको छ । पन्चमीको द अवसरमा लाग्ने मेलामा चर्चित देउडा खेलाडी शंकर मल्ल र चरित्रा शाहि बिच देउडा प्रतियोगिता हुने देउडा ब्यबस्थापक एवम् कलाकार छत्र साउंदले बताएका छन्। देउडा १७ गते बिहान बाट शुरु भइ दिनभर संचालन हुने हुँदा मेलालाई सभ्य […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। बडीमालिका नगरपालिका-५ मनामा यहि कार्तिक १६ गते बडा दशैं मेला लाग्ने भएको छ । पन्चमीको दिनको अवसरमा मना गाउँमा लाग्ने बडा दशैं मेलामा पुजाआजा र मेलालाई सभ्य भव्य र मर्यादित सफल बनाउन वडाले व्यापक तयारी गरेको छ । मेला लाग्ने दिन वडा भित्र मदिरा विक्रि वितरण, मदिरा सेवन र जुवातास जस्ता […]
नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैं सकिन्छ। शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने […]
काठमाडौं : आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदैछ। नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार टीकाको शुभ साइत आज बिहान ११:०२ बजे रहेको छ। विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ। त्यस्तै […]
काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैँमा शुभ दिन भएकाले […]
काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवती (सिद्धिदात्री)को विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना […]
काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।आजको दिन […]