होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
६ कात्तिक, काठमाडौं । आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मावलम्बीहरूले कात्यायनीदेवीको पूजा गरेर मनाउँदैछन् । कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीकको रुपमा वर्णन गरिएको छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता […]
धनगढी, कात्तिक ५ गते । गोविन्द विक प्रहरी सेवामा प्रवेश गरेको धेरै भएको थिएन । २०७४ मा प्रहरी सहायक निरीक्षकमा नाम निकाल्ने २८ वर्षीय उहाँ दलित समुदायकै पहिलो व्यक्ति हुनुहुन्थ्यो । विकको सफलताले परिवार मात्रै खुसी थिएन । सिङ्गो दलित समुदाय नै गर्वले गद्गद् थियो । राम्रो काम गरेर राष्ट्र सेवाको छोटो अवधिमै जनताको मन जित्नुभएको थियो, उहाँले । त्यही कारण […]
४ कात्तिक, काठमाडौं । यो वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ । यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने उल्लेख […]
धनगढीः दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । यी देवी उष्ण […]
३ कात्तिक, काठमाडौं । सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट सहुलियत मूल्यमा खसी–बोका बिक्री सुरु गरेको छ । दशैंलाई लक्षित गरी थापाथलीस्थित बिक्री केन्द्रबाट सोमबार बिहान ८ बजेदेखि खसी–बोका बिक्री सुरु गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिइन् । कम्पनीको आइतबार बसेको बैठकले जिउँदो खसी तथा बोका प्रतिकिलो ५६० रुपैयाँ तोकेको छ […]
नुवाकोट — नुवाकोटको ऐतिहासिक बेलकोटगढीमा यस वर्ष वडादसैंको लागि ब्राह्मण र दलित समुदायको जमरा एकैस्थानमा राखेका छन्। सदियौंदेखिको दलित र ब्राह्मण समुदायको पानी नचल्ने परम्परा तोड्दै यस वर्ष नुवाकोटको पुर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवतीको मन्दिरमा घटस्थापनाको दिन शनिबार सामूहिक जमरा राख्ने परम्परालाई स्थानीय ब्राह्मण, क्षेत्री, नेवार, मगर, घर्र्ती, जनजाती तथा दलित समुदायका […]
१ कात्तिक, काठमाडौं । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी […]
काठमाडौँ — कोरोना भाइरसको फैलिँदो संक्रमणलाई ख्याल गर्दै विभिन्न मन्त्रालयका सचिवहरूले सरकारलाई यस पटक घटस्थापना (कात्तिक १ गते) देखि नै सरकारी कार्यालय बन्द गर्न सुझाव दिएका छन् । सरकारको नियमित दसैं बिदा भने कात्तिक ७ गते (फूलपाती) देखि कात्तिक ११ गतेसम्म मात्र छ । मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारदेखि प्रधानमन्त्री निवास बालुवाटार, कोभिड–१९ विपद् व्यवस्थापन […]
नेपाली समाजमा गोत्र र थरजस्ता विषयमा अझै पनि काफी हदसम्म भ्रम र अन्योल छ । यसो हुनुको पछाडि मूलतः दुईवटा कारणले भूमिका खेलेको देखिन्छ । एक, नेपाली समाज एउटै सभ्यता र परम्पराको समाज होइन, बरु विश्वमा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित मंगोल, मस्टोपूजक खस, वैदिक आर्य, द्रविड र इस्लाम गरी पाँच महासभ्यताको संगम भएको समाज […]
✍धनु विश्वकर्मा। संस्कार र संरचनामाथिको प्रश्न? समाज र स्वअस्तित्वमाथिको प्रश्न? इज्जत र यौनमाथिको प्रश्न? नर र नारीमाथिको प्रश्न? अहो! प्रश्नै प्रश्नमाथिको रथयात्रामा सवार छन् महिलाहरू। नारी सृष्टिकर्ता हुन्। नारी सिङ्गो मानव जातिको कोमल सर्जक हुन्। नारी संसारकै सुन्दर गहना हुन्। नर भएरै नारी र नारी भएरै नर हो। महिला र पुरुष एक रथको दुई पाङ्ग्रा […]
काठमाडौँ – कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । आजकै दिन नेपालमा अमृत क्याम्पस (अस्कल) का संस्थापक अमृतप्रसाद प्रधानको […]
गाउँपालिका–५ फोक्सिङ्गका नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेबापत् न्यायाधीश राधाकृष्ण उप्रेतिको ईजालासले ३ महिना जेल सजायको फैसला गरेको हो । काउछा मगरले गत जेठ २३ गते दिउँसो मलामी गएर फर्किने क्रममा अविरल वर्षा भएको बेला उनको घरमा ओत लाग्न पुगेका स्थानीय श्याम नेपाली परियारलाई घरभित्र पसेको आरोप लगाउदै पञ्चायती शैलीमा गाउँमै कारवाही गरिएको […]
२५ भदौ, काठमाडौं । तीन दिनसम्म मनाइने मिथिला क्षेत्रको पवित्र पर्व जितियाको आज मुख्य दिन हो । थारु समुदायले पनि उत्तिकै महत्वका साथ मनाउने यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने यो पर्वमा यस वर्ष कोरोनाको प्रकोपका कारण खासै उल्लास छैन […]
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताएका छन् । पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उनले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सदभाव र सुदृढ […]
वि.सं.२०७७ साल भाद्र २५ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष । तिथि–अष्टमी,४२ घडी ३३ पला,बेलुकी १० बजेर ४८ मिनेट उप्रान्त नवमी । नक्षत्र–रोहिणी,१२ घडी ११ पला,बिहान १० बजेर ३९ मिनेट उप्रान्त मृगशिरा । […]
काठमाडौं : ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो। ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग स्थानीयको झडप भएपछि कर्फ्यू आदेश जारी गरेको महानगरीय प्रहरी परिसरका प्रमुख टेक प्रसाद राईले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। निषेधाज्ञाबीच स्थानीय युवाहरुले […]
आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष अर्थात् सोह्र श्राद्ध आजबाट सुरु भएको छ । पितृपक्षको सोह्रवटा तिथिमा दिवंगत पितृको नाममा तर्पण दिने, सिदा दान र पिण्ड दान गरिन्छ । चाडपर्व यज्ञ तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले […]
काठमाडौँ — नेपालको सुदूरपश्चिम प्रदेशमा गौरा पर्व विशेष उल्लासका साथ मनाइन्छ । महिलाहरूले गौरादेवीको अर्थात शिव र पावतीको प्रतिमालाई टाउको राखेर नाच्ने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । पछिल्ला वर्षहरुमा काठमाडौंकै टुँडिखेलमा धुमधामका साथ मनाउने गरिएको गौरा पर्व यसपालि भने कोरोनाका कारण टुँडिखेलमा मनाइएन । गौरा पर्वको अवसरमा काठमाडौंको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गर्दै यसले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गरी आएको बताएका छन् । सो पर्वका अवसरमा आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएको महिलालाई जन्मस्रोतकी देवीका रुपमा […]
धनगढी : सुदूरपश्चिममा मनाइने गौरा पर्वको आज मुख्य दिन, गौराष्टमी अर्थात दुर्वाष्टमी मनाइदैछ। पूजनका हिसाबले आज गौरापर्वको अन्तिम र महत्वपूर्ण दिन हो। हिजो अमुक्ताभरण सप्तमीका दिन गौराघरमा भित्र्याइएको गौरालाई आज ब्रतालु महिलाहरूले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ। आजको दिनमा लौकिक मान्यता अनुसार गौराकी सौताका रूपमा ’सञ्ज्या’ लाई ल्याउने गरिन्छ। ’दूर्बा’ अर्थात् दुबोको पूजा […]