होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक १४, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाज
  • गोत्र र थरकै आधारमा विभेद् किन ?
समाज

गोत्र र थरकै आधारमा विभेद् किन ?

  • नागरिक रैबार
गोत्र र थरकै आधारमा विभेद् किन ?

नेपाली समाजमा गोत्र र थरजस्ता विषयमा अझै पनि काफी हदसम्म भ्रम र अन्योल छ । यसो हुनुको पछाडि मूलतः दुईवटा कारणले भूमिका खेलेको देखिन्छ । एक, नेपाली समाज एउटै सभ्यता र परम्पराको समाज होइन, बरु विश्वमा पाँच हजार वर्षभन्दा अघिदेखि विकसित मंगोल, मस्टोपूजक खस, वैदिक आर्य, द्रविड र इस्लाम गरी पाँच महासभ्यताको संगम भएको समाज हो ।

यी फरक फरक पाँच महासभ्यतासँग सम्बन्धित दर्जनौं जाति र समुदायका आआफ्नै वंश परम्परा, आआफ्नै पुर्खासम्बन्धी विश्वास र जीवन दृष्टिकोण छन् ।एउटा जाति वा समुदायका गोत्र, थर, वंशावली वा पुर्खासम्बन्धी दृष्टिकोणबारे अर्को जाति वा समुदायलाई ज्ञान हुँदैन वा अत्यन्तै कम हुन्छ ।

गोत्र, थर, वंश परम्पराजस्ता विषयमा एक समुदायले अर्को समुदायसँग अन्तरक्रिया नगरी नहुने स्थिति जनजीवनमा अत्यन्त कम अवस्थामा मात्र आउने भएकाले पनि त्यस्तो अर्को समुदायबारे अनभिज्ञता रहन मद्दत पुग्छ । दुई, लामो समयदेखि पहाडिया कथित हिन्दु उच्च जातीय दृष्टिकोण र मूल्यमान्यता लादिनाले यस्तो भ्रम जन्मिन पुग्यो कि, उनीहरूको मात्रै व्यवस्थित गोत्र, सम्मानित थर र वंश परम्परा हुन्छ ।

विज्ञापन

राज्यको यस्तो गलत हस्तक्षेपकारी नीतिका कारण उत्पीडितहरूका त्यस्ता विषयमा भने जानकारी लिन अरूलाई वास्तै नहुने, उनीहरूका थर-गोत्र सुन्दा पनि असभ्य कमसल परिचय लाग्ने मनोविज्ञान बन्न पुग्यो । सँगसँगै उत्पीडितहरूलाई थर लेख्न नदिने, थर नै फेरेर लेख्न बाध्य पार्ने काम निरन्तर हुँदै आए । यस्तो दुश्चक्रबीच जनजाति, दलित, मुस्लिम समुदायकाले पनि आफ्नो गोत्र, थर, वंश परम्परालाई गर्वका साथ भन्न मन नलाग्ने, हीनताबोध हुने वा कम्तीमा आफैंभित्र मात्र चुपचाप अभ्यास गरिरहने दुर्भाग्यपूणर् परिघटना घट्दै आयो ।

प्रसिद्ध समाजशास्त्री लुइस मोर्गनका अनुसार आदिम समाजमा गोत्र भन्नाले एउटै हजुरआमाका सन्ततिहरूको मानव झुन्ड हो । त्यसपछिको मानव समाज पितृसत्तात्मक भई सात हजार वर्षभन्दा बढी लामो यात्रा गर्ने क्रममा सयौं जाति र हजारौं उपजातिमा विभक्त भइसकेको छ । त्यसैले गोत्रको त्यो शैशवकालीन अवस्था आज जस्ताको तस्तै छैन । अर्को कुरा, मानवशास्त्रीहरूले भनेझैं अब कुनै पनि जातिमा रक्तशुद्धता भन्ने बाँकी छैन् ।

छ्यासमिस भइसकेको छ । त्यसैले गोत्र वा थरहरूबारे छलफल अब रक्तशुद्धता वा वंशीय श्रेष्ठताका निम्ति गरिनु हास्यास्पद विषय हुन पुग्छ । गोत्र वा थर बढीमा विवाह गर्दा नजिकको वंशमा खप्टिन नपुगोस् भन्नका लागि मात्र उपयोग भइरहेको छ ।भविष्यमा थरहरू केवल व्यक्तिको परिचयमा मात्र सीमित हुने स्थिति स्पष्ट देख्न सकिन्छ ।

यसर्थ, आज गोत्र र थरहरूको अध्ययन आफ्ना पुरुष पूर्वजको लहरो पहिल्याउनेसम्मको काम मात्र हो । नेपालमा गोत्र र थरजस्ता विषयलाई पनि उत्पीडन निर्माणका कलपुर्जा बनाइएकाले उत्पीडित समुदायहरूले यी विषयका यथार्थलाई पनि सतहमा ल्याएर समता र अधिकारको लडाइँको अंग बनाउनु भने अवश्य पर्छ । कुनै पनि मानव समुदाय अर्कोभन्दा कमसल होइन भनी पुष्टि गर्न यस्ता विषयले पनि गम्भीर महत्व राख्छन् ।

हिन्दु समाजको गोत्र परम्परा वास्तवमा कथित हिन्दु उच्च जातीय गोत्र परम्परा हो किनकि त्यसभित्र अरूलाई समावेश गरिन्न । ती गोत्र भनेका ऋषिहरूका नाम हुन् अर्थात् ऋषिहरूका सन्तानहरू नै हिन्दु उच्च जात हुन् भन्ने दाबी त्यसमा पाइन्छ । हिन्दु उच्च जातीय गोत्र वास्तवमा हिन्दु वणर् व्यवस्थामा आधारित जातीय श्रेष्ठता कायम गर्न निर्मित मिथक मात्र हुन्, मानव समाजको सभ्यताको शैशवकालीन एउटै वंश परम्परामा आधारित गोत्रको निरन्तरता होइन तर नेपालको हिन्दु समाजमा आर्य-खसभित्रका दलितको गोत्र चाहिँ कल्पित मिथकभन्दा बढी वंश परम्पराको ठोस त्यान्द्रोलाई संकेत गर्ने खालका छन् ।

आर्य-खसभित्रका दलितका मूलतः तीन गोत्र छन्- कासी, कोशल वा कौशल्य र कासीकोशल । कासी खस जातिको एउटा शाखाको प्राचीन नाम हो, जसलाई छागल पनि भनिन्थ्यो । त्यसैगरी कोशल पनि खसभित्रको अर्को जाति छागको नाम हो । गौतम बुद्धकालमा भारतवर्षमा भएका सोह्र महाजनपदमध्ये दुइटा कासी र कोशल थिए भन्ने तथ्यले पनि कासी र कोशल शब्दले प्राचीन पुर्खा नै जनाउँछन् भनी पुष्टि गर्छ ।
यसरी हेर्दा आर्य-खसभित्रको ‘अछूत’ वा पुहुनी गोत्रले बढी वंश परम्पराको त्यान्द्रो समातेको देखिन्छ । यी गोत्र ब्राह्मणमा नहुनु र खसबाट हिन्दु बनाइएका केही क्षत्रीमा चाहिँ पाइनुले पनि यी गोत्र खस वंश परम्परालाई संकेत गर्ने स्तरका हुन् । त्यसैगरी आर्य-खसभित्रका दलितको प्रवर हुँदैन जुन ऋषिकै नाम हो, बरु शाखा हुन्छ- ब्रह्म शाखा, उदिमा शाखा, साई शाखा आदि ।

गोत्रसँगै आर्य-खस दलितहरूमा शाखा पनि भन्ने चलनले शाखा प्राचीन खसहरूका विभिन्न यात्री झुन्डलाई संकेत गर्ने परिचय बुझिन्छ, जुन वैदिक गोत्र प्रणालीमा पाईन्न । थर वास्तवमा निश्चित व्यक्तिको पारिवारिक परिचय हो । पितृसत्तात्मक परिपाटीका कारण थर यथार्थमा पुरुष वंशगत लहराका रूपमा एक पुस्ताबाट अर्को पुस्तामा जाने गरेको छ । नेपालमा एउटै थरभित्र विवाह गर्नै नहुने, आफ्नै थरभित्र मात्र विवाह गर्न मिल्नेदेखि थरलाई नामसँगै जोडेर भन्ने परम्परा नै नभएका जातिसम्म बस्छन् ।

नेपालका हिन्दुहरूमा सामान्यतः कुलको अर्थ बोकेका एउटै थरका बीच विवाह हुँदैन । नेवारमा एउटै थरभित्र मात्र विवाह हुन्छ । हिमाली जातिमा नामसँगै थर भन्ने परम्परा नै थिएन तर नामसँगै थर भन्ने अरूसँगको अन्तरक्रियाले गर्दा उनीहरूले पनि नामसँगै थर लेख्न थालेका छन् ।

जनजाति र मुस्लिम समुदायमा पनि थरले महत्त्वपूणर् स्थान ओगटेकै छ । त्यसैले नेपालमा रहेका फरक फरक समुदायका निम्ति थरको अर्थ र उपादेयता फरकफरक हुन्छ भन्ने कुरालाई ध्यानमा राख्न जरुरी छ । थरहरू विभिन्न विषयसम्बद्ध हुन्छन् । उद्गमस्थानसँग सम्बन्धित, जस्तै- दुल्लुबाट हिँडेका दुलाल । पेसासँग सम्बन्धित, जस्तै— प्रशासनको काम गर्ने कार्की ।

पदसँग सम्बन्धित, जस्तै- अमात्य, राय, सुब्बा । पदवीसँग सम्बन्धित, जस्तै- आचल आधारमा कसरी चिन्ने ? किरात राई या राय दुवै पदीय थर हुन्, जुन दनुवार, किरात, यादव र क्षत्रीमा हुन्छ । अब कसरी छुट्याउने ? बुढाथोकी मगर, कामी, क्षत्री हुन्छन् । अब थरका आधारमा कसरी किटान गर्ने ? पौडेल उपाध्याय ब्राह्मणदेखि बादीसम्म हुन्छन् । राउत थर पहाडिया क्षत्री, मधेसी वैश्य, मधेसी दलित र मुस्लिमसम्मको हुन्छ । कसरी जात छुट्याउने ?

तसर्थ, थरहरूका आधारमा मात्र नेपालमा जाति वा जात प्रस्ट हुन्छ भन्ने बुझाइ नै गलत छ, जसलाई फेर्नु अवश्यम्भावी छ । नेपालमा जाति वा जात जान्न वा खुलाउन खोज्दा थर मात्र भनेर पुग्दैन, बरु जाति वा जात वा समुदाय पनि अनिवार्य रूपमा खुलाउनुपर्ने हुन्छ । थरका आधारमा मात्र व्यक्तिको सम्पूणर् परिचय खुल्ने अवस्था नेपालमा छैन । गोत्र थर जात भनेर मान्छे लाई भ्रममा राख्नु दुखत कुरा हो।

लेखक शार्की नागरिक रैबारका नियमित स्तम्भकार हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार