होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२४ बैशाख, बर्दिवास धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा एक बालकको घाँटी रेटेर हत्या भएको छ । मिथिला नगरपालिका ६ बस्ने शम्भु साहको दुई वर्षीय छोरा आर्यन साहको हत्या भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । आर्यन सोमबारदेखि हराइरहेका थिए । आफन्त र प्रहरीले समेत उनको खोजी गरिरहेका थिए । मंगलबार बिहान आफ्नै घरको पछाडि […]
२५ वैशाख, वीरगञ्ज पर्सा जिल्ला अदालतको अन्तरिम संरक्षणात्मक आदेशपछि घरको ताल्चा फोडेर गृह प्रवेश गरेकी ३१ वर्षीया डा. निलम कुमारी साहले आफू असुरक्षित भएको बताएकी छन् । उनी सुरक्षाकर्मी र अधिकारकर्मीको रोहबरमा १६ वैशाखमा ताल्चा फोडेर वीरगञ्ज महानगरपालिका- ६ स्थित ससुरा गम्भिरा साहको घरमा पसेकी थिइन् । त्यसयता उनी बाहिर निस्किएकी छैनन् । शनिबार सासु, […]
२५ वैशाख, वीरगञ्ज आँधी प्रभावित बाराको फेटा गाउँपालिका-१ टोल भरवलीया कम्बल र भाँडा वितरण गरिएको छ । एआईपीपी थाइल्याण्डको सहयोगमा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ बुद्धनगर काठमाडौंकोले राहत वितरण गरेको हो । आँधी प्रभावित ४ सय परिवारलाई प्रतिपरिवार एउटा कम्बल र डेक्ची वितरण गरिएको राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझीले जानकारी दिइन् । […]
२५ बैशाख, वीरगञ्ज वैशाख २१ गते उपप्रधानमन्त्रीहरु ईश्वर पोखरेल र उपेन्द्र यादव तथा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरुले आँधी प्रभावित बारा र पर्साका बासिन्दाको घर निर्माणको शिलान्यास गरे । सेनाले प्रभावित क्षेत्रमा दुई वटा कोठा, भान्साकोठा र शौचालयसहितको घर बनाउनेछ । तर फेटा गाउँपालिका ६ पुरैनियाका अइनुल हक मियाँ अन्सारी र फिरोज […]
२५ वैशाख, काठमाडाैं प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले पहिलेको जस्तो पहुँचका आधारमा बलात्कार, अत्याचारका विषयमा प्रहरीले मिलापत्र गराउँछ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । उनले प्रहरी संगठन भित्र कारबाही मात्र नभइ पुरस्कृत पनि गरिएको भन्दै राम्रालाई सम्मान पनि गर्ने संस्कारको विकास गरेको बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षको उद्घाटन पछि बोल्दै आईजीपी […]
२५ वैशाख, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राष्ट्रपतिलाई बेलायतीको महारानी जस्तै बनाउन खोजेको आरोप लगाएका छन् । कांग्रेसको राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन सुरु भइसकेको पनि अहिले तोडिएकोमा आपत्ति जनाए । उनले भने, ‘राष्ट्रपतिले मेरो सरकार भनिन् । यो भन्दा अगाडि अघिल्लो वर्ष मेरो सरकार भनेकी […]
२५ वैशाख, रामेछाप नेपालको तेह्रथुम, ताप्लेजुङ र संंखुवासभाको सिमानमा पर्ने मिल्के–तीनजुरे– जलजले क्षेत्रलाई गुराँसको राजधानी मानिन्छ । सो क्षेत्रमा २८ भन्दा बढी प्रजातिका गुराँसका फूलहरु पाइने बताइन्छ । मिल्के क्षेत्रमात्र हैन नेपालका उच्च पहाडी भागहरुमा सिजनमा विभिन्न प्रजातिका गुराँसका फूलहरु ढकमक्क फुल्ने गर्दछन् । मिल्केकै जस्तो रामेछाप जिल्लाका उच्च पहाडी क्षेत्र पनि गुराँस पर्यटनको राम्रो […]
२५ वैशाख, गुल्मी गुल्मीमा ७४ वर्षीया सुन्तलीले नागरिता पाएकी छन् । मालिका गाउँपालिका-२ छापहिलो निवासी बस्नेतले जिल्ला प्रशासन कार्यालय गुल्मीले अर्खाबाङमा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट नागरिता लिएकी हुन् । बस्नेतलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, गाउँपालिका अध्यक्ष रितबहादुर थापालगायतले संयुक्तरुपमा नागरिकता हस्तान्तरण गरे । नागरिता लिन उनका श्रीमान इन्द्रबहादुर बस्नेतले सनाखत गरेका थिए […]
२५ वैशाख, काठमाडौं व्यक्तिको नाममा गएको आठ कठ्ठा १० धुर जग्गा ३० वर्षपछि सरकारको नाममा फिर्ता ल्याइएको छ । प्रदेश २ को राजधानी जनकपुरस्थित रेलवे विभागको नाममा रहेको जग्गा एक राइस मिलले आफ्नो बनाएको थियो । वि. सं. २०४५ सालतिर रेलवेको आठ कठ्ठा १० धुर जग्गा जानकी राइस एण्ड आयल मिलले गलत नापी गराएर आफ्नो […]
२५ वैशाख, हुम्ला साविक कर्णालीलगायतका हिमाली जिल्लामा सरकारले दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई २० किलो चामल हुम्लामा प्रभावकारी बन्दै गएको छ । गत साउनदेखि वैशाख १५ गतेसम्म जन्ममा २५० लाई २० किलोका दरले ५० क्विन्टल चामल वितरण गरेको नेपाल खाद्य संस्थान, हुम्ला शाखाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए । मृत्यु भएका १०३ लाई […]
२५ वैशाख, लहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गएराति १ जनाको ज्यान गएको छ । चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो । मल्हनियाँचोकमा बिग्रिएर रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल […]
२५ वैशाख,दार्चुला दार्चुलाको सदरमुकाम खलंगा क्षेत्रमा सामुदायिक विद्यालयहरुले विद्यार्थीहरुबाट शुल्क लिने गरेको पाइएको छ । महेन्द्र नमूना माध्यामिक विद्यालयले अभिभावक सहयोगको नाममा विद्यार्थीहरुबाट शुल्क लिने गरेको हो । विद्यालयले प्रतिविद्यार्थी एक सय देखि ६५० रुपैयाँसम्म अभिभावक शुल्क लिने गरेको छ । अभिभावकहरुको सहमतिमा विद्यालय सञ्चालनका लागि अभिभावक सहयोग लिने गरेको प्रधानाध्यापक रामदत्त जोशीले बताए । […]
२५ वैशाख, पोखरा पोखरा महानगरको ल्यान्डफिल्ड साइटमा काम गर्दै अध्ययनखर्च जुटाइरहेकी मीना घर्तीमगरको सम्पूर्ण पढाइ खर्च गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्येहोर्ने भएका छन् । मुख्यमन्त्री गुरुङले बुधबार आफ्नै निवासमा डाकेर मीनाको सम्पूर्ण खर्च ब्यहोर्ने बताएका हुन् । वैशाख १८ गते विश्व श्रमिक मजदुर दिवसका अवसरमा नारी जागरण अभियानले मीनासहित ५ जना श्रमिकलाई सम्मान गरेको […]
काठमाडौं वैशाख २५- सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ। ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ।
वैशाख १९ धरान : बराह डिपार्टमेन्ट स्टोरले धनकुटाको पर्यटकीय नगरी भेडेटारमा शाखा संचालन गरी कारोवार सुरु गरेको छ। बुधबार बराहले भेडेटार बजारको मुख्य चोकको तीनतले भवनमा आफ्नो आठौं शाखा संचालन गरेको छ। नुनदेखि सुनसम्मको कारोवार गर्दै आएको बराहले धरान, काठमाडौं, पोखरा, चितवन, बेलायत, हङकङ र दुबईमा समेत शाखा संचालन गरी कारोवार गर्दै आएको छ। भेडेटारमा […]
वैशाख १९ बिर्तामोड : झापाको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो एक वर्षको तलब भत्ता मजदुरलाई दिएका छन्।१ सय ३० औँ अन्तराष्ट्रिय मजदुर दिवशको अवसर पार्दै प्रमुख पोखरेलले एक वर्षको ३ लाख २५ हजार चार सय ६० रुपैँया तलब बापतको रकम बुधबार स्थानीय मजदुरलाई प्रदान गरेका हुन्। सो रकम स्थानीय मजदुरले सञ्चालन गरेको मजदुर हितकोषमा […]
वैशाख १९ काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ। अब पेट्रोल १११ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र […]
वैशाख १९ विराटनगर : घरबाट सम्पर्क बिहीन भएको १७ दिनपछि मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेस्थित सिंहदेवी सामुदायिक वनमा ५१ वर्षीय कुमार खड्काको शव फेला परेको छ। गत वैशाख २ गतेबाट सम्पर्क बिहीन भएका खड्का बिहीबार साँझ मृत अवस्थामा भेटिएका हुन्। प्रहरीका अनुसार घरमा सामान्य विवाद भएपछि आफन्तकोमा जान्छु भनेर हिँडेका खड्का दुई दिन धरानमा आफन्तकोमा बसेको […]