होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी – सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मा घोषणा गरेका १ सय गन्तब्यको विस्तृत जानकारी सहितको प्रोफाइल बनाइने भएको छ ।तत्कालिन पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्यित गरी १ सय नयाँ गन्तब्य विकासको अवधारणा अघि सारेका थिए । अधिकारीले ७५ वटै जिल्लाबाट कम्तिमा एउटा नछुट्ने गरी विज्ञ टोली बनाएर निश्चित […]
काठमाडौं : मंसिर १४ गते हुन गइरहेको स्थानीय, प्रदेश र प्रतिनिधिसभा उपनिर्वाचनको मतदाता नामावली स्वीकृत भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगका प्रवक्ता सहसचिव गिरिजा शर्माले तीनै तहको ५२ पदका लागि हुने उपनिर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरिएको जानकारी दिएका हुन्। प्रवक्ता शर्माले उपनिर्वाचनको तयारी तीव्र भइरहेको जानकारी दिँदै प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य […]
भुवन भट्ट– कञ्चनपुरको बेलौरीमा मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी परस्त्रीसँग आपत्तीजनक अवस्थामा रहेका बेला पक्राउ परेका छन्। बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई एक ३४ वर्षीया महिलासँग आपत्तीजनक अवस्थामा रहेका पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक रण बहादुर चन्दले महिलाका परिवारले दिएको उजुरीका आधारमा कार्यालय प्रमुख ऐडी र महिलालाई आपत्तिजनक अवस्थामा पक्राउ […]
डोटी – दशैं मनाउन आफ्नो गृह जिल्ला डोटी आएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो निर्वाचन क्षेत्रमा काममा चासो राखेका छन् । उनले दसैंको मुख्य दिन फलेडी बगर धिर्कामाण्डौ सडकको निरिक्षण गरेका छन् ।उक्त सडक मुख्यमन्त्री भट्टको आफ्नो निर्वाचन क्षेत्र ख मा निर्माण भईरहेको छ । निरिक्षणका क्रममा उनले सडक निर्माणको काममा शुरुवात देखी नै ध्यान […]
आज दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ । दशैँ घर र कोतलगायत देशका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र […]
काठमाडौँ – समग्र रुपमा हेर्दा मेची–महाकालीकै दसैँ मनाउने परम्परा मिल्दो जुल्दो नै छ । तर, बली दिने प्रथाको हिसाबले सुदूरपश्चिमको दसैँ अन्य ठाउँभन्दा अलि पृथक छ । त्यसमा पनि मुख्य गरी अछामको । सुदुर तथा मध्यपश्चिममा अन्य ठाउँको दसैँ भन्दा पृथक रहेको त्यहाँका लोक संस्कृतिविद् यज्ञराज उपाध्याय बताउँछन् । त्यहाँ मुख्यगरी ठूलो मात्रामा राँगा र […]
रामेछापकी बबिता राई (३३) गत वर्ष दशैँ मनाउन घर गइनन्। काठमाडौँ, बौद्धमा बस्ने उनी ज्यामी हुन्। उनका श्रीमान् पनि यही काम गर्छन्। भन्छिन्, ‘पैसा नभएकाले अघिल्लो वर्ष घर जान सकिएन।’ यस पटक घर जान जसोतसो पैसा जोरजाम गरिरहेकी छिन्। ‘ज्यामी कामले अघिपछि त परिवार पालिएको छ,’ उनी भन्छिन्, ‘तर, चाडपर्वमा भने अप्ठ्यारो पर्ने गर्छ। दशैँमा […]
१७ असोज, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महाप्रवन्धक परिवर्तन गरेको छ । प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा तानेको छ । स्रोतकाअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणबारे सूचना चुहाएको आरोपमा उनीमाथि कारबाही गरिएको हो । प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने नियमित प्रशासनिक प्रक्रिया अनुसार विमानस्थलको नेतृत्व […]
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ यही असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा नेपाल आउने भएका छन्। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई साताअघि नै तय भए पनि सरकारले गोप्य राखेको छ। सरकारी उच्च स्रोतका अनुसार सी २५ गते नेपाल आई २६ गते फर्कने छन्। ‘अहिलेसम्म सी नेपाल आउने अक्टोबर १२ तारिखकै कुरा छ तर […]
१६ असोज, काठमाडौं । आज बडादशैंको पाँचौं दिन । हिन्दूधर्मालम्बीहरूले पाँचौं देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छन् । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता […]
१५ असोज, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तर्फ पूरकको नतिजा बुधबार सार्वजनिक गरेको छ ।परीक्षा गत भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको थियो। परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी भएको पनिकाले जनाएको छ । नतिजा अनुसार एक लाख ११ हजार ६ सय ७८ जनाको […]
असोज १५, कैलालीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका ३ का बल बहादुर गुरुङ र लम्कीचुहा नगरपालिका १ का मंगल बहादुर रावतको करेन्ट लागेर ज्यान गएको हो । आफ्नो घर नजिकै रहेको कटहरको रुख काट्ने बेला करेन्ट लागेर गम्भिर घाईते भएका रावतको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ […]
दशैँ-तिहार लगायत चाडपर्वका समयमा बढी भाडा असुल्ने लामो तथा छोटो दुरीका सवारी साधनका व्यवसायी तथा चालकलाई ठगी अभियोगमा कारबाही गर्ने व्यवस्था छ । चाडपर्वका बेला सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित प्रहरीलाई जानकारी गराउन सकिन्छ । लामो दुरीको गाडीका लागि टिकटमा कालोबजारी, नक्कली टिकट बिक्री, दोहोरो बिक्री, ट्याक्सीमा हुने ठगी लगायतका […]
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने भएको छ । पाँचौं गाउँसभाबाट २० लाख बजेट छुट्टयाएर एकल पुरुषलाई भत्ता दिन मूल अभिलेख अध्यावधिक गर्न सूचना जारी गरिसकेको छ । एकल पुरुष महिला दुवैलाई दर्ताका लागि सूचना गरसकेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए । ‘पुरुष र महिलालाई व्यावहारिक रुपमा समानता दिन बराबरी […]
काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ ।नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने […]
अत्तरिया – कैलालीको अत्तरियामा ट्रकको टक्करवाट एक बृद्धाको मृत्यु भएको छ । आज साझ बझाङवाट दाङ तर्फ जादै गरेको ना १ क ७८४१ नम्बरको ट्रकको टक्करवाट गम्भिर घाईते कञ्चनपुरको भिमदत्त नगपालिका वडा नं ९ बह्रमदेव बस्ने ७० बर्षिया मानमति भट्टको उपचारका क्रममा मृत्यु भएको हो । गोदावरी नगरपालिका वडा नं २ अत्तरिया स्थित पाहाड रोडमा उनलाई […]
काठमाडौं– यसवर्षको घटनास्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय बिहान १० बजेर २५ मिनेटमा परेको छ । आइतबार परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ भने २१ गते मंगलबार परेको विजयादशमीको टीकाको शुभसाइत पनि सोही समय (१०ः३५) नै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले उपलब्ध गराएको सो […]
१२ असोज, काठमाडौं । सोमबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने मौसमविदले पूर्वानुमान गरेका छन् । दशैंमा ठूलो पानी पर्छ कि भनेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको मौसमविदको भनाइ छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीले भनिन्, ‘अहिले जुन सिस्टमले पानी पारिरहेको छ, यो सिस्टम भोलि (सोमबार)बाट क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ ।’ आइतबारको तुलनामा […]
देशका अधिकासं स्थानमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौमस पुर्वानुमान महाशाखाले जनाएको छ। पूर्व, मध्य र पश्चिमका केहि स्थानमा भारी बर्षासमेत हुने महाशाखाकी मौसमवीद् विभूती पोखरेलले जानकारी दिए। भारी बर्षासँगै पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी आउन सक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ। बिशेषगरी पूर्वी क्षेत्रमा दिउँसो भारी बर्षा हुनसक्ने […]
बैतडीमा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन्। महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको ना ४ ख ४०१९ नम्बरको महाकाली यातायातको बस गएराती साढे तीन बजे पाटन नगरपालिका ६ को लोर्खामा दुर्घटना हुँदा २१ जना घाईते भएको प्रहरीले जनाएको छ। घाईते भने ६ जनाको अवस्था गम्भीर रहेकाले उनीलाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको बैतडीका प्रवक्ता […]