होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । लकडाउन खुला गरेर सार्वजनिक यातायातलाई सूचारु गरे पनि अहिलेसम्म एक तिहाई सवारीसाधन पनि सकडमा निस्केका छैनन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघकाअनुसार अहिलेसम्म सञ्चालनका लागि अनुमति पाएका रुटका सवारी साधनमध्ये ३० प्रतिशतभन्दा पनि कम सवारीसाधन मात्रै सडकमा आउन सकेका छन् । बाँकी अहिलेसम्म पनि ग्यारेजमै थन्किएर बसेका छन् । उपत्यका बाहिर रहेका यातायात […]
काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्दै छ । सोमबार साँझ ५ बजेपछिका लागि बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार आजको बैठक नियमित भएपनि कोरोनाको विषयमा थप छलफल गरी महत्त्वपूर्ण निर्णय हुन सक्छ । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल गरेर निर्णयमा […]
काठमाडौं । एक सय ५१ स्थानीय तहले अझै पनि पेश गरेको बजेट विवरण पठाएका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई आर्थिक वर्ष २०७७÷७८ को पेश गरेको बजेट विवरण पठाउन पटकपटक निर्देशन दिए पनि अझै पनि १५१ स्थानीय तहले बजेट विवरण नपठाएका हुन् । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीकाअनुसार अहिलेसम्म ६०२ स्थानीय तहले […]
काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। ७१.१ प्रतिशत निको भएका छन् । यसअघि हिजो १४ हजार ६०३ थियो । मन्त्रालयका […]
१९ साउन, काठमाडौं । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग ३ घण्टा लामो वार्ता गरेलगत्तै नेकपा अध्यक्ष प्रचण्डले खुमलटारमा माधव नेपाल र नारायणकाजी श्रेष्ठलाई बोलाएर सविस्तार बताए । झलनाथ खनाललाई लिएर वार्तामा गएका उनले सोमबारको वार्ताअघि पनि खुमलटारमा आफू पक्षधर सचिवालय सदस्यसँग परामर्श गरेका थिए । दुई अध्यक्षको चोचोमोचो मिल्दैमा मानिँदैन भन्दै आएका बरिष्ठ नेता माधव […]
केही समयअघि गरिएको अध्ययन अनुसार अहिले किशोर–किशोरीहरु मनोविद् कहाँ धाउन थालेका छन् । यसले अहिलेका किशोरपुस्ताको मनोदसा ठीक छैन भन्ने संकेत गर्छ । अहिलेका किशोरपुस्ताले तुलनात्मक रुपमा धेरै सुविधा उपभोग गर्न पाएका छन् । उनीहरुले पढ्नलेख्न मात्र होइन, लगाउन, खान, घुमफिर, मनोरञ्जन गर्न पनि पर्याप्त मौका पाएका छन् । आफ्ना छोराछोरीका खातिर आमाबुवाले मनग्यै पैसा […]
काठमाडौं । सोमबार प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली अचानक बालकोटस्थित निजी निवास पुगे । ओली किन निजी निवास गए भन्ने प्रश्नको जवाफ स्पष्ट छैन । यदि ओलीलाई नै यो प्रश्न गर्ने हो भने कस्तो जवाफ आउथ्ँयो होला ? सायद उनले यसको जवाफ ठट्यौली पाराले नै दिन्थे होलान्– ‘घर किन जान्छन् […]
नागरिक रैबार/बाजुरा १९ साउन। जिल्लाको गाैमुल गाउँपालिकाबाट ५१ हजार नगदसहित ११ जना जुवाडेलाइ प्रक्राउ गरिएको छ। स्थानीयले दिएको सुराकीका आधारमा इलाका प्रहरी गाैमुलबाट खटिएको प्रहरीको गस्ति टोलीले जुवा खेलिरहेका ११ जनालाइ नगद ५१ हजार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइने प्रहरीले बताएका प्रहरी […]
काठमाण्डाै – हामी जब असुरक्षित महसुस गर्छाैँ तब सुरक्षाकर्मीसँग गुहार माग्छौँ । जब अस्वस्थ हुन्छौँ, डाक्टर र स्वास्थ्यकर्मीकोमा पुग्छौँ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी हामीलाई परेको बेलामा अग्रपङ्क्तिमा बसेर काम गर्छन्, सहयोग गर्छन् । अहिले कोरोना महामारी र प्राकृतिक विपद्मा पनि उनीहरु यसैगरी काम गरिरहेका छन् । एकातिर कोरोना नियन्त्रण र उपचारको काम, अर्कोतिर बाढी पहिरोमा […]
डोटी । डोटीको सेती नदीमा नुहाउन गएका बेला बेपत्ता भएका डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमध्ये एकजनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जनकराज पाण्डेले दिनुभएको जानकारी अनुसार डडेल्धुराको परशुराम नगरपालिका घर भएका स्वास्थ्य सहायक हरिश जोशीको शव डोटीको केआइसिंह गाउँपालिका–५ को बुवातडा भन्ने स्थानमा फेला परेको हो । नदीले […]
१९ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन भएको छ । सोमबार विहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए । स्रोतका अनुसार दुवै नेता आआफ्नो अडानमा टसमस भएका छैनन् । प्रधानमन्त्रीसमेत रहेका […]
१९ साउन, काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७६/७७ मा कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको खर्च विवरण भदौमा सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यस्तो जानकारी दिएको छ । सोही प्रयोजनका लागि कार्यालयले सरोकारवाला सबै निकायबाट विवरण माग गरेको छ । खासगरी कोरोना संक्रमण, रोकथाम, नियन्त्र तथा उपचारमा भएको खर्चलाई सार्वजनिक समय […]
काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक […]
जिल्ला प्रहरी कार्यालय दाङले नक्कली प्रहरी बनेर होटेल सञ्चालकलाई धम्क्याउने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको नक्कली परिचयपत्र देखाएर होटेल सञ्चालकलाई धम्क्याउने घोराही उपमहानगरपालिका वडा नं. ९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय गोपाल मल्ललाई पक्राउ गरिएको दाङका प्रहरि प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । […]
१९ साउन, विराटनगर । प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना संक्रमण देखिएको छ । विराटनगरमै रहेका उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने ‘हिस्ट्री’ खुलेको छैन । विराटनगर- ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ । मुख्य न्यायायाधिवक्ता आचार्यलाई १०/१२ दिनअघि दुई दिनजति सामान्य ज्वरो आएको थियो […]
काठमाडौँ । नेपाली काँग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । १४औँ महाधिवेशनमा सभापतिका आकाङ्क्षी देखिएका नेताहरु आन्तरिक रणनीति बनाउन नेता कार्यकर्तासँगको भेटवार्तामा व्यस्त देखिन्छन् । छलफल र भेटघाटका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र नेता शेखर कोइरालाले सम्पर्क कार्यालयसमेत खुलेका छन् । पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोलेर आफ्नो समूहको बैठक र भेला […]
१९ साउन, काठमाडौं । नेकपाभित्र उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच आज पनि बालुवाटारमा छलफल जारी छ । आइतवार करिव तीन घण्टाको छलफल सकारात्मक रहेको र आजको छलफलपछि सहमतिको प्रस्ताव तयार हुने कतिपय नेताको दावी छ । ओलीसँग वार्ता गर्न प्रचण्ड आज पनि बरिष्ठ नेता झलनाथ खनाललाई […]
१९ साउन, काठमाडौं । देशमा एकातिर कोरोनाको महामारी छ, अर्कोतिर महंगीले जनताको ढाड सेक्न थालेको छ । बजारमा खाद्यान्न, लत्ता कपडा, विद्युतीय सामाग्री तथा सेवा क्षेत्रमा कृत्रिम मूल्य वृद्धि गरिएको छ । बजारको नियमन गर्नुपर्ने सरकारी निकायहरु कानमा तेल हालेर बसेका छन् । पछिल्लो एक–दुई सातामा चामल, दाल, तरकारी, माछा, मासु, विद्युतीय समाग्रीदेखि लत्त्ता कपडा […]