होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ […]
नागरिक रैबार/बाजुरा १४ असार । बाजुराको सदरमुकाम मार्तडीमा रहेको क्रियटर जोन एकेडेमीबाट यस वर्षको एसइइ परिक्षामा समावेश भएका किरन खड्का बाजुरा जिल्ला प्रथम भएका छन् । खड्काले जिल्लामै सवैभन्दा बढी ३.८० जिपिए ल्याएर जिल्ला प्रथम भएको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनबहादुर कार्कीले बताएका छन् । माद्यमिक शिक्षा परिक्षा (एसइइ) सूरुवात देखि बाजुरा जिल्लामा खड्काले ल्याएको […]
काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ। विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा […]
नागरिक रैबार/बाजुरा ६ असार। बाजुराको सदरमुकाम मार्तडीमा करेन्ट लागेर एक युवक घाइते भएका छन् । बिहिबार बेलुकी विद्युतको तार मर्मत गर्ने क्रममा त्रिवेणी नगरपालिका–३ पुर्भुताका २८ वर्षीय पुरन साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र अन्तरगत बडीमालिका नगरपालिका ९ कारागार नजिकै विद्युतको नाङ्गो तार हटाएर नयाँ […]
नागरिक रैबार/बाजुरा। बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ८ ले लैंगिक हिंसा रोकथामका लागि सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । वडा नम्बर ८ को आयोजनामा वडामा रहेको महिलाहरुको सहभागितामा लैङ्गिक हिंसा राेकथामका लागि सचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको वडा अध्यक्ष चन्द बहादुर थापाले बताएका छन । नगरपालिकामा हुने हिसांका घटना न्युनिकरणमा गर्न महिलाहरु […]
नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविका प्राचार्य शुभराज पाध्याय सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट प्रधानाध्यापक बनेका छन् । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) ले शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएकाे भन्दै पाध्यायलाइ उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको हो। सुदुरपश्चिम प्रदेशकै उत्कृष्ट प्रअ पाध्यायलाइ पुरस्कार सहित सम्मान गरिएकाे हाे । पानले शनिवारदेखि सुरु भएको तीन […]
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाले चारवटा योजना प्रदेश सरकारबाट माग गरेको थियो।चालु आर्थिक वर्षको बजेटमा कार्यान्वयन गर्न विस्तृत योजना प्रतिवेदन (डिपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कनको कामसमेत गरेर नगरपालिकाले चारवटा योजना प्रदेश सरकारसँग माग गरेको हो। पर्यटकीय क्षेत्र राजकाँडासम्म जाने सडक, कर्णाली चिसापानी पुलमा विद्युतीकरण र टीकापुर सडकमा विद्युतीकरणलगायतका योजनाहरु लम्कीचुहा नगरपालिकाले सुदूरपश्चिम सरकारसँग माग गरेको हो। […]
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार शान्तिसेनबाट फर्किएका बुढाथोकीले बिहान श्रीमती टिका बुढाथोकीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरेर हत्या गरेका प्रारम्भिक अनुसन्धानमा खुलेको छ । श्रीमती र नेपाल सेनाकै जवान आर्यन थापालाई आपत्तीजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरेको स्विकार गरेको प्रहरीले जनाएको छ । कपुरकोट ६ सल्यान घर भई नेपाली […]
बाजुरामा विद्युतको तार सर्ट भएर एक घरमा आगलागी भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–१ कोल्टी बजारस्थित माने लुहारको घरमा आगलागी भएको हो । बुधबार राति ९ः०० बजे विद्युत सर्ट हुँदा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विद्युत सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, एक ल्याप्टप लगायतको सामान नष्ट […]
धनगढीः नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।सोमवार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई योजना खरिदबिक्रीको बजेट नल्याउन चेतावनी दिएका हुन्। योजना किन्ने र बिक्री गर्नेको बजारमा बिगबिगी देखिएकाले बजेट बनाउदा जनअपेक्षाको ख्याल गरिनुपर्ने उनले बताएका छन्। मुख्यमन्त्री सोडारीले बिचौलिया पोस्ने खालको […]
गुल्मी । मदाने गाउँपालिका-१ अग्लुङमा उमेर पुगेपछि विवाह गर्ने जोडी र गाउँमै बसेर सासू-ससुराको हेरचाह गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका जोडी र असल छोरीबुहारीलाई सम्मान गरिएको वडाध्यक्ष सुशील चन्दले बताए । ‘विवाहवारी बीस वर्ष पारी’ भन्ने मुख्य उद्देश्यका साथ बालविवाह […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्न लागेको श्रमाधान रोजगार मेला आजदेखि कोशी प्रदेशको विराटनगरमा सुरु हुँदैछ ।मेलाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ११ बजे विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा उद्घाटन गर्दैछन् । नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीबाट सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ गर्न लागिएको […]
सुर्खेत– सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र दुईजनाको उपचारका क्रममा प्रदेश अस्पतालमा मृत्यु भएको हो । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत-दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै आज बिहान २ बजे दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जेठ २० गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री सोडारीले आइतबार प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८१ को प्राथमिकता र सिद्धान्तहरू प्रस्तुत गरेका छन् । हाल सो विधेयक उपर छलफल चलाउन खोजिएको छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी […]
काठमाडौँ — हाल कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशलगायत वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा […]
काठमाडौैं– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुँदैछन् ।सर्वोच्च अदालतको आदेशअनुसार पाण्डे आज गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सोमबार एमाले संसदीय दलका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गर्दै सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई ४८ घण्टाभित्र […]
बाजुरा। बाजुराबाट शैक्षिक भ्रमणका लागि मुगुकाे राराताल तर्फ जाँदै गरेकाे जीप मुगुमा दुर्घटना भएकाे छ । बुढीनन्दा नगरपालिका-२ मा रहेकाे जनप्रकाश माबिका बिध्यार्थी शैक्षिक भ्रमणका लागि राराताल तर्फ जान लागेकाे जीप दुर्घटनामा परेकाे हाे । जीपमा सवार ११ जना बिध्यार्थी, शिक्षक र चालक घाइते भएकाे प्रारम्भिक सुचना छ । मुगुको खत्याड गाउँपालिका वडा नं २ […]
नागरिक रैबार/बाजुरा ४ जेठ । नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे आठौं जिल्ला अधिवेशनकाे बन्द सत्र ३ दिन पछि सूरू भएकाे छ । जेठ १ गते उद्घाटन भएकाे अधिवेशनपछि बन्द सत्र सूरू गर्ने कार्यतालिका रहे पनि सहमतिका लागि प्रयास गर्दा ३ दिनपछि सूरू गरिएकाे एमाले बाजुराले जनाएको छ । आजबाट जारी बन्द सत्रमा पार्टीकाे राजनीतिक प्रतिवेदन, […]
चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) चितवनको ११ औं जिल्ला अधिवेशन जेठ १० गतेदेखि १२ गतेसम्म हुने भएको छ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । अधिवेशनका लागि विभिन्न उपसमितिहरु समेत बनेका छन् । जिल्ला पदाधिकारीको वैशाख २० गते बसेको बैठकले वैशाख […]
धनगढीः सुदूरपश्चिममा एकैदिन २० स्थानमा डढेलो लागेको छ। प्रदेशका ६ जिल्लामा हिजो (शनिबार) एकैदिन २० स्थानमा डढेलो लागेको हो। सबैभन्दा बढी डडेल्धुराका ७ स्थानमा डढेलो लागेको छ। डोटीमा पनि ६ स्थानमा डढेलो लागेको छ। त्यस्तै अछाममा तीन, बझाङमा दुई, बैतडीमा एक र कैलालीमा एक स्थानमा डढेलो लागेको वन तथा भू–संरक्षण विभागअन्तर्गतको डढेलो पहिचान तथा अनुगमन […]