होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१५ मंसिर, सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल हुम्लाको सर्केगाड गाउँपालिकामा अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरेर पुगेका छन् । सोमबार बिहान मन्त्री रावलसहित सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहितको टोली नेपाली सेनाको हेलिकप्टर चार्टर्ड गरेर गएका सर्केगाड गएका हुन् । गाउँपालिकाको रकमबाट हेलिकप्टरको भाडा व्यहोर्ने गरी मन्त्री रावल अस्पतालको शिलान्यास […]
नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २९ जनाले संक्रमणकै कारण ज्यान गुमाएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा १४७४ जना संक्रमित थपिएका छन् भने १९३१ जना निको भएका छन् । […]
लमजुङ । यहाँका एक पुरुषलाई तीन दशकदेखि आफ्नै घरको कोठामा बन्धक बनाएर साङ्लोले बाँधेर राखिँदै आएको छ । दोर्दी गाउँपालिका–९ हिलेटक्सार माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङको मानसिक सन्तुलन गुमेपछि उनका परिवारले दाँहिने हातमा फलामको साङ्लोले बाँधेर कोठामा बन्धक बनाएर राखेको छ । गुरुङको मानसिक सन्तुलन गुमेपछि परिवारले समाल्न नसकेपछि बाध्य भएर घरकै एक कोठामा फलामको […]
१५ मंसिर, काठमाडौं । ७१ वर्षीय मैना तामाङ नोवेल कोरोना भाइरस महामारीका बेला पनि दिनहुँ लोलाङबाट रिले अनशन बस्न बालाजु बाइपास पुग्छिन् । उनी २०७० सालसम्म बालाजुस्थित घरमा चिया पसल चलाउँथिन् । २०२६ सालदेखि बस्दै आएको घर सडक विस्तारको नाममा सरकारले भत्काईदिएपछि उनी बेघर भइन् र लोलाङमा भाडामा बस्न थालिन । काठमाडौं उपत्यका विकास […]
१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्चालनमा आएको छ । युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् । यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन । अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको अकाउन्टलाई २६ सय जनाले फलो गरेका छन् । […]
माथिको तस्बिर सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ को हो । सडककै बीचमा विजुलीको पोल छ र त्यही पोल नजिकै वडाध्यक्ष दिलीप यादवको घर पनि छ । प्रदेश २ प्रदेशसभा सदस्य विजय यादवको संसदीय कोषबाट सडक ढलान भएको झण्डै नौ महिना भन्दा बढी हुन लाग्यो तर सडककै बीचमा रहेको सो पोल हालसम्म हटेको छैन । […]
कोरोना भाइरस संक्रमणको जोखिमबीच काठमाडौंका विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा स्थानीय सरकारबीच मात्रै होइन, एउटै स्थानीय तहका जनप्रतिनिधिबीच पनि मतभेद देखिएको छ । जसले गर्दा विद्यालय खुल्ने वा नखुल्ने भन्ने विषय टुंगो लाग्न सकेको छैन । केही स्थानीय तहका वडाध्यक्षले विद्यालय खोल्ने तयारीसमेत गरेका छन् । काठमाडौं उपत्यकामा दुई महानगर र १६ वटा […]
–झलनाथ खनाल भजनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका छन् । पछिल्लो सयम पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेसँगै विवाद झन बल्झने सङ्केत देखिएका बेला तल्लो तहका नेता कार्यकर्ता अझै पार्टीको विवाद समाधान भई अझै सुदृढ हुने […]
१५ मंसिर, काठमाडौं । काठमाडौंमा सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए । त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । साेही अनुसार बाजुरा जिल्लाको जगनाथ गाउँपालिकाको केन्द्र जुड्डीमा १० शैयाको आधारभुत अस्पतालको शिलान्यास गरिएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ शिलान्यासको तयारी गरेसँगै जिल्लाको जगनाथ गाउँपालिकाको […]
१५ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि खोपको प्रतीक्षा विश्वभर छ । खोप आएपछि महामारी विस्तारै नियन्त्रण हुँदै जाने अपेक्षा छ । खोप विकास गरेका केही कम्पनीले खोप प्रभावकारी रहेको र अबको केही समयमा नै विश्व बजारमा आउने दाबी गरेका छन् । अहिलेसम्म फाइजर, मोडेर्ना र अक्सफोर्ड युनिभर्सिटीले आफ्नो खोपको […]
काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा पेश गरेको आफ्नो ५३ बुँदे प्रतिवेदनमा कार्यकारी अध्यक्ष प्रचण्डलाई जवाफ दिनुभन्दा धेरै प्रतिप्रश्न गरेका छन् । आफ्नो प्रतिवेदनमा पार्टीमा विवाद आउनुमा प्रचण्डको अस्थिरतालाई मुख्य कारण देखाएका ओलीले विगतमा आफूले गरेका घोषणा र प्रतिवद्धता कार्यान्वयन नभएकामा भने कहीँकतै खुलाउन चाहेका छैनन् । त्यसक्रमा ओलीले संविधान निर्माणदेखि […]
अछाम । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा साँफेबगर नगरपालिका–३ का १९ वर्षीया नीरज कुँवर रहेका छन् । […]
धनगढी: महिला हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकै अवधिमा सुदूरपश्चिममा महिला हिंसाका घटना बाहिर आएका छन् । अभियान सुरु भएको ४ दिनको अवधिमा ३ वटा जबरजस्तीकरणीसहित १५ वटा उजुरी दर्ता भएका छन् । अभियानको पहिलो दिन मंसिर १० गते बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना मिलापत्रमा टुंग्याइयो । सो घटना ६ महिनापछि […]
काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी, कोरोना संक्रमितको निशुल्क उपचार, भारतद्वारा नेपालको अतिक्रमित भूमि फिर्ता र एमसीसी खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गरेको छ । सोमबार भएको उक्त प्रदर्शनप्रति विश्वमा रहेका नेपाली एकता समाजहरुले पनि ऐक्यबद्धता व्यक्त गरेको जनमोर्चाले दावी गरेको छ । जनमोर्चाले डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट, दाङ, रोल्पा, प्यूठान, गुल्मी, […]
सुर्खेत – उपचार खर्च नहुँदा सुर्खेत वीरेन्द्रनगर-१० का ५२ वर्षीय कर्णबहादुर नेपालीलाई घरमै थलिएर बस्नुपर्ने बाध्यता छ । मजदुरी गर्ने क्रममा १२ वर्षअघि रूखबाट लडेर ढाड भाँचिएपछि उहाँ थलिनु भएको छ । ऋण र जग्गा बेचेर ढाडको उपचार गर्नुभएका कर्ण चार वर्षअघि फेरि ह्विल चियरबाट लड्नुभयो । दुवै खुट्टा भाँचिए । यस पटक पनि उहाँले […]
सिरहा- सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका […]
काठमाडौँ – आज मुलुकभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ ।३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँन लागेको हो । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । बजेट भाषणका क्रममा गरिएको घोषणा कार्यान्वयनका क्रममा सरकारले पहिलो चरणमा अस्पताल […]
जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् । सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शय्याको अस्पतालसहित जिल्लाका बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्र र जोरायल गाउँपालिकाको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा १५÷१५ शय्याको […]
धनगढीः अछामबाट धनगढी आउदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृत्य भएको छ । जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा साँफेबगर नगरपालिका वडा नम्बर ३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृत्यु […]