होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
६ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कामचलाउ मात्रै भएको भन्नुपर्ने अथवा पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । आफू निकट पत्रकारहरुको भेलालाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले भने, ‘आफैंले संसद विघटन गरेपछि संसद रहेन, संसद नरहेपछि प्रधानमन्त्री पनि रहँदैन । त्यसैले उहाँले कि पद छोड्नुपर्छ […]
संसारका केही देशमा कोरोना रोकथामका लागि खोप कार्यक्रम चलिरहेको छ । यसैबीच विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) ले आफ्नो साप्ताहिक रिपोर्ट सार्वजनिक गरेको छ, जसअनुसार विश्वका १३ देश र आइल्यान्ड (टापू) अहिले कोरोनामुक्त भइसकेका छन् । यहाँ अहिले कोरोनाको कुनै पनि केस छैन । यद्यपी, विश्वका १ सय ३१ देशहरुमा कोरोनाको संक्रमण स्थानीय स्तरमा फैलिसकेको छ […]
रोल्पामा जंगलबाट घाँसको भारी बोकेर घर फर्किदै गरेकी एक महिलामाथि गोली प्रहार भएको छ । रोल्पा नगरपालिमा वडा नम्बर ९ फाल्जाकी ४५ बर्षीया बरु पुनमाथि सोमबार बेलुका साढे ७ बजेरित जंगलवाट घाँसको भारी बोकेर घर फर्किने क्रममा गोली प्रहार भएको हो । जंगलदेखि बाख्रा चरायर घर घाँसको भारीसहित घर फर्किने क्रममा स्थानीय ३७ वर्षीय हस्तबहादुर […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका स्थायी समिति सदस्य योगेश भट्टराईले आफ्नै पार्टीभित्रका महाराजहरुलाई देख्न नसकेको स्वीकार गरेका छन् । उनले नेपालमा भएका पटक पटकका राजनीतिक क्रान्तिहरुले बाहिर देखिएका महाराजलाई फालेपनि आफ्नै पार्टी भित्रका महाराजहरुलाई देख्न र फाल्न नसकेकाले पुन आन्दोलन गर्नुपरेको बताए । मंगलबार काठमाडौमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अवको […]
काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आजपनि संवैधानिक इजलासमा सुनुवाइ जारी छ । रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताए । मन्त्रिपरिषद्ले सिफारिसमा गर्दैमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न नसक्ने उनको भनाइ छ । अधिवक्ता शेरबहादुर ढुङ्गानाले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको जनाउँदै […]
काठमाडौँ — प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा मंगलबार पनि सुनुवाइ जारी छ । मध्याह्न करिब साढे ११ बजे संवैधानिक इजलासमा मुद्दाहरूको सुनुवाइ सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो । मंगलबारको सुनुवाइमा निवेदक सन्तोष भण्डारीको […]
नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीलाई गणतन्त्र मन नपरेका कारण अर्कै बाटो हिँड्न खोजेको बताएका छन् । २०६२÷०६३ को जनआन्दोलन उत्कर्षमा पुग्दै गर्दा ओलीले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना सम्भव नभएको अभिव्यक्ति दिएको स्मरण गरे । पुनले तत्कालीन एमालेले गणतन्त्रको लाइन पारित गर्दा ओलीले ‘नोट अफ डिसेन्ट’ नै लेखेको उल्लेख […]
६ माघ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको हो । यद्यपि यी दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका […]
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि निर्वाचन भएकाले साढे तीन वर्षमै निर्वाचन गर्न नमिल्ने बताएका छन् । संवैधानिक इजलासमा सुनुवाइ भएको आज तेस्रो दिन उनले रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्दै मन्त्रिपरिषद्ले सिफारिसमा गर्दैमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्न नसक्ने […]
६ माघ, काठमाडौं । शुक्रबार बिहान खानेतेल किन्न किराना पसल छिरेकी बालाजु बाइपासकी सुभद्रा अर्याल तेलको मूल्य सुनेर तीनछक्क परिन् । चारदिनको फरकमा सूर्यमुखी र भटमासको खाने तेलको मूल्य लिटरमा १५ रुपैयाँ महंगो भएपछि पसलेतिर उनले प्रश्न गरिन्– अब जनता कसरी बाँच्ने ? किराना पसले सुवास पन्थीले जवाफ फर्काए– ‘होलसेलबाटै महंगो भएको छ, हामीले नै […]
संसदीय इतिहासमा विरलैमात्रै देखिने दृश्य यसपटक प्रदेश १ को संसदमा देखिने सम्भावना उच्च भएको छ।नेपालकै संसदीय इतिहासमा पनि विपक्षीले गर्ने रोष्ट्रम घेराउदेखि कुर्सी तोडफोडका घटना प्रतिनिधिसभा र संविधान सभामा देखिएको थियो। यसपटक प्रदेश १ को संसदमा भने विपक्षीभन्दा पनि सत्तारूढ नेकपाको लहरमा सुरक्षा बल बढी केन्द्रित हुने भएको छ।भोलि बुधबारदेखि सुरू हुने प्रदेश १ संसदको […]
केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ । केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ््याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा तथा शीतलहरका कारण प्रदेश नं २ मा पुसयता चार जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । कार्यालयका अनुसार चिसो र शीतलहरबाट प्रभावित भई […]
५ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को झण्डै दुई तिहाइ बहुमत भएको प्रतिनिधिसभा भंग गरेर मध्यावधि चुनाव घोषणा के का लागि ? प्रतिनिधिसभा विघटनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीबाट जवाफ अपेक्षा गरिएको प्रश्न हो, यो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष पठाएको सिफारिसमा नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रणका लागि आफ्नो पार्टीलाई दुई तिहाइ मत […]
५ माघ, काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र रहने भएको छ । कोभिड १९ महामारीबाट मुलुकको आर्थिक, सामाजिक क्षेत्रमा परेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदनले यस्तो प्रक्षेपण गरेको हो । यो प्रतिवेदन राष्ट्रिय योजना आयोगले तयार पारेको हो । आयोगले यो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ, तर सार्वजनिक भने गरेको छैन । […]
५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनका विषयमा जनताले आफ्नो फैसला सुनाउने बेला आएको बताएका छन् । सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानून व्यवसायीहरुले लड्ने भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई जनतामा जान आग्रह गरे । ‘लक्षण गतिलो देखिएन । जनताले आफ्नो फैसला ढिला गर्न हुने भएको छैन’, आफ्नो समूह निकट […]
५ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ३०६ नमुना परीक्षण गर्दा १२४ महिला र १९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ । उनीहरुमध्ये २ लाख ६१ हजार […]
५ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने पार्टीको निर्णय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएका छन् । संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओलीलाई अध्यक्ष पदबाट हटाएको थियो । त्यसपछि पनि अनुशासन उल्लंघन गरेको भन्दै स्थायी कमिटी बैठकले ओलीलाई पार्टीको साधारण सदस्यबाट किन नहटाउने भन्ने स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका काम कारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६/७७ पेश भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुुमार थपलियाले प्रतिवेदन पेश गरे । सो अवसरमा आयुक्तद्वय नरेन्द्र दाहाल र ईश्वरीप्रसाद पौड्याल, आयोगका सचिव देवकुमारी गुुरागाईँलगायत सहभागी रहेका थिए ।
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघ १६ गतेपछि आफूहरु आमहड्तालमा जाने चेतावनी दिएका छन् । अबका कार्यक्रम दैनिक सशक्त बन्दै जाने भन्दै उनले आगामी माघ १६ पछि प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध आमहड्तालमा जाने चेतावनी दिए । त्यसका लागि तयारीमा लाग्न पनि प्रचण्डले नेता–कार्यकर्तालाई निर्देशन दिए । सोमबार आफू निकट अखिल […]
५ माघ, काठमाडौं । संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानमन्त्रीले सनकको भरमा संसद विघटन गर्न नसक्ने भनी संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दिएको अभिव्यक्तिले प्रवेश पाएको छ । सोमबार बहसका क्रममा अधिवक्ता सरोजकृष्ण घिमिरेले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्याख्या गरेको सुनाए । त्यसले संविधानमा यस्तो व्यवस्था […]