होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कांग्रेस-एमालेबीच भएको सहमति संविधान जोगाउन नभएको बताएका छन् । विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा गृहमन्त्री समेत रहेका लामिछानेले रातिमा भएको सहमति शंकास्पद भएको बताए । जब अनुसन्धानको सुई कसैको ढोकामा ढकढक्याउन गयो, तब कांग्रेस र एमालेलाई संविधानको चिन्ता लागेको उनले […]
काठमाडौं– नेपाली सेनाले चितवनको भरतपुर महानगरपालिका–२९ को सिमलतालमा वीरगन्जबाट काठमाडौँ आइरहेको र काठमाडौँबाट रौतहटको गौर गइरहेको यात्रुवाहक बस पहिरोले बगाएको खबर हुनसाथ स्थानीयको सहयोगमा उद्धार कार्य जारी राखेको छ । चितवनस्थित सेनाको गोताखोरसहितको फौज अन्य सुरक्षा निकायलगायतको सहयोगमा घटनापछि उद्धार तथा खोजीका लागि खटिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसैगरी कास्की, कैलाली, […]
काठमाडौँ — एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले आगामी दिनमा दलित, महिला र मधेसको नाममा फेरि आन्दोलन गर्ने प्रयत्न सफल नहुने बताएका छन् । उनले संविधान संशोधनमार्फत अग्रगमनको बाटोमा जाने बताए । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतका लागि प्रस्तावमाथिको छलफलमा बोल्दै भट्टराईले संविधान संशोधन सबैको सहभागितामा अग्रगमनका लागि गरिने धारणा राखे […]
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री बन्ने बताएका छन् । प्रधानमन्त्रीको विश्वासको मत लिने क्रममा बोल्दै लेखकले त्यसमा कांग्रेसले समर्थन गर्ने बताए ।उनले प्रधानमन्त्री प्रचण्डमा अरूमा मात्रै दोष देख्ने समस्या रहेको बताउँदै त्यसरी अगाडि बढ्न नसक्ने उल्लेख गरे । दुई […]
पोखरा । कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका ६ सहित सात जनाको मृत्यु भएको छ भने पोखरा ३२ चैनपुरमा ३ जनाको मृत्यु भएको छ । यस्तै, मादी गाउँपालिका ११ तल्लो ताप्लेमा एकजनाको मृत्यु भएको छ । गएराति १० […]
नागरिक रैबार। बाजुराको बुढीगंगा नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयबाट एसईईको मौका परीक्षामा सहभागी हुने विद्यार्थीहरुका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले बिहिबार एक सूचना जारी गर्दै नगरभित्रका सामुदायिक विद्यालयबाट एसईई मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि अंग्रेजी, गणित र विज्ञान विषयको निःशुल्क परीक्षा विशेष तयारी कक्षा सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र […]
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता लिइएको छ। नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थत फिर्ता लिएको बताए। उनले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपारिषद को कार्यालयमा समर्थत फिर्ता लिएको […]
काठमाडौँ — गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय […]
काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । […]
बाजुरा । अविरल वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा जिल्लाको पूर्वी–उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए । सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका […]
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने साेमबार सार्वजनिक गर्ने बताएको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ […]
नागरिक रैबार/बाजुरा १४ असार । बाजुराको सदरमुकाम मार्तडीमा रहेको क्रियटर जोन एकेडेमीबाट यस वर्षको एसइइ परिक्षामा समावेश भएका किरन खड्का बाजुरा जिल्ला प्रथम भएका छन् । खड्काले जिल्लामै सवैभन्दा बढी ३.८० जिपिए ल्याएर जिल्ला प्रथम भएको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनबहादुर कार्कीले बताएका छन् । माद्यमिक शिक्षा परिक्षा (एसइइ) सूरुवात देखि बाजुरा जिल्लामा खड्काले ल्याएको […]
काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ। जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ। विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा […]
नागरिक रैबार/बाजुरा ६ असार। बाजुराको सदरमुकाम मार्तडीमा करेन्ट लागेर एक युवक घाइते भएका छन् । बिहिबार बेलुकी विद्युतको तार मर्मत गर्ने क्रममा त्रिवेणी नगरपालिका–३ पुर्भुताका २८ वर्षीय पुरन साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र अन्तरगत बडीमालिका नगरपालिका ९ कारागार नजिकै विद्युतको नाङ्गो तार हटाएर नयाँ […]
नागरिक रैबार/बाजुरा। बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ८ ले लैंगिक हिंसा रोकथामका लागि सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । वडा नम्बर ८ को आयोजनामा वडामा रहेको महिलाहरुको सहभागितामा लैङ्गिक हिंसा राेकथामका लागि सचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको वडा अध्यक्ष चन्द बहादुर थापाले बताएका छन । नगरपालिकामा हुने हिसांका घटना न्युनिकरणमा गर्न महिलाहरु […]
नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविका प्राचार्य शुभराज पाध्याय सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट प्रधानाध्यापक बनेका छन् । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) ले शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएकाे भन्दै पाध्यायलाइ उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको हो। सुदुरपश्चिम प्रदेशकै उत्कृष्ट प्रअ पाध्यायलाइ पुरस्कार सहित सम्मान गरिएकाे हाे । पानले शनिवारदेखि सुरु भएको तीन […]
धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाले चारवटा योजना प्रदेश सरकारबाट माग गरेको थियो।चालु आर्थिक वर्षको बजेटमा कार्यान्वयन गर्न विस्तृत योजना प्रतिवेदन (डिपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कनको कामसमेत गरेर नगरपालिकाले चारवटा योजना प्रदेश सरकारसँग माग गरेको हो। पर्यटकीय क्षेत्र राजकाँडासम्म जाने सडक, कर्णाली चिसापानी पुलमा विद्युतीकरण र टीकापुर सडकमा विद्युतीकरणलगायतका योजनाहरु लम्कीचुहा नगरपालिकाले सुदूरपश्चिम सरकारसँग माग गरेको हो। […]
जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार शान्तिसेनबाट फर्किएका बुढाथोकीले बिहान श्रीमती टिका बुढाथोकीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरेर हत्या गरेका प्रारम्भिक अनुसन्धानमा खुलेको छ । श्रीमती र नेपाल सेनाकै जवान आर्यन थापालाई आपत्तीजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरेको स्विकार गरेको प्रहरीले जनाएको छ । कपुरकोट ६ सल्यान घर भई नेपाली […]
बाजुरामा विद्युतको तार सर्ट भएर एक घरमा आगलागी भएको छ । जिल्लाको बुढीन्नदा नगरपालिका–१ कोल्टी बजारस्थित माने लुहारको घरमा आगलागी भएको हो । बुधबार राति ९ः०० बजे विद्युत सर्ट हुँदा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विद्युत सर्ट भएर घरमा आगो सल्किएपछि घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा, एक ल्याप्टप लगायतको सामान नष्ट […]
धनगढीः नेकपा एमालेले योजना खरिद–बिक्रीको बजेट नल्याउन चेतावनी दिएको छ।सोमवार पत्रकार सम्मेलन गर्दै नेकपा एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई योजना खरिदबिक्रीको बजेट नल्याउन चेतावनी दिएका हुन्। योजना किन्ने र बिक्री गर्नेको बजारमा बिगबिगी देखिएकाले बजेट बनाउदा जनअपेक्षाको ख्याल गरिनुपर्ने उनले बताएका छन्। मुख्यमन्त्री सोडारीले बिचौलिया पोस्ने खालको […]