होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनपछि सत्तामा आएका प्रधानमन्त्री केपी शर्मा ओलीले यस अवधिमा दुई महत्त्वपूर्ण सफलता हासिल गरेका छन् । ओलीको कार्यकालमा विभिन्न विवादहरु उत्पन्न भएपनि शान्ति प्रक्रियाका सवालमा भने सिके राउत र नेकपा विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याएर महत्त्वपूर्ण सफलता हाँसिल गरेका हुन् । प्रधानमन्त्री ओलीले २०७५ फागुन २४ गते पहिलो महत्त्वपूर्ण राजनीतिक […]
काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन् । यसअघि विप्लव समूहले आफ्ना एक हजार बढी नेता कार्यकर्ता राज्यले नियन्त्रणमा लिएको बताउदै आएको थियो । सहमतिपछि रिहाइ हुनेमा सचिवालय सदस्य धर्मेन्द्र, बास्तोला, हेमन्त प्रकाश ओली, माइला लामा लगायत […]
काठमाडौं । सरकार र विप्लव समूहबीच सहमति जुटेपछि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार […]
२० फागुन, डोटी । डोटीको केआई सिंह गाउँपालिका-४ मा रहेको झिमेमालिका माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुमा बेहोस हुने समस्या देखिएको छ । कक्षा ६, ७ र ८ मा पढ्ने १२ जना छात्राहरुमा करिब एक महिनादेखि टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुनेलगायतका लक्षण देखिएपछि पढाइ प्रभावित भएको छ । ‘हामीले धेरै प्रयास गर्यौं, उनीहरुको स्वास्थ्य जाँच […]
२० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेका हुन् । सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने छ । […]
२० फागुन, काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी प्रवक्ता खड्गबहादुर […]
काठमाडौं । नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चन्द्रप्रसाद रिजाल नियुक्त भएका छन् । गत मंगलबार बसेको बोर्डको कार्यकारी समितिले रिजाललाई उपाध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । उपाध्यक्षमा नियुक्त भएका रिजाल यसअघि बोर्डका कार्यकारी सदस्य समेत हुन् । गत माघ २३ गते बसेको बोर्डको बैठकले रिजालसहित पर्यटन व्यवसायी ङावा ङिमा शेर्पा र कृष्णकुमार शाहलाई समेत कार्यकारी […]
१९ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनमा विभिन्न १३ पत्रकार संघले गठबन्धन गरेका छन् । पाँच बुँदे प्रतिबद्धतापत्रमा संयुक्त हस्ताक्षर गर्दै महासंघको निर्वाचनमा गठबन्धन गर्ने सहमति जुटेको जनाइएको छ । महासंघको नेतृत्वमा सबै संघसंगठनको अनिवार्य प्रतिनिधित्व हुने गरी अन्य पत्रकार संगठनहरुसँग पनि वार्ता तथा संवाद गर्न संयुक्त गठबन्धन बनाइएको क्रान्तिकारी पत्रकार संगठनका उपाध्यक्ष एवं […]
१९ फागुन, काठमाडौं । सरकार र विप्लव समूहसँग एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् । यसअघि बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पहिलो चरणको वार्ता भएको थियो । दोस्रो चरणको वार्ता […]
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको सातौं अधिवेशन अन्तर्गत बुधबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको छ । प्रदेशसभामा सूचना टाँस गर्दै बैठक स्थगित भएको जानकारी दिइएको हो । प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफल सकिएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बुधबार प्रदेशसभामा पेश गर्ने कार्यसूची थियो । विशेष कारण देखाएर बैठक स्थगित […]
काठमाडौं । आफ्नो सुरक्षामा खतरा रहेको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय देश दौडाहामा अझ बढी सक्रिय हुन थालेका छन् । ‘सुरक्षा थ्रेट’ का बाबजुद प्रधानमन्त्री ओली काठमाडौं बाहिरका कार्यक्रममा सहभागी हुन किन सक्रियता बढाइरहेका छन् भन्ने प्रश्न स्वाभाविक रुपमा उठेको छ । वाक्पटुताका धनी प्रधानमन्त्री ओलीले विकास निर्माणका विभिन्न […]
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् । उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’
१९ फागुन, काठमाडौं । डोटीको जोरायल गाउँपालिकाका ज्येष्ठ नागरिक तथा अन्य बिरामीको स्वास्थ्य उपचार सहज भएको छ । घरैमा उपचार गर्नका लागि जिल्ला अस्पताल डोटीले ‘गाउँघरैमा चिकित्सक’ भन्ने कार्यक्रम सञ्चालन गरेपछि उपचार सहज भएको हो । जिल्लाका नौवटै स्थानीय तहमा लागू गर्ने योजनाअनुसार सुरु गरिएको उक्त कार्यक्रम पहिलो चरणमा जोरायल गाउँपालिकाबाट सुरु गरिएको हो । […]
बाजुरा: बाजुरामा यस वर्ष मात्रै १ लाख २५ हजार फलफुलका बिरुवा रोपिएका छन्।गत वर्ष झै यो वर्षपनि सरकारी अनुदान र किसानको लागतमा १ लाख २५ हजार बिरुवा रोप्ने काम भइरहको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले बताए। बाजुरालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्रले २०७७ साललाई फलफूल रोपण वर्ष घोषणा […]
काठमडौँ, १९ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदको आसन्न अधिवेशनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा पुनर्स्थापनापछि २३ गते संसदमा प्रस्तुत हुने विषयमा निर्णय गर्न कांग्रेसले यही फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक बोलाएको हो । सरकारको सिफारिसमा […]
१९ फागुन, काठमाडौं । प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभाका सांसदहरुले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । बुधबार बिहान सिभिल अस्पताल पुगेर सांसदहरुले खोप लगाएका हुन् । बिहान १० बजेदेखि सुरु भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा, नेकपा नेता देवप्रसाद गुरुङलगायतले खोप लगाएका छन् । खोप लगाउने कार्यक्रम जारी छ । अपराह्न […]
काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानन्यायाधीशले पनि कोरोना विरुद्धको खोप लगाउने भएका छन् । स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्चपदस्थ अधिकारीहरुले फागुन २३ गते कोरोनाविरुद्धको खोप लगाउने जानकारी दिएका हुन् । सांसदहरुले भने बुधबारबाटै यो खोप लगाउन सुरु गरेका छन् । बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर सांसदहरुले खोप लगाउन थालेका हुन् । फागुन […]
हाल उल्लेखनीय मौसमी प्रणाली छैन । देशभर मौसम सामान्यतया सफा छ । बुधबार देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। बिहीबार देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागहरुको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार […]
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव लगाउनमा काँग्रेस र जनता समाजवादी पार्टी नेपालले सघाउने संकेत दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड समूहले त्यसअनुसारको तयारी थालेको छ । सरकार बनाउन तत्कालै सहयोग नगर्ने भनिए पनि अविश्वासको प्रस्तावमा सहयोग गर्ने सङ्केत दिएपछि नेकपा प्रचण्ड–माधव समूहले त्यसको तयारी थालेको हो । जसपा नेपालका कार्यरिणी समितिका एकजना सदस्यले रातोपाटीसँग […]
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । प्रेस सङ्गठन मोरङद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । कार्यक्रममा नेपालले प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने बताए । उनले बहुमत सदस्य आफूहरुका पक्षमा रहेको जिकिर […]