होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट बाहिरिएका छन् । संसद बैठक सुरु हुनुअघि नै संसद भवन नयाँ वानेश्वर आएका प्रधानमन्त्री ओली संसद बैठक सुरु हुनुअघि नै बाहिरिएका हुन् । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि पहिलो पटक संसद बैठक आइतबार बस्दैछ । आइतबार संसद अधिवेशन आह्वानसम्बन्धी र मन्त्रिपरिषद गठनसम्बन्धी राष्ट्रपति […]
२३ फागुन, काठमाडौं । नेकपा ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले वास्तविक अर्थको एकता गर्न ढोका खोलिदिएको बताएका छन् । ‘पार्टीहरुलाई एकीकरण पूर्वको अवस्थामा पुर्याइदिएको छ । यसले वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताको लागि ढोका खोलिदिएको छ’, ज्ञवालीले भने । आइतबार सर्वोच्च अदालतले नेकपा नामसम्बन्धी विवादमा […]
काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) एककीकरण अघिको अवस्थामा पुगेको छ । सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को एकीकरणबाट बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राजनीतिक दलसम्बन्धी ऐन विपरीत तथा नियम विपरीत दर्ता भएको ठहर गरेपछि यस्तो अवस्था उत्पन्न भएको हो । सर्वोच्च अदालतले […]
काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त हुने कोभिड–१९ विरुद्धको खोपको पहिलो खेप सरकारले प्राप्त गरेको छ । विभिन्न देशका सरकार, अन्तरराष्ट्रिय संस्था तथा निजी क्षेत्रको सहयोगमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) र विश्वस्वास्थ्य सङ्गठनको समन्वयमा कोभ्याक्स सुविधाको खोप सरकारलाई आज प्राप्त भएको हो । कोभ्याक्सले नेपाललाई प्रदान गर्ने १९ लाख २० हजार मात्रा खोपमध्ये पहिलो चरणमा आज […]
सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादमा आइतबार फैसला गरेसँगै राजनीति थप भद्रगोल बनेको छ । ‘नेकपा’ नामलाई लिएर देखिएको विवादमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो । निर्वाचन आयोगले आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र […]
२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । दुई दल एकीकरण भएपछि […]
२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् । सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए ।
२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ ।निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार […]
काठमाडौं । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने /नजाने विषय महत्वपूर्ण नभएको बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको स्पष्ट पारे । सरकार बनाउन साथ दिने जानकारी दिँदै उनले भने, “सरकारसँग भएका तीन बुँदे सहमति कार्यान्वयनपछि […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अघि बढाउने भनेको अविश्वास प्रस्ताव प्रभावित बनेको छ । यसअघि प्रचण्ड–माधव पक्षले आइतबार अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा बैठक अघिसम्म प्रधानमन्त्रीले राजीनामा नगरे अविश्वास प्रस्ताव अघि बढाउने जनाएको थियो । आइतबार बिहानसम्म पनि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा गर्ने संकेत नदेखाएपछि प्रचण्ड–माधव पक्षका नेताहरुले आन्तरिक छलफल […]
२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संसदीय दलको नेता परिवर्तन भएको जानकारी संसद सचिवालयलाई दिएको छ । प्रचण्ड-माधव समूहका सांसदहरुले शुक्रबार पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको थियो, जुन बैठकमा ११५ सांसद उपस्थिति रहेको उनीहरूको दाबी छ । दल नेता परिवर्तनको त्यही जानकारी दिन प्रचण्डसँगै अर्का अध्यक्ष माधवकुमार नेपालसहितका सांसदहरुले संसदका महासचिव […]
टीकापुर नरगपालिका–१ एकतानगर शिविरका टेकबहादुर दमाइँ हप्ता दिनदेखि वडा कार्यालय धाउँदै आएका छन् । छोराको नागरिकताको सिफारिसका लागि वडा कार्यालय पुगेका टेकबहादुर शुक्रबार पनि लाइनमै देखिए । उनको धेरै ठूलो काम पनि थिएन । सबै प्रक्रिया पूरा भई सिफारिस मात्रै लिनुपर्ने भए पनि तीन दिनदेखि त्यही सिफारिसको पछाडि टेकबहादुृर दौडिरहेका छन् । “वडाबाट हुने सबै […]
२३ फागुन, काठमाडौं । पुनःस्थापित संसदको बैठकमा प्रचण्ड-माधव नेपाल पक्षका सांसदहरु पनि सत्तारुढ दलकै लहरमा बस्ने भएका छन् । दल विभाजनको औपचारिक पत्र प्राप्त नभइसकेकाले नेकपाका दुवै पक्षका सांसदहरुलाई एउटै लहरमा बस्ने व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ । आइतबार अपराह्न संसद बैठक बस्नुअघि संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले पत्रकार सम्मेलन गरी भने, ‘दलको […]
२३ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को नाम सम्बन्धी विवाद न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकिकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोग लगायत विरुद्ध मुद्दा दर्ता गरेका थिए । […]
२३ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । आइतबार बिहान सभामुख सापकोटाको कार्यकक्षमा पुगेर प्रचण्ड–नेपालले भेटवार्ता गरेका हुन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले भेटवार्ताको पुष्टि गरे पनि भेटमा भएको कुराकानीको विषयवस्तु थाहा नभएको बताए । पुनःस्थापित संसद बैठक बस्नुअघि […]
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आइतबार बिहान त्रिभूवन विश्वविद्याय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् । खोप लगाएको केही समयमै खोप केन्द्रबाट निस्किसकेका प्रधानमन्त्री ओलीले खोप लगाएर कोरोना पराजित गर्ने अभियान सफल बनाउन सबैलाई आग्रह […]
२१ फागुन, बुटवल । अर्थमन्त्री विष्णु पौडेलविरुद्ध रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र प्रभावित स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् । ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएका थिए । अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको […]
काठमाडौं, २१ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् । शुक्रबार बानेश्वरमा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकबाट दाहाललाई दलको नेता चयन गरेको हो। वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा प्रचण्ड–नेपालले आधिकारिक पार्टी आफूहरू रहेको बताएका छन् । पुस ९ गते संसदीय दलको नेता […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्दको कदमले जनताको मन जितेको बताएका छन् । राष्ट्रिय सभा गृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चन्दले ‘सेफ ल्यान्डिङ’ गरेको पनि बताए । ‘उहाँले एउटा कदबाट नेपाली जनताको मन धेरै जित्नु भएको छ । यसै कदमबाट । यो साहसिक कदम हो । […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कम्युनिस्टहरु विद्रोही मात्र नभएर शान्तिका दूत पनि हुन् भन्ने तर्क गरेका छन् । सरकारसँग भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित समारोहलाई शुक्रबार राष्ट्रिय सभागृहमा सम्बोधन गर्दै उनले समाजमा चार थरी मानिस पाइने बताए । ‘एकथरी शोषक र उत्पीडक हुन्छन् भने दोस्रो थरी उत्पीडित वर्ग […]