होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
८ चैत, काठमाडौँ । यातायात व्यवस्था विभागले यही चैत १५ गतेदेखि सवारी साधनले तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित ठाउँमा सामग्री झार्ने र जरिवाना गर्ने भएको छ । मालवाहक सवारी साधनको भरवाहन नियमनसम्बन्धी निर्देशिका, २०७४ को व्यवस्थाअनुसार मालवाहक सवारीसाधनको नियमन र गल्ती पाइएमा कारवाही गर्न लागिएको विभागले जनाएको छ । मालवाहक सवारीसाधनले निर्देशिकामा तोकिएको मापदण्डबमोजिम […]
८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले देशभर १ लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको छ । चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रयि समितिको बैठकले हरेक निर्वाचन क्षेत्रमा १ हजार जनाको दरले १६५ निर्वाचन क्षेत्रमा चैतभित्रमा सदस्यता विस्तार गर्ने निर्णय गरेको हो । […]
८ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मास्ने पात्रको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली अगाडि आएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा आइतबार उनले अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने पात्रको रुपमा केपी शर्मा ओलीलाई अगाडि सारेको बताएका हुन् । ‘…देशभित्रका संविधान विरोधी, गणतन्त्रविरोधी, देशबाहिरका […]
नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने बताएका छन्। ओली पक्षको बैठकले रावलसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय शनिबार गरेको थियो।आइतबार ट्वीटमार्फत् रावलले आफूहरूलाई स्पष्टीकरण सोध्ने निर्णय अवैध भएको बताएका छन्। ‘केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अवैध छ। यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो,’ […]
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले संधिवानमाथि नै प्रहार हुन थालेको बताएका छन् । नेपाली जनताको हक अधिकार रक्षा गर्न लामो संर्घषपछि तयार पारिएको संविधानमाथि नै प्रहार हुन थालेकाले यसको रक्षाका लागि सबै जुट्ने बेला आएको बताए । अन्तराष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गरेको अन्तक्र्रिया […]
इलाम । अनौठो रोगका कारण यहाँको एकै घरका चार जना बिरामी परेका छन् । चिच्याउने, कराउने, उफ्रिने खालको अनौठो रोगबाट फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरका दिदीबहिनी बिरामी परेका हुन् । होमबहादुर निरौला र उमा निरौलाका छ छोरी छन् । जेठी कोपिला र कान्छी सुशीलाबाहेक सबै अनौठो रोगबाट पीडित भएका छन् । माइली डिल्लीमाया निरौला (बोहोरा), साइली चन्द्रकला […]
काठमाडौं । मस्तिष्काघात भएर नर्भिक अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको परिवारले सरकारले दिने भनेको स्वास्थ्य उपचार खर्च नलिने भएको छ । जोशी परिवारले सरकारले दिने भनेको उपचार खर्चबापतको १० लाख रुपैयाँ स्वीकार नगर्ने उनका स्वकीय सचिव पुष्कर पाण्डेले जानकारी दिए । ‘सरकारले अनर ग¥यो, त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ । उहाँको परिवारले […]
८ चैत, काठमाडौं । नेकपा एमालेको जनसंगठनहरुमा पनि समानान्तर कमिटी बनाइन थालेको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले जनसंगठनहरुमा समानान्तर कमिटी बनाउन थालेको हो । ६ चैतमा अखिल नेपाल महिला संघको समानान्तर कमिटी बनेको थियो । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहले २९ फागुनमा एकपक्षीय राष्ट्रिय भेला गरेपछि खनाल […]
दमदम, कोलकाता — ४० वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) आइतबार बिहानै स्वदेश आइपुगेका छन् । कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल पठाइएको हो । झापामा पत्रकार सम्मेलन गरेर दुर्गालाई परिवारको जिम्मा लगाइने विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले जनाए । पत्रकार सम्मेलनपछि उनलाई इलाम माई नगरपालिका-१० […]
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–४ हसौरा क्षेत्रका स्थानीयवासी आफूले जोतभोग गरेको जग्गाको पुर्जा अर्कैको नाममा हुँदा चिन्तित बनेका छन् । हसौरा, चिलाहा, सालघारी, चिलाहा खोलापारि, स्कूलटोल, बगनासे, कुसनरी, सातबिघा, बीचटोल, ढुङ्गेनीका बासिन्दा पुर्जाविहीन बन्दा समस्यामा परेका छन् । लामो समयदेखि बसोबास गरेको जमिन भूमाफियाले आफ्नो नाममा पुर्जा बनाउँदा यस क्षेत्रका बासिन्दा समस्यामा परेका हुन् […]
कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको समयमा मात्र नभई सधैँ संस्कृति संरक्षणका […]
बनेपा: काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नम्बर ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए । उनका अनुसार रिजाल […]
बाजुरा चैत ८ । मेरो गणना, मेरो सहभागिता भन्ने आदर्श वाक्यका साथ देशव्यापी रुपमा सञ्चालन हुने बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को तयारी बाजुरामा पनि तीव्र पारिदै छ। हरेक दश वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणनामा कोही नछुटुन, कोही नदोहोरिउन भनेर संरचनात्मक लगायत जनशक्तिको व्यवस्थापन ईत्यादि कात्यहरु तीव्र रुपमा सञ्चालन भइरहेका छन्। यसै क्रममा बाजुरामा यही चैत्र […]
६ चैत, हुम्ला । हुम्लाको उत्तरी नाका खुल्न समय लाग्ने भएको छ । हिमपातका कारण बाटो बन्द हुँदा जिल्लाको उत्तरी नाम्खा गाउँपालिकास्थित लिमी गाउँमा पाँच महिना आवतजावत रोकिने भएको छ । लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा त्यहाँ पुग्ने अर्को कुनै विकल्प नभएको त्यहाँका वडाध्यक्ष पाल्जोर तामाङले बताए । केही दिनअगाडिको हिमपातले लिमी […]
पोखरा । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक हैसियत नभएको बताएका छन् । उनले केपी ओली नेकपाको तर्फबाट प्रधानमन्त्री बनेकाले सर्वोच्च अदालतले नेकपा पार्टीनै ओली–प्रचण्डको नभएको भनी फैसला गरिसकेपछि अब उनलाई प्रधानमन्त्रीको पदमा बस्ने नैतिक अधिकार नभएको बताएका हुन् । नेपाली काँग्रेस निकट नेपाल […]
६ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार १६१ जनाको नमुना परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७५ हजार ७५० जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७१ हजार […]
६ चैत, काठमाडौं । सन्तानप्रति एउटी आमाको मन कति समर्पित हुन्छ होला ! यसको दुरुस्त उदाहरण हो- ७७ वर्षीया गीता जोशीको सक्रियता । सबेरै उठेर उनी हरेक दिन पूजापाठ गर्छिन् । हतार हतार थापथलीस्थित नर्भिक अस्पताल पुग्छिन्, जहाँ उनका छोरा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचार चलिरहेको छ । ७७ वर्षको उमेरमा पनि उनको आत्मविश्वास […]
५ चैत, काठमाडौं । नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो । आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् । बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो ।
काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी चैत १० गतेसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा विभिन्न राजनीतिक दलका दोश्रो तहका नेताहरुले सम्बोधन गरेका छन् । बैठकमा नेकपा एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, माओवादी केन्द्रकी सांसद पम्फा भुसाल, राजपाका सांसद राजकिशोर यादव, जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान […]
काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा फितलो प्रतिरक्षा गरेको भन्दै टिकाटिप्पणी हुन थालेपछि पटक–पटक हल्ला चल्यो–‘महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिँदै छन् ।’ हल्लाकै बीच प्रतिनिधिसभालाई सर्वोच्च अदालतले ब्यूँताएको करिब एक महिनापछि महान्यायाधिवक्ता खरेलले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरे । ‘राजीनामा किन लुकेर दिने, तपाईंहरुसँग फेस टु फेस कुरा गरेरै घोषणा गर्न बोलाएको हुँ’ विशेष पत्रकार […]