होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२३ जेठ, सुर्खेत । सुर्खेतमा मदिरा खुवाएर केही युवकले लोपोन्मुख राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गरेका छन् ।होटेलमा लिएर दुईजना राउटे युवतीलाई मदिरा खुवाई युवकहरुले दुर्व्यवहार गरेको भिडियोसमेत सार्वजनिक भएको हो ।युवतीमाथि दुव्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । यूवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता […]
धनगढीः चुरे क्षेत्रमा खोला तथा नदीजन्य पदार्थको उत्खननमा रोक लगाइए पनि सुदूरपश्चिम प्रदेशमा नदीजन्य पदार्थको उत्खनन र निकासी भइरहेको छ। प्रदेशको कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरा जिल्लालाई चुरे वन क्षेत्रले समेटेको छ। यी क्षेत्रका निषेधित खोलाहरूबाट ठेकेदारहरूले ढुङ्गा, बालुवा, तथा गिट्टी उत्खनन गरी निकासी गर्दै आएका छन्।चुरेको अवैध दोहनमा ठेकेदारहरूनै सक्रिय रहेको पाइएको छ। तर […]
२२ जेठ, काठमाडौं । पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो आलोचित बने । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै उनलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । महतो भने आफ्नो भनाइमा अडिग छन् । शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जनता समाजवादी पार्टी (जसपा)को […]
धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद् विस्तार गर्न लागेको खबर आइरहेका छन्। उनले आफूसँग रहेका मौज्दात मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्य समेत गर्न थालेका छन्। आफूसँग थप ७ मन्त्रालय राखेका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारी गरेको स्रोतले बताएको छ।जसअन्तरगत सुदूरपश्चिमबाट ४ जना एमाले नेताको मन्त्री बन्ने सम्भावना […]
पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार बढी निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना संक्रमण मुक्त भएका हुन् । यस्तै सोही अवधिमा ६८ जनाले ज्यान गुमाएका छन् ।
अष्ट्रेलिया सरकारले नेपाली सेनाका लागि पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले बलाधिकृत रथी प्रभुराम शर्मालाई हस्तान्तरण गरिन् । कोभिड–१९ बिरुद्ध लड्न नेपाली सेनाका स्वास्थ्यकर्मीका लागी आवश्यक स्वास्थ्य सामग्री अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत काठमाडौं ल्याइएको हो । बलाधिकृत रथी शर्माले अष्ट्रेलियाले गरेको सहयोग […]
काठमाडौं । उप-प्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई देश निकाला गर्नुपर्ने माग गरिएको छ । शनिबार नयाँ पार्टी, नेपाल काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतोलाई देश निकाला गर्नुपर्ने माग राखेको हो । पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा […]
२२ जेठ, काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् । पन्त काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन् । पन्तले गएको मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका थिए । त्यही शल्यक्रियाको असर भएको आशंकामा अस्पताल भर्ना गरिएको हो । अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
२२ जेठ, कर्णाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा शनिबार आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका […]
दक्षिण कोरियाले नेपाललाई २ लाख डलर बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोरिया सरकारले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरियाको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (कोइका) मार्फत २ लाख अमेरिकी डलर बरावरको १७७६० आरटी पीसीआर टेस्ट किटको सेट प्रदान गरेको हो। नेपालका लागी कोरियाली राजदूत पार्क छोङ सुकले किटहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य र जनसंख्या मन्त्रालयका […]
बझाङ: जिल्ला अस्पताल बझाङमा स्थापना भएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु भएको छ।सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ८० लाख रकमले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो। उक्त प्लान्टबाट शुक्रबार परीक्षण उत्पादन सफल भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए। अब आइतबारबाट नियमित उत्पादन हुने उनले बताए। केही दिनभित्र १६ वटा बेडमा पाइपमार्फत अक्सिजन पु¥याउने प्रविधि […]
२२ जेष्ठ, हुम्ला । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् । एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् । सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरु लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी […]
२२ जेठ, काठमाडौं । जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष शुक्रबार सरकारमा सहभागी भएपछि सोही पार्टीका अर्का नेता डा. बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ भनेर प्रश्न गरेका छन् । सामाजिक संजाल ट्वीटरमा नेता भट्टराईले ‘यक्ष प्रश्न’ भन्दै लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा […]
काठमाडौं। नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले संविधान संशोधन गर्न गठित कार्यदल राष्ट्रघाती भएको बताएका छन्। दुई पटक संविधानसभाको निर्वाचन भई जनताले ठूलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको रावलले बताए। ‘संविधान संशोधन कार्यदल राष्ट्रघात र जनघात हो। कामचलाउ प्रधानमन्त्रीको यो कार्य लोकतान्त्रिक मान्यता विरोधी […]
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजसम्म देशभर ९७ हजार ६९९ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । संक्रमण फैलिएसँगै आइसोलेसनमा बस्नेहरुको संख्या पनि बढ्दो छ । विशेषगरी कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका दीर्घरोगीलाई विशेषज्ञले विभिन्न सुझाव दिएका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर हरिहर खनाल कोरोना माहामारीका समयमा पनि मुटु रोगका बिरामीहरुलाई नियमित औषधी […]
अछामका ध्रुव बीसी पेसाले पत्रकार हुन् । तर, उनले कलम नसमाएको ठ्याक्कै एक वर्ष भयो । हिमालय टेलिभिजन, नयाँ पत्रिका दैनिकका सम्वाददाता एवं अछामको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक रहेका बीसी उच्च रक्तचापका कारण दुबै मृगौला फेल भएर हाल भक्तपुरको घर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र अनि निदान हस्पिटल पुल्चोकमा हप्ताको २ पटक डायलासिस गरेर बाँचिरहेका […]
काठमाडौं, २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । उनले आज जनता समाजवादी पार्टीलाई सरकारमा समावेश गरी मन्त्रिमण्डल पुर्नगठन गरेका हुन् ।मन्त्रिमण्डलमा यसअघि नेकपा एमालेबाट मन्त्री रहेकाहरु पनि दोहोरिएका छन् । नयाँ अनुहारलाई पनि ओलीले मन्त्री बनाएका छन् । एमालेबाट मन्त्री भएकाहरु विष्णु पौडेल, उपप्रधान तथा अर्थमन्त्री रघुवीर महासेठ, उपप्रधानसहित परराष्ट्रमन्त्री […]
एक साताभित्र वार्ता टुंगो नलागे नयाँ क्रान्तिकारी पार्टी घोषणा गर्ने उद्घोष गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफू एकताबद्ध एमालेको विपक्षमा नरहेको बताएका छन् । शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा समापन मन्तव्य राख्दै उनले एमालेको एकताकै पक्षमा आफू पनि रहेको बताएका हुन् । एकताका लागि भने उनले सर्त अघि सारेका छन् । लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको […]
२१ जेठ, काठमाडौं । सरकारले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शय्या कोभिड–१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न आग्रह गरेका […]
पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने संख्या बढी भएपछि सक्रिय संक्रमितको संख्यामा कमी आउन थालेको छ । हाल सक्रिय संक्रमितको संख्या घटेर ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा। १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो […]