होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पोखरा– गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आइतबार शुरु भएको छ । प्रदेश सभाको वर्षे अधिवेशनको पहिलो दिन सबै दलका संसदीय दलका नेताहरुले सम्बोधन गरेका छन् ।अधिवेशनको पहिलो बैठकमा आइतबार प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली (पोखरेल), माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमान र राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सम्बोधन गरेकी थिइन् । […]
सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट सहभागी ६ जना मन्त्रीले अझै स्पष्टीकरण बुझाएका छैनन् ।पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै उनीहरूलाई २४ घण्टे अल्टिमेटम दिँदै एमाले प्रदेश कमिटीले शनिबार स्पष्टीकरण सोधेको थियो ।शुक्रबार मन्त्री भएका ६ जनालाई नै स्पष्टीकरण पेश गर्न भनिएकोमा कसैले पनि स्पष्टीकरण बुझाएका छैनन् । एमाले सुदूरपश्चिम प्रदेश […]
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु गरेका हुन् । पहिलो मतदान उनले नै गरेका थिए । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको र निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र […]
नेपाल शिक्षक संघले सरकारले शनिबार घोषणा गरेको आगामी आर्थिक वर्षको बजेटमा आफूहरुको माग सम्बोधन नभएको भन्दै आलोचना गरेको छ । संघका अध्यक्ष राजेन्द्र राज पौडेल र महासचिव सोमनाथ गिरीले आइतबार जारी गरेको विज्ञप्तिमा बजेट विनियोजनमा नेपालको शिक्षा र शिक्षाकर्मीहरुप्रति प्रस्तुत व्यवहारले आफूहरुलाई गम्भीर बनाएको उल्लेख गरिएको छ । विज्ञप्तिमा हालको बजेटको परिदृश्यमा शिक्षाकर्मीहरुप्रति सरकारले सौतेलो […]
१६ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सरकारले ल्याएको अनुमानित आय–व्यय बजेटका सम्बन्धमा आइतबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र संकल्पका साथ बजेट आएको दाबी गरे । ‘यो बजेट […]
१६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ […]
काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ । बोर्डको शनिवार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रममणि पौडेलले बताए । उनले भने, ‘हामीले एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गरौँ भनेर शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौँ । […]
अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषण गर्ने क्रममा बुँदा नम्बर ४२० मा भने, ‘प्रतिनिधिसभा र स्थानीय तहको आगामी निर्वाचनका लागि आवश्यक रकम विनियोजन गरेको छु ।’ सरकारले आगामी कात्तिक २६ गते र मंसिर ३ गतेका लागि प्रतिनिधिसभाको मध्यावधि निर्वाचन गर्ने मिति तोकेको छ । त्यसैगरी आगामी फागुनमा स्थानीय तहको आवधिक निर्वाचन गर्नुपर्नेछ । यिनै दुईवटा […]
सत्तारुढ दल नेकपा एमाले औपचारिक बिभाजन हुने लगभग तयारि पुरा भैसकेको छ । करिव बहुमत नजिक भएको एमाले माओबादीसँग पार्टी एकता गरेर करिव दुई तिहाइ जनमत पाएको नेकपा बनेको थियो । रातारात एमालेसँग माओवादीको गठबन्धन बनाएर निर्वाचनमा होमिएको संयुक्त गठबन्धन पार्टी एकतामा प्रवेश गर्दै अन्ततः अदालतको आदेशले विभाजन गरेको थियो । अदालतको आदेशले नेकपा विभाजन […]
काठमाडौँ — सामुदायिक विद्यालयमा दुई वर्षभित्रै इन्टरनेट सुविधा पुर्याउने लक्ष्यसहित सरकारले शिक्षा क्षेत्रमा अधिकांश विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०६७/६८ को बजेट भाषणमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रत्येक विद्यालयमा इन्टरनेट सुविधा पुर्याउने बताएका थिए । १० वर्षपछिको बजेटमा शनिबार अर्थमन्त्री विष्णु पौडेलले पनि दुई वर्षभित्रै सबै सामुदायिक विद्यालयमा इन्टरनेट पुर्याउने घोषणा […]
सरकारले आर्थिक वर्ष २०७८–८९ का लागि ल्याएको वार्षिक बजेटलाई निजी क्षेत्रले सकारात्मक भएको तर कार्यान्वयनमा भने शंका व्यक्त गर्ने ठाउँ रहेको प्रतिक्रिया दिएका छन् । सरकारले ल्याएको बजेटलाई प्रशंसा गर्नुपर्ने भए पनि यो सरकार स्थायी नभएकाले शंका गर्नुपर्ने ठाउँ रहेको बताएका छन् । बजेटप्रति विभिन्न टीकाटिप्पणी उठिरहेका बेला वर्तमान सरकारले ल्याएको बजेटलाई भने निजी क्षेत्रले […]
निर्वाचन घोषणा गरेको सरकारले कामचलाउ बजेट ल्याउन दिइएको सुझाव लत्याउँदै पूर्ण आकारको नियमित बजेट सार्वजनिक गरेको छ। चुनावी सरकारले निर्वाचन केन्द्रित बजेट र कार्यक्रम ल्याउन नहुने सर्वमान्य सिद्धान्तविपरीत सयौं नयाँ कार्यक्रम समावेश गरेर बजेट घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को बजेटमा विद्यार्थीदेखि ज्येष्ठ नागरिकसम्मका सबैलाई खुसी बनाउने प्रयास […]
काठमाडौं, जेठ १६ । प्रतिनिधिसभा विघटन गरेको कामचलाउ सरकारले अध्यादेशमार्पmत आगामी आर्थिक वर्ष (आव) २०७८र७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो गत आवको विनियोजनको तुलनामा ११ दशमलव ७ प्रतिशतले बढी हो ।अध्यादेशमार्फत पूर्ण बजेट नल्याउन धेरैले माग गरे पनि त्यसको बेबास्ता गर्दै सरकारले आगामी वर्ष ६ […]
नेकपा एमालेका उपाध्यक्ष एवं पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेको केन्द्रीय कमिटीमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको लिखित प्रस्ताव राख्ने व्यक्ति आफू भएको बताएका छन् । पार्टीमा गणतन्त्रको प्रस्ताव राख्दा तीनजना नेताहरु विपक्षमा उभिएको नेता गौतमले बताएका छन् । शनिबार १४ औं गणतन्त्र दिवसका अवसरमा नेता गौतमले एमालेभित्रका गणतन्त्र विरोधी नेताहरुको स्मरण गरेका […]
१४ जेठ, काठमाडौं । मृगौला प्रत्यारोपण गर्नुपर्ने रकमको अभावमा छटपटाइरहेका अछामका पत्रकार ध्रुव बिसी क्षेत्रीले सहयोगको अपिल गरेका छन् । वैकल्पिक उपचार विधि अपनाउँदा एक वर्ष बितिसकेको र यसबीचमा १८ लाख रुपैयाँ सकिएपछि आफु निकै समस्यामा परेको क्षेत्रीले बताएका छन् । आर्थिक रुपमा आफु समस्यामा परेको र अब मृगौला प्रत्यारोपण गर्न रकम अभाव भएको भन्दै […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले चौथोपटक मन्त्रिमण्डल विस्तार गरेका छन् । भट्टले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका हुन् । मन्त्री मण्डलमा एमालेबाट पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारी, पूर्णा जोशी , लालबहादुर खड्का र माओवादीबाट मानबहादुर धामी थपिएका छन्। सोडारीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जोशीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय र खड्कालाई सामाजिक विकास मन्त्रालय र धामीलाई […]
नागरिक रैबार/बाजुरा १४ जेठ। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाह दोस्रो पटक मन्त्री बनेका छन् । बाजुराको प्रदेश ख मा एमालेबाट निर्वाचित शाह दोस्रो पटक मन्त्री बनेका हुन् । उनले यस अघि सम्हाल्दै आएको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट शुक्रबार राजिनामा दिएपछि मन्त्रीमा दोहोरिएका शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी […]
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९मा सरकारले गर्ने कामहरुको लागि आधारभूत नीतिहरु सार्वजनिक गरेका छन् । संविधानअनुसार राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुपर्ने थियो । तर, संसद विघटन गरिएपछि कामचलाउ भएको सरकारले अध्यादेशमार्फत बजेट ल्याउन तयारी गरिरहेको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट जारी […]
धनगढीः नेकपा एमाले संसदीय दल सुदूरपश्चिम प्रदेश सभाले प्रमुख सचेतकमा लालबहादुर खड्कालाई नियुक्त गरेको छ। भने सचेतकमा दुर्गा कुमारी कामीलाई नियुक्त गरेको हो। संसदीय दलका नेता प्रकाश शाहले शुक्रबार प्रमुख सचेतक र सचेतक नियुक्त गरेका हुन्। यसअघि प्रमुख सचेतकमा तारा लामा तामाङ रहेका थिए। भने सचेतक माओवादीका अक्कल रावल रहेका थिए।प्रदेश सरकारका मन्त्री हुने निश्चित […]
धनगढी — नेकपाभित्र अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच रस्साकस्सी चलिरहेका बेला दलको सुदूरपश्चिम संसदीय दलले प्रमुख सचेतक फेरबदल गरेको छ । यसअघि प्रमुख सचेतक रहेका तारा लामा तामाङलाई पदमुक्त गरेर शुक्रबार लालबहादुर खड्कालाई प्रमुख सचेतक नियुक्त गरिएको छ । नवनियुक्त प्रमुख सचेतक लालबहादुर खड्का (बायाँ) र जिम्मेवारीमुक्त गरिएका सुदूरपश्चिम एमालेका प्रमुख सचेतक […]