होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२१ असार, काठमाडौं । काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान साढे छ बजे कम्पन्न भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार काठमाडौंको कुलेश्वरमा केन्द्रविन्दु भएर ३.२ म्याग्नेच्युटको भूकम्प गएको हो ।
२० असार, चितवन । चितवनबाट ९ दिनदेखि बेपत्ता सुजाता भण्डारीको शव राप्ती नगरपालिकाको ब्रह्मस्थानी सामुदायिक वनमा भेटिएको छ । आइतबार अपराह्न शव भेटिए पनि साँझ परिवारले पहिचान गरेको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए । भण्डारीको अपहरण भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । अन्तिम पटक भण्डारीले दिदीलाई फोन गरेर आफूलाई तीन जनाको समूहले […]
२१ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्दै छ । ‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ नाम दिइएको सो सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सि जिनपिङले ‘कि नोट स्पीच’ दिने छन् । त्यसपछि नेपालसहित विश्वका नेताहरुले पठाएको भिडियो सन्देश प्रशारण गरिने छ […]
२० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,८७६ जनाको पीसीआर परीक्षणमा १,०४२ र ३,२५६ जनाको एन्टिजेन परीक्षणमा ५६१ जना गरी १,६०३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४६१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ३४२, ललितपुरमा ८८ र भक्तपुरमा […]
२० असार, काठमाडौं । मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको भन्दै रिटमा उनलाई […]
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरु र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटवार्ताका लागि प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेताहरु पुगेका थिए । सो क्रममा आफूहरुले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको प्रवक्ता विश्वकर्माले आइतबारै आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भेटका क्रममा […]
सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि उत्पादित पाठ्यपुस्तक हालसम्म ७० प्रतिशत बिक्रीवितरण गरेको छ । कोरोना महामारी र निषेधाज्ञाका बीच पाठ्यपुस्तक उत्पादन र वितरणलाई अत्यावश्यक सेवामा राखिएपछि लिमिटेडबाट छापिएका पाठ्यपुस्तक विभिन्न प्रदेश र जिल्लामा बिक्रेतामार्फत ढुवानी गराइएको हो । विगतका तय गरिएका पाठ्यक्रम मुद्रणीय प्रति (सिआरसी) का आधारमा पहिल्यै छापिएका […]
२० असार, काठमाडौं । लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएकी सुमन शर्मा रायमाझीले शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको प्रदेशसभा सचिवालयलाई जानकारी गराएकी छन् । रायमाझीले आफूले संसदीय दल र पार्टीको निर्णय विपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको, तर हाल राज्यमन्त्री पदबाट राजीनामा दिई विपक्षमा रहने निर्णय गरिसकेको संसद सचिवालयलाई जानकारी गराएकी हुन् । […]
राष्टियसभाको बैठकमा सरकारले अघिल्लो वर्ष बाढी पीडितलाई घोषणा गरेको राहत अझै नदिएको भन्दै गुनासो गरेका छन् । गृहमन्त्री विष्णु पौडेलले बैठकमा बाढी प्रभावितहरूका लागि सरकारले गरेको कामको फेरिहस्त सुनाएपछि अघिल्लो वर्षका बाढी प्रभावितले यो वर्षसम्म किन राहत पाएनन् भनेर प्रश्न गरे । सांसद प्रकाश पन्थले बाढी पहिरो जस्ता विपत्तिका गृहमन्त्रालयको तयारी छेपारोको उखान जस्तो […]
गृहमन्त्री विष्णुप्रसाद पौडेलले प्राकृतिक विपत्तिबाट घरमा क्षति पुगेका ५ सय ७२ परिवारका लागि ५० हजारका दरले राहत दिने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यो वर्ष मनसुनको प्रभावबाट असार १६ गतेसम्म घरमा क्षति पुगेका परिवारलाई अस्थायी बसोबासका लागि जिल्ला प्रशासन कार्यालय मार्फत सो रकम दिइने जानकारी गराएका हुन् । उनले भने, […]
२० असार, बैतडी । आइतबार बिहान बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले उपचारका लागि लैजाने क्रममा धामीको मृत्यु भएको जानकारी दिए । […]
२० असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतले प्रधानमन्त्री नियुक्ति गर्न मिल्छ र भनी प्रश्न उठाएका छन् । आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथि सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गरेका बेला प्रधानन्यायाधीश जबराले अदालतले प्रधानमन्त्री नियुक्त गरिदिने अभ्यास राम्रो हो र भनी प्रश्न उठाएका हुन् । अधिवक्ता मेघराज पोखरेलले बहसका क्रममा संविधानको धारा ७६ (५) […]
काठमाडौं, असार २० । देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाले वर्षा हुने क्रम जारी रहेको छ हाल तराईका भू–भाग नजिक मनसुनी न्यूनचापीय रेखा सक्रिय रहेकाले प्रदेश नम्बर १, २, वागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा भारी वर्षा हुने भएको छ । आगामी सोमबारसम्म ती स्थानमा सामान्यदेखि भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका […]
काठमाडौं, असार २० । कक्षा १२ का विद्यार्थीको राष्ट्रिय परीक्षा होम सेन्टरबाटै हुने सम्भावना बढेको छ । कोरोना भाइरसको सङ्क्रमण कम भए पनि पूरै नघटेकाले अर्को विद्यालयमा परीक्षा दिन जान सक्ने अवस्था भने नरहेको सरकारी अधिकारीहरूले बताएका छन् । शिक्षा मन्त्रालयका सहसचिव शर्माले अर्को विद्यालयमा परीक्षा दिलाउने कुरामा समस्या पर्न सक्ने आकलन आफूहरूले गरेको उल्लेख […]
बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ।जिल्लाको सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जीप लगनबजार नजिकै दुर्घटना हुँदा सिगास गााउँपालिका ३ का ६४ वर्षीय रामसिह धामी र ४५ वर्षीय मानसिँह साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालकले बताए। दुर्घटनामा अन्य […]
१९ असार, काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने प्रयास गरेका छन् । दुई नेता आ–आफ्नो अडानमा रहँदा पार्टी फुटतर्फ उन्मुख भएपछि दोस्रो तहका नेताहरुले सम्वाद गराउन प्रयास गरेका हुन् । आइतबार विहान ओली पक्षका नेताहरु सुवास नेम्बाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता […]
हेर्दाहेर्दै पानीको तीव्र रेत (बहाव) ले घर ढलेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर बेघर भएका छन् । गत मङ्गलबारदेखि लगातार परेको पानीले डुबानमा परेको घर शनिबार गर्ल्यामगुर्लुम ढलेपछि कापरको परिवार बिचल्लीमा परेको छ । कापरसँगै सो बस्तीका १५० भन्दाबढी घर डुबानमा परेका छन् । लगातारको वर्षाले कच्ची घर बुधबार नै डुबेको कापरले बताए । […]
आजको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री विष्णु पौडेलले सम्वोधन गर्ने भएका छन् । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा गृहमन्त्री पौडेलले बाढी पीडितका लागि सरकारले गरेको बारे जानकारी गराउनेछन् । आजको बैठकमा सांसदहरुलाई बोल्नका लागि विशेष समय नराखिएको राष्ट्रिय सभामा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिइन् । यस्तै […]
२० असार, धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान बैतडीको सिगास गाउँपालिका–३ लगनमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले दुर्घटनामा परेर सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद र […]
आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका २ वटा सम्भावित कार्यसूची तोकिएको छ । आजको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७७/०७७ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले […]