होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१३ साउन, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए । सबै जिल्लाबाट […]
काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ ।कक्षा १२ को परीक्षा साउन ३१ गते शुरु हुँदैछ । ‘४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ’ समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउदै भनिन् । […]
काठमाडौं । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बित्न लाग्दा पनि हिमाली जिल्लाका अधिकांश विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।असार एक गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएको छ । शैक्षिक सत्र शुरु भएको करिब डेढ महिना बितिसक्दा पनि हुम्ला जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । जुम्लामा तीन वटा वितरकले पुस्तक पुर्याउने सम्झौता गरेका छन् […]
जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७/७८ मा करीब रु एक अर्ब भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने गरेको छ । आव २०७७/७८ मा जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा खर्च हुन नसकेर रु एक अर्ब १३ करोड […]
धनगढीः आफूमा अद्भूत क्षमता भएको दावी गरेर युट्युब तथा सामाजिक संजालमा चर्चामा आएका विजयी शाहीको मृत्युको हल्लाले हिजो सामाजिक सञ्जाल ततायो। सामाजिक सञ्जालमा मृत्युको हल्ला ब्यापक भएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टंकबहादुर शाहीले विजयको घरमै प्रहरी पठाए। प्रहरीले मृत्युको हल्ला झुटो भएको बतायो। विजय कालिकोट महाबु गाउँपालिका वडा नं. ५ स्थित आफ्नो घरमै भेटिए। […]
धनगढी : दार्चुला जिल्ला अदालतले सामूहिक बलात्कारको अभियोग लागेका दुईमध्ये एक जनाको कसुर ठहर गरेको छ। बलात्कारको मुद्दाका अभियुक्त गाडी चालकलाई सफाइ दिएको अदालतले सहचालकलाई दोषी ठहर गरेको हो। अदालतका सूचना अधिकारी बिमल रेग्मीका अनुसार सोमबार जिल्ला अदालत दार्चुलाका न्यायाधीश लोकजंग शाहको एकल इजलासले १९ वर्षीय सहचालक सन्तोष महरलाई दोषी ठहर गरेको हो भने २७ […]
धनगढी: सुदूरपश्चिममामा नेपाली कांग्रेसले ७४ हजार बढी क्रियाशिल सदस्य थपेको छ। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनअनुसार सुदूरपश्चिममा ७४ हजार ७ सय ५६ जना क्रियाशिल सदस्य नयाँ बनाइएको उल्लेख छ। यस्तै बागमती प्रदेशमा एक लाख ८६ हजार एक सय ४३, प्रदेश नम्बर १ मा एक […]
काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले […]
महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा अहिले भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट एवं निमित्त कार्यालय प्रमुख डा.सतिश साहका अनुसार विगत पाँच÷सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो । उनले अहिले जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०÷७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको बताए । उनका […]
१३ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् । बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । युद्ध संग्रहालय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो […]
धनगढीः जिल्ला प्रहरी कार्यालय दार्चुलाले बाढी–पहिरोबाट हुने जोखिम न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका सबै स्थानीय तहमा बाढी–पहिरोबाट हुने जोखिम न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो। सचेतनामुलक कार्यक्रम मंगलबारदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। उक्त कार्यक्रम एक हप्तासम्म […]
मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाबाट जारी बुलेटिन अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यस्तै राति […]
काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणको सकारात्मक सहउत्पादनका रूपमा विकास भएको शिक्षण सिकाइका वैकल्पिक माध्यममध्ये अनलाइन कक्षामा शिक्षकका आफ्नै गुनासाहरू छन् । अनलाइनमा पढाउने क्रममा शिक्षकका अनेक अनुभवहरू छन् । काठमाडौँ त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयकी शिक्षिका उर्मिला मानन्धरलाई एक दिन एक जना अभिभावकको फोन आयो । ती अभिभावकले शिक्षिकाले नपढाएको भन्ने गुनासो गरे । उर्मिला अचम्ममा […]
बझाङ । खाद्य तथा व्यापार कम्पनी लिमिटेडको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । बजारभन्दा खाद्यको चामल प्रतिकिलो ३ रुपैयाँ महँगो भएको गुनासो आउन थालेको छ । खाद्यले बिक्री गर्ने चामल महंगो भएपछि नबिकेको जयपृथ्वी नगरपालिका– ११ भोपुरका सुरेन्द्र जोशीले […]
११ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०२० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् […]
११ साउन, काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले एमाले नेता महेश बस्नेतको धम्कीले आफू रत्तिभर विचलित नभएको बताएका छन् । राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा कुनै एक व्यक्तिको धम्कीले आफू प्रभावित नहुने बताए । सोमबार कुरा गर्दै संग्रौलाले भने, ‘महेश बस्नेतहरूको अभिव्यक्ति सत्ताबाट बाहिरिँदाको विक्षिप्त अवस्थाको आक्रोश मात्र […]
११ साउन, काठमाडौं । सरकारको घोषणालाई अटेर गर्दै बसेका ठूला रोजगारदाता पछिल्लो समय सामाजिक सुरक्षा कोषमा धमाधम आबद्ध हुन थालेका छन् । कोष योजनाको कार्यान्वयनमा आक्रामक रुपमा अघि बढ्न थालेपछि रोजगारदाताको कोषमा आबद्धता हुने क्रम बढेको हो । गत असार मसान्तसम्म कोषमा ठूला औद्योगिक घराना, बहुराष्ट्रिय कम्पनी, बैंक तथा वित्तीय संस्था, हजारौं श्रमिक कार्यरत ठूला […]
धनगढी । कैलालीमा साउन २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा साउन २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने जनाइएको छ । जारी आदेशमा पूर्वनिर्धारित लिखित तथा प्रयोगात्मक परीक्षा एउटा कोठा वा हलमा २५ जना भन्दा बढी व्यक्ति नहुने गरी दिने व्यवस्था मिलाउने, एउटा सिफ्टका परीक्षार्थी बाहिरिएपछि मात्र अर्को […]
११ साउन, काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो । चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन् । उनी प्रहरीको गाडी चढेर आएका थिए । चौधरीले आफूले […]
नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै असोज १५ देखि संक्रमणको तेस्रो लहर आउन सक्ने जनाएको हो । समितिको बैठकमा मन्त्रालयका सहसचिव […]