होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः दसैँमा पनि बैंकहरूले सेवालाई निरन्तरता दिएका छन्। बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन्।चाडबाडको बेला सेवाग्राहीको सहजताका लागि बैंकिङ कारोबारलाई निरन्तरता दिइएको सम्बन्धित बैंकहरूले बताएका छन्। सुदूरपश्चिममा बैंकहरू खुल्ने दिन र समयतालिका यस प्रकार छ। सुदूरपश्चिमः एनआइसी एशिया बैंक बैंक खुल्नेः बिहान ११ देखि दिउँसो २ बजेसम्म सप्तमी–धनगढी चौराहा, महेन्द्रनगर, बौलिया, […]
काठमाडौं । संघीय संसदको दुवै सदनमा दशैं विदा शुरु भएको छ । सोमबारको बैठकपछि प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबैमा लामो विदा दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका छन् भने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेका छन् । हिन्दु नेपालीहरुको पर्व दशैं शुरु […]
धनगढी । प्रहरीले कैलालीबाट लागुऔषधसहित ६ जनालाई पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–२ र १३ बाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले धनगढी उपमहानगरपालिका–२ को राम जानकी मन्दिर नजिकबाट दुई जना र १३ को राजपुरबाट चार जनालाई पक्राउ गरिएको जानकारी दिए । एसपी […]
बागलुङ। हो, दसैंमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन। यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ। बजारमा रोज्जा च्याङ्ग्रालाई ४० हजार पर्छ। पसलबाट मासु किनेर खाँदा प्रतिकिलो दुई हजार। अब आफैँ भन्नुस्, आम मान्छेले कसरी खान सक्छन्, च्याङ्ग्राको मासु। यो त केबल हुनेखानेको भान्सामा मात्र पो पाक्ने भयो। के गरिब र […]
२४ असोज, पोखरा । जिल्लाहरु साक्षर घोषणा भएको ४ वर्षपछि गण्डकी प्रदेशलाई आज घोषणा गरिँदै छ । गण्डकी प्रदेशका ११ वटै जिल्लाका लक्षित उमेर समूह (१५–६०) को जनसंख्याको ९५ प्रतिशतभन्दा बढी साक्षरण भइ विभिन्न मितिमा साक्षर जिल्ला घोषणा गरी औषत साक्षरता ९६.५७ प्रतिशत रहेको आधारमा आज गण्डकी प्रदेशलाई घोषणा गर्न लागिएको हो । १५ वर्षमुनिका […]
मन्त्रिपरिषद विस्तार गर्न नसकेको आरोप खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले करिब ३ महिनापछि शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । २९ असारमा प्रधानमन्त्री बनेका नेपाली काँग्रेसका सभापति देउवाले ८८ दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषदमा नेपाली काँग्रेसबाट प्रधानमन्त्रीसहित १०, माओवादी केन्द्र ६, नेकपा एकीकृत समाजवादीबाट ५, जनता समाजवादी पार्टी (जसपा) ४ जना नियुक्त […]
नुवाकोट । प्रहरीले श्रीमती हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिखु गाउँपालिका-४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राई रहेका छन् । राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाइएकोमा उपचारको […]
काठमाडौं । सरकारले निजामती सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गरेको छ ।प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विधेयक फिर्ताको प्रस्ताव प्रस्तुत गरेका हुन् ।
धनगढी : धनगढीमा जारी सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगितामा अछाम र बझाङको टिममाथि कारबाही भएको छ। दुबै टिमले रेफ्रीको निर्णय अस्वीकार गर्दै आधा खेलमै कोर्ट छाडेपछि कारबाही गरिएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ। परिषद्का सदस्य सचिव दीपक सिंहले खेल अनुशासन नदेखाएका दुबै टिममाथि कारबाही गरिएको बताए। ‘दुबै टिमले रेफ्रीको निर्णय अस्विकार गर्दै बिचमै खेल […]
यहाँ स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । पुर्चौडी नगरपालिका–१ स्थित हाट स्वास्थ्यचौकीमा कार्यरत दुई महिला स्वास्थ्यकर्मीमाथि हातपात भएको हो । पुर्चौडी–१ कुडीखेत टोलका सुरेन्द्रबहादुर धनुसेले मदिरा सेवन गरी बिहीबार बेलुका महिला स्वास्थ्यकर्मीमाथि हातपात गरेका हुन् । कार्यालयमै रहेका बेला बेलुका साढे ७ः ०० बजेतिर मदिरा सेवन गरेर आएका धनुसेले स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गरेको स्वास्थ्यचौकी इन्चार्ज […]
काठमाडौं । बडा दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरुमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरुमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । दशैंको पहिलो दिन हिजो घटस्थापनामा शैलपुत्री देवीको पूजापाठ गरिएको थियो । आज […]
काठमाडौं । प्रदेश १ सरकारको अधिवेशन आजबाट सुरु हुँदै छ । यही अधिवेशनमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनेछन् ।नेकपा एमाले विभाजित भएपछि गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका भीम आचार्य अल्पमतमा छन् । नेकपा एमालेका ५१ सांसदहरुमध्ये १० जनाले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि आचार्यको पक्षमा ४१ सांसद छन् ।कांग्रेस, एकीकृत समाजवादी, माओवादी […]
काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएकी छन् । बिहीबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जीवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्ने बताइन् । स्थानीय […]
धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसंगै मन्त्री, ४ राज्यमन्त्री र प्रदेश सभा सदस्यहरुको खातामा दसैँ भत्ताको रकम जम्मा भएको छ। उनीहरुका स्वकीय सचिवहरुले पनि भत्ता बुझेका छन्। प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीका अनुसार पदाधिकारीहरूको एक महिना बराबरको दसैँ भत्ता भुक्तानी भएको छ। ‘ऐनअनुसार एक महिनाको पारिश्रमिक बराबर दसैँ भत्ता बपतको रकम जम्मा भएको हो,’ प्रदेश […]
धनगढी : सुदूरपश्चिममा जीवन बीमा कम्पनी र तिनका एजेण्टका कारण बिमित मर्कामा पर्न थालेका छन्। विभिन्न बीमा कम्पनी र तिनका एजेन्टहरुले जबरजस्ती ठूलो रकमको बीमा गराउने तर जोखिम या आर्थिक समस्या परे कुनै सहयोग नगर्ने गुनासो सर्वसाधारणले गर्न थालेका हुन्। आर्थिक समस्या परेर बीमालेख सरेण्डर गरी पैसा फिर्ता माग्न खोज्दा बीमा कम्पनीहरुले विभिन्न नियम देखाएर […]
काठमाडौँ — प्रतिनिधिसभाको मंगलबारको बैठक पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध गरेको छ । दिउँसो १ बजे बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसदहरू वेल घेर्न पुगेका थिए । एमालेको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद्को बिजनेस अगाडि बढाएका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७६/७७ पेस गरेका थिए । […]
जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । महाशाखाले बदलीका कारण दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको समेत नियमित बुलेटिनमार्फत जानकारी दिएको छ । यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कर्णाली र सुदुरपश्चिम प्रदेशका […]
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी १ हजार ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको […]
धनगढी : सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता २०७८ धनगढीमा आयोजना हुने भएको छ। सुदूरपश्चिम खेलकुद परिषद्को वार्षिक कार्यक्रमअनुसार असोज २० गतेदेखि २३ गतेसम्म धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ। सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्लाका टीमहरुले सहभागीता जनाउने प्रतियोगिताको विजेतालाई नगद एक लाखसहित ट्रफी दिइने पत्रकार […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा राजनीतिक आस्थाको आधारमा कर्मचारी सरुवाको चलखेल भइरहेको गुनासो गरिएको छ। राजनीतिक दलमा आस्था राख्ने, मन्त्री तथा सांसद निकट तथा कैलाली र कञ्चनपुर जिल्लामा कार्यरत कर्मचारीहरुलाई बढी बजेट खर्च हुने निकाय र कार्यालयमा ल्याउन निकै दौडधुप सुरु भएको कर्मचारी स्रोतको दाबी छ। आफूले छानेको र चाहेको कार्यालयमा सरुवा माग गर्दै नेपाली कांग्रेस, […]