होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलि (सोमबार) सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ । प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जनाको […]
गत सोमबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिस्कार गरेका सर्वोच्चका न्यायाधीशले आइतबार नयाँ रणनीति बनाएर अघि बढ्ने भएका छन् । बिदामा बसेका सबै न्यायाधीशहरु आइतबार उपस्थित हुने भएपछि बिहान ११ बजेपछि बैठक बसेर एउटा निर्णयमा पुग्ने एक न्यायाधीशले जानकारी दिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विषयमा प्रश्न उठेपछि गत मंगलबार नै उनीहरुले राजीनामा दिन सुझाएका थिए । […]
धनगढी : धनगढी बजार क्षेत्र भारतीय माग्नेहरुको अखडा बन्दै गएको छ। सडकमा हिँडिरहेका व्यक्तिमाथि बाटो छेऊ बसेर माग्ने र उस्तै परे शरीरमै झुण्डिएर माग्ने बानी परेकाबाट धनगढीवासी आजित बनेका हुन्। झुत्रा कपडासहित एक /दुई महीनाका बच्चा च्यापेर सडकमा सहानुभूतिको व्यापार गरिरहेका प्रति मानवीयता दर्शाउनु स्वाभाविक भए पनि शरीरमै झुन्डिएर आजित पार्न थालेका हुन्। भारतबाट परिवारसहित […]
धनगढी: नेकपा एमालेले सुदूरपश्चिममा बझाङ बाहेकका ८ जिल्लाका ५६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। ७३४ वडा रहेको प्रदेशमा बझाङ बाहेकका ५६४ वडामा अधिवेशनपश्चात सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए। उनका अनुसार १३ वटा स्थानीय तह रहेको कैलालीका ११० वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। यस्तै ९ स्थानीय […]
१३ कात्तिक, रोल्पा (थवाङ) । औसत मानिस चाहन्छ, जीवनको आखिरी क्षण परिवारको साथ सुखसयलमै बितोस् । र, त्यहीं देह-त्याग होस् । तर उनी भने अपवाद बन्न पुगे । भइदियो यस्तो कि जीवनको उत्तरार्द्धमा उनी जापानको सुखसयल र सम्पन्नता छोडेर विकासोन्मुख देशको दुर्गम बस्तीतिर निस्किए । त्यो पनि युद्धले छियाछिया बनाएका बस्तीहरूतिर । युद्धताका मीठा मीठा […]
लण्डन – प्रधानमन्त्री शेरबहादुर देउवा आज र भोलि विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने भएका छन् ।देउवाले लण्डनको स्थानीय समयानुसार शनिबार बिहान बेलायतको दुवै सदनका केही सांसदहरु तथा पूर्वरक्षामन्त्री लर्ड लनकास्टरले भेट्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दिउँसो बेलायत-नेपाल समाजका प्रतिनिधि र बेलायत-नेपाल गैरसरकारी संस्था मञ्चका विशिष्ट व्यक्ति, गैरआवासीय नेपाली सङ्घका पदाधिकारी, बेलायतमा […]
कात्तिक १२ पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका छन् । पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न […]
नेपाल बार एशोसिएसनले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको बारको बैठकले भर्चुअल छलफल अन्तरक्रिया र धर्ना लगायतका आन्दोलनका कार्यक्रम तय गरेको हो । त्यसअनुसार कात्तिक १४ गतेदेखि १७ गतेसम्म बारमै विरोध प्रदर्शन तथा कालोपट्टी बाँधेर धर्ना दिने तथा १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध प्रदर्शन […]
काठमाडौं । आगामी शैक्षिक सत्र २०७९ बाट कक्षा ४, ५ र ९ को नयाँ पाठ्यक्रम कार्यान्वयन हुने निर्णय भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बिहीबार बसेको ८९ औं बैठकले हाल परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको हो । कक्षा ४, ५ र ९ का पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण भइरहेको […]
जनकपुरधाम । महोत्तरीमा बोक्सोको आरोपमा एक पुरुषमाथि कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको छ । जिल्लाको औरही नगरपालिकाका-९ निवासी ५५ वर्षीय रुपसी ठाकुर लोहारलाई स्थानीय व्यक्तिहरुले बोक्साको आरोप लगाएर कुटपिट गर्दै मलमूत्र खुवाएको घटना बाहिर आएको हो । ठाकुरको घरमै पुगेर स्थानीय रामशिला देवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी र उनका […]
आगामी मंसिरमा तीन पार्टी नेपाली काँग्रेस नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन हुने भएको छ । आज मात्रै काँग्रेस र राप्रपाले महाधिवेशनको संशोधित तालिका सार्वजनिक गरेका छन् भने एमालेले यसअघि नै महाधिवेशनको मिति तय गरिसकेको छ । काँग्रेसले आगामी मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्नेगरी बिहीबार संशोधित कार्यतालिका सार्वजनिक गरेको छ […]
मकवानपुर । बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् […]
१० कात्तिक, बुटवल । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले नेता शंकर पोखरेलको गृह जिल्ला दाङका १० वटा र पाल्पाका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । अन्य जिल्लामा कतै सर्वसम्मत र कतै निर्वाचन हुने भएको छ । जसअनुसार घोराही उपमहानगरपालिका […]
कालीकोट – पहिरोमा परी ज्यान गुमाएका परिवारलाई रु दुई लाख राहत हस्तारन्तरण गरिएको छ । गत असोज ५ गते परेको अविरल वर्षाका कारण पहिरासहित रुख आएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको हो । रास्कोट नगरपालिका– ४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको रुख लागेर मृत्यु भएका सान्नी त्रिवेणी गाउँपालिका–७ का २३ वर्षीय सुरेन्द्र धमलाले ज्यान […]
१० कात्तिक, धनगढी । कैलालीमा दुई प्रहरीको हत्या गरेको अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला सुुनाइएको छ । धनगढीको अस्थायी प्रहरी पोष्ट जुुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ९ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालत कैलालीले जनाएको छ । अदालतका श्रेस्तेदार राइभान कुुन्जेडाले जिल्ला […]
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिएका छन् । आज न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट छलफल गरेका थिए । सो क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका थिए । आजको छलफलमा एक जना न्यायाधीशले प्रश्न उठेकाले सम्मानजनकरूपमा मार्ग प्रशस्त गर्न प्रधानन्यायाधीशलाई आग्रह गरेको सह […]
नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले […]
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा निर्वाचन आयोगका पदाधिकारीहरूको टोली सोमबार बिहान साढे ११ बजेतिर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुग्यो। आयोगका पदाधिकारीले विभिन्न ७ वटा एजेण्डाहरुमा सरकारको ध्यानाकर्षण गराए । जहाँ, प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँड, उर्जामन्त्री पम्फा भुसाल, सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतको उपस्थिति थियो । निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री तथा मन्त्रीहरुको […]
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह (वडा) अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छैन। त्यसैलाई कारण देखाएर सभापति देउवा आमनिर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गराउने पक्षमा जुटेका हुन्। निर्वाचन आयोगले सोमबार चैत पहिलो […]
धनगढी: नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच कैलालीमा विवाद भएको छ। जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि सामान्य झडप भएको बताइएको छ। सोमबार दिउँसो नेकपा (एस)ले एमाले पार्टी कार्यालयमा तालबन्दी गरेपछि त्यहाँ तनाव भएको प्रहरीले बताएको छ। पार्टी कार्यालयमा दुवै पक्षले तालाबन्दी गर्न खोजेपछि तनाव भएको र अहिले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको […]