होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा झापा, काभ्रे र मकवानपुर थपिएका छन् । योसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या […]
काठमाडौँ — कोरोना संक्रमण तीव्र बन्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सबै प्रकारका आमसभा, जुलुस, सभा र भेलालाई माघ मसान्तसम्म रोक लगाएका छन् । माघ ४ गते जारी आदेशअनुसार गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यममबाट गर्ने र भौतिक रुपमा गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पालना गरी बढीमा २५ जना मात्र सहभागी हुन […]
काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका-२०७५ संशोधन गरेको छ । कार्यक्रम अन्तरगत सञ्चालित आयोजनामा काम गर्नेहरूको ज्यालालाई समायानुकुल बनाउन र श्रमिकको बिमा अनिवार्य गर्ने गरी निर्देशिका संशोधन भएको हो । यसअघि मासिक १३ हजार रुपैयाँ न्युनतम् ज्यालाका आधारमा ज्यालादर तय भएकोमा अहिले गत साउनबाट न्युनतम् १५ हजार पुगेअनुसार थोरै ज्याला रकम बढेको […]
काठमाडौँ — कोभिड–१९ बाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई सरकारले घोषणा गरेको राहत बाँड्ने सवालमै राजनीति हुन थालेको छ । सरकारका एक मन्त्रीको दाबीअनुसार शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले ल्याएको नगद राहत वितरणमा एमालेले जितेका अधिकांश स्थानीय तहका जनप्रतिनिधिले चासो दिएका छैनन् । उनको अनुमानमा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेरै एमाले नेतृत्वमा रहेका स्थानीय तहका पदाधिकारीले […]
जनकपुरधाम । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर […]
काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन । ‘एक-दुई […]
काडमाडौं । स्थानीय सरकारका प्रतिनिधमूलक संस्थाहरू (गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै तीन वटै संस्थाले स्थानीय तहको निर्वाचन प्रकि्रया तत्काल शुरु गर्न भनेका हुन् । समयमै निर्वाचन नभए पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षले […]
धनगढी । सरकारले फ्रन्टलाइनरलाई आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने भनेपनि सुदूरपश्चिममा भने अझै शुरु हुन सकेको छैन । कैलालीसहित प्रदेशका सबै जिल्लामा नियमित खोप कार्यक्रम सञ्चालन भइरहेपनि ‘बुस्टर डोज’ भने लगाउन ढिलाइ भएको छ । सरकारले घोषणाअनुसार प्रदेशमा आवश्यक पर्ने खोप नपठाउँदा फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’ लगाउन नसकिएको बताइएको छ । प्रदेशको अस्थायी राजधानी […]
धनगढीः कैलाली र चितवनमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५०० नाघेको छ। योसँगै ५०० भन्दा बढी सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या ८ पुगेको छ। शनिबार कैलालीमा ५५३ र चितवनमा ६३५ जना सक्रिय संक्रमित पुगेका छन्। शुक्रबारसम्म काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ र सुनसरीमा मात्र सक्रिय संक्रमितको संख्या ५०० नाघेको थियो। काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या […]
धनगढी : सुदूरपश्चिमको पहाडी समुदायसहित देशभर आज माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ। उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ। आजको दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडीलगायतका परिकार खाने […]
धनगढीः परिवारको पीडाले भरिएको झोला बोकेर त्रिनगर गौरीफन्टा सीमानाका पुगेका थिए बझाङको केदारस्युँ गाउँपालिका–३ का गोपाल ओखेडा। उनी रोजगारीका लागि भारत जान त्यहाँ पुगेका थिए। उनका साथमा गाउँले र आफन्तहरु थिए। उनलाई कोरोना बढ्दै छ भन्ने थाहा छ। तर उनलाई परिवारको जिम्मेवारीभन्दा ठूलो रोग होइन भन्ने पािन थाहा छ। उनलाई कोरोनाको चिन्ता भन्दा पनि लकडाउन […]
धनगढी । सुदूरपश्चिम प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित भएर उपचारका लागि भर्ना हुनेहरुको संख्यामा वृद्धि हुन थालेको छ । भारतबाट फर्किने अधिकांश मानिसमा संक्रमण देखिन थालेपछि प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्थायी अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढेको हो । कोभिड अस्थायी अस्पतालमा दुई दिन पहिलेभन्दा संक्रमितको संख्या दोब्बरले […]
नागरिक रैबार/बाजुरा ३० पुस । केपी ‘बा’ स्पोर्टस क्लब बाजुराद्धारा ज्ञापन–पत्र बुझाएको छ । नेपाल सरकार मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौंलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत केपी ‘बा’ स्पोर्टस क्लब बाजुराले ज्ञापन–पत्र बुझाइएको हो । नेपालको भुमीमा भारतिय हस्तक्षेप भइरहदा बर्तमान गठबन्धन सरकारले भने कुनै चासो नदेखाएर मौन बसेको भन्दै केपी बा स्पोर्टस क्लबले […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले माघ २ गते सार्वजनिक विदा दिएको छ । माघी पर्वको अवसरमा भन्दै प्रदेश सरकारले सुदूरपश्चिममा थप एक दिनका लागि सार्वजनिक विदा दिएको जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मी जोशीले माघी पर्वका लागि प्रदेश सरकारका तर्फबाट आइतबार थप एक दिन विदा दिइएको जानकारी दिए । उनकाअनुसार […]
दार्चुला — जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो । प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरुद्व लगाइने खोपको भने अभाव छ । बिहीबार जिल्लाका कुनै पनि ठाउँमा कोरोना […]
नागरिक रैबार/बाजुरा २९ पुस। खप्तड छेडेदह गाँउपालिकाको बजेट सुनुवाई तथा हिँउदे अधिबेशन बिभिन्न बिधयक पारित गर्दै सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष नर बहादुर रावतको अध्यक्षतामा बजेट सुनुवाई तथा हिँउदे अधिबेशनसम्पन्न भएको हो । कार्यक्रममा संघिय सरकार प्रदेश परकार, राजस्व वाँडफाँड लगायतवाट गाँउपालिकालाई प्राप्त बजेटको बिषयमा सुनुवाई भएको थियो । जसमा गाँउपालिकालाई आर्थिक वर्ष २०७८/०७९ […]
काठमाडौं । धादिङको रुबी भ्यालीमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको छ । धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका इन्सपेक्टर र गाउँपालिकाका अध्यक्षसहितको टोली आज बिहान साढे ११ बजे रुबीभ्याली प्रस्थान गरेको हो । रुबीभ्याली गाउँपालिका वडा नम्बर १ मा बाटो खन्ने क्रममा आज बिहान […]
धनगढीः सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ। खुला सीमा नाकाका कारण सहजै खरिद गर्न पाइने भएपछि प्रदेश नै लागुऔषध प्रयोगकर्ताको अखडा बन्न थालेको हो। विशेषगरी कैलाली र कञ्चनपुरमा यसका प्रयोगकर्ता तुलनात्मक रुपमा बढी देखिएका छन्। पहिल्लो समयमा सुदूर पहाडमा पनि यसको प्रभाव देखिन थालेको धनगढीमा सुधार गृह सञ्चालन गर्दै आएका रामबहादुर रजकले बताए। ‘सुदूरपश्चिममा […]
धनगढीः कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ७६ जनाको नमूनाको परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालले जनाएको छ। अस्पतालमा पछिल्लो २४ घण्टामा तीन जना बिरामी थपिएका छन्। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अहिले ६ जनाको आइसियूमा उपचार भइरहेको छ […]
काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए […]