होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ ।आयोगका अनुसार सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुनेछ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो । निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ । निर्वाचनको मिति घोषणा भएको अनौपचारिक […]
२४ माघ, बलेवा। सुत्केरी भएर साल अड्किएकी बागलुङको वडिगाड गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडिगाड गाउँपालिका-३ सिसाखानीकी २६ वर्षीया सीता सामलको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । सोमबार बिहान १ बजे सुत्केरी भएकी सामलको साल अड्किएपछि दगातुन्डाँडा स्वास्थ्य चौकीमा कार्यरत राधा गिरी र दीपक थापाले बिरामीको घरमा पुगेर उपचार गरेका थिए । स्थानीय […]
धनगढी, २४ माघ । सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य खप्तड र बडीमालिका घुम्न हेलिकोप्टर प्याकेज ल्याइएको छ। अहिले हिउँले सेताम्मे रहेका यी दुई गन्तव्यको दृश्यावलोकन गर्ने चाहाना भएका, तर समय अभावका कारण जान नसक्ने पर्यटकहरुका लागि हेलिटुरको प्याकेज ल्याइएको हो। उक्त प्याकेज २०७८ फागुन १ देखि १० गतेसम्मका लागि रहेको खप्तड होमस्टे झिग्राना तथा खप्तड […]
नागरिक रैबार बाजुरा २४ माघ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई १० लाख रुपियाँका दरले अनुदान दिएको छ। तर बाजुरामा भने अनुदान पाउने बिद्यालयकाे संख्या भने शुन्य रहेकाे छ । अनुदानका लागि केन्द्रले प्रस्ताव माग गरेअनुसार १ सय ५० विद्यालयले निवेदन दिएका थिए। तीमध्ये ६० विद्यालय […]
बझाङ – बझाङकाे विकट तथा दुर्गम साइपाल गाउँपालिकामा खाद्यान्न पुगेकाे छ । बाक्लाे हिमपातपछि खाद्यान्न ढुवानी हुनसकेकाे थिएन । साइपालका स्थानीय बासिन्दा खाद्यान्न पुगेपछि खुसी भएका छन् । खाद्य व्यवस्था कम्पनीले भेडा च्याङ्ग्रामार्फत चामल ढुवानी गरेकाे हाे । साइपाल गाउँपालिकाको वडा-३ मा पर्ने काँडा, चुकझाड, बाँझचौका, वडा-४ मा पर्ने धुली, लाफडी, सैनगाउँ र वडा-५ को […]
पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ सास्ती खेप्नुपरेको छ । हिउँ नपर्ने स्थानमा लामो समयपछि हिमपात हुँदा मानिस खुशी हुन्छन् भने हिमपात हुने स्थानमा दिनचर्यामा समस्याका साथै सास्ती बेहोर्न बाध्य छन् । कमै मात्र हिउँ पर्ने स्थानमा हिमपात भएपछि भने […]
स्थानीय तहको चुनाव २०७९ जेठ मसान्तभित्र गर्ने सत्तारुढ गठबन्धनको तयारी छ । निर्वाचनबारे संविधान र ऐन बाझिएकाले ऐन संशोधन गरेर मात्रै चुनाव गर्नुपर्नेबारे पनि छलफल भइरहेको छ । निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री शेर बहादुर देउवाले आयोगले प्रस्ताव गरेकै मितिमा चुनाव गर्न सरकार तयार रहेको बताएपछि चुनावी माहौल तातेको छ । माघ १९ मा बसेको […]
मस्को : रुसमा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन्। यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन्। ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित हुन्। यहाँ अहिलेसम्म १ करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ। त्यसैगरी यहाँको […]
उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसँगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैयाँको सहयोग प्रदान गरेको हो । आइतबार दिउँसो काठमाडौँस्थित महासंघको केन्द्रीय कार्यालयमै एक संक्षिप्त कार्यक्रमबीच सहयोग चेक वितरण गरिएको थियो । महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, […]
एजेन्सी । नेदरल्याण्डमा एचआईभीको नयाँ भेरिएन्ट भेटिएको छ । नयाँ भेरिएन्ट भीबी पुरानो भन्दा निकै तीव्र गतिमा फैलने र शरीरको प्रतिरोधात्मक क्षमतालाई छिटै नोक्सान पु¥याउने जनाइएको छ । नेदरल्याण्डमा मात्रै एक सय ९ जनामा नयाँ भेरिएन्ट देखिएको छ । अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले गरेको अध्ययनमा नेदरल्याण्डमा भेटिएको एचआईभीको नयाँ भेरिएन्ट निकै खतरनाक रहेको उल्लेख छ । संक्रमितको […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहर फैलिएपछि पहिलो पटक गत पुस ३० गते सेती प्रादेशिक अस्पतालमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको थियो । २९ पुसमा संक्रमण पुष्टि भएर प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको कैलारी गाउँपालिका–५ की ५३ वर्षीया महिलाको मृत्यु भएको थियो । प्रादेशिक अस्पतालकाअनुसार कोरोना भाइरसविरुद्धको खोपको पहिलो […]
काठमाडौं, २३ माघ । फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका छन् । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो । सीसीएमसीसीको सिफारिश सँगै सरकारले विद्यालय खोल्ने निर्णय गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले यसबारे सूचना प्रकाशित गर्ने भएका छन् । यसअघि नै सरकारले विद्यालयहरुलाई […]
हिमाली जिल्ला हुम्लामा यो वर्ष हालसम्म पाँच पटक भारी हिमपात भयो । हरेक पटकको हिमपात उत्तरी भेगका सर्वसाधरणलाई दुःख बनेर आयो भने दक्षिण भेगका किसानलाई राहात पुग्यो । हिमपातपछि उत्तरी भेग नाम्खा गाउँपालिकाका किसानले कयौं दिनसम्म गाईवस्तु घरभित्रै थुनेर राखे । वस्तुभाउ चराउन नपाएपछि उनीहरूको दैनिकी झनै कष्टकर बनेको थियो । यता दक्षिण भेगमा भने […]
मधेस प्रदेशसभामा लामो समयदेखि सभापतिविहीन रहेका संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया सोमबारदेखि सुरु हुँदैछ । प्रदेशसभाका सातमध्ये तीनवटा संसदीय समिति सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयनका निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । अहिले सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले तीन र प्रमुख विपक्षी […]
बैतडीको बाजपानी-श्रीभावर क्षेत्रमा एक सय हाराहारीमा सवारी साधन अलपत्र परेका छन्। बिहीबारदेखि परेको हिमपातका कारण सडक अबरूद्ध हुँदा तीन दिनदेखि यात्रु अलपत्र परको धनगढीबाट बझाङ जान हिँडेका यात्रु विनोद जोशीले दिनेशखबरलाई बताए। ‘साना ठूला गरेर एक सय हाराहारीमा सडकमा सवारी साधन रोकिएका छन्,’ उनले भने, ‘होटेलमा बस्न र खान नपाएर चिसोमा यात्रुले सास्ती भोग्नु परेको […]
बाँकेको कोहलपुरमा नमूना बसपार्क निर्माण धमाधम भइरहेको छ। अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले कोहलपुर चौराह नजिक नमूना बसपार्क निर्माण थालिएको हो। अहिलेसम्म बसपार्कको ४५ प्रतिशत काम सम्पन्न भइसकेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए। विसं २०७७ फागुन २४ गते २७ करोड ८४ लाखमा बसपार्क निर्माणका लागि सम्झौता भई काम सुरु भएको थियो। बसपार्क […]
धनगढीः कैलालीकी १७ वर्षीया विवाहित युवती श्रीमानको कुटाई सहन नसकेर माइतीको सरणमा पुगिन्। माइतीले भने श्रीमानसँगै बस्न भने। नभए अर्को विवाह गर्न निरन्तर दबाब दिइरहे। माइती पक्षको दोस्रो विवाह गर्ने दबाब र श्रीमानको कुटाई सहन नसकेर कष्टकर जीवन विताइरहेकी ती युवती दलालको फन्दामा परिन्। सीमा पारी गौरीफन्टा बसेका ती दलालको विवाह प्रलोभनमा परेकी महिलालाई सीमा […]
२० माघ, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई […]
धनगढी: पश्चिमी न्यून चापीय प्रणालीका कारण सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसमविद्को भनाई छ। आज सुदूरपश्चिम सहित लुम्बिनी, कर्णाली, गण्डकी र काग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग सहित पानी पर्ने अनुमान गरिएको छ। आज राति पनि देशका धेरै ठाउँमा […]
धनगढी : सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले कैलालीमा जग्गा खरिद गरेका छन्। उनले जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीमा सरकारी जग्गा खरिद गरेका हुन्। मन्त्री आलेले ६ लाखका दरले ४८ लाखमा ८ कट्ठा पर्ती जग्गा खरिद गरेको हाटखोलीका स्थानीय दलबहादुर मगरले बताए। मगरले नै मन्त्रीलाई जग्गा बिक्री गरेको पनि खुलेको छ। […]