होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ । १० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन् । हङकङमा अहिले कोभिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् । बुधबार […]
काठमाडौं, ५ फागुन । कक्षा १० सम्मका सबै प्रकारका परीक्षा र नतिजा प्रकाशन आगामी २०७९ बैशाख भित्रै गर्न पर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई यही कार्यतालिका अनुसार काम अघि बढाउन निर्देशन दिएको हो । मन्त्रालयले कोभिड–१९ को संक्रमण तीव्ररूपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै विद्यालयको २०७८ को […]
बैतडी: प्रतिकूल मौसमको कारण देखाउदै बन्द भएको धनगढी–पाटन उडान पुनः सुरु हुने भएको छ। शुक्रबारदेखि समिट एयरले उडान गर्ने भएको हो। गत पुस १६ गतेबाट बन्द भएको उडान भोलि फागुन ६ गतेबाट नियमित रुपमा सञ्चालन हुने समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्ण भट्टले बताए। मौसममा सुधार आएसँगै अब नियमित उडान गर्न लागिएको उनले बताए। हरेक […]
डोटी । नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेको चार वर्ष पूरा भयो । २०७४ साल फागुन ५ गते उनले पदभार ग्रहण गरेका थिए । मुख्यमन्त्रीको हैसियतले उनले चार वर्षको अवधीमा बाचा त धेरै गरे तर पूरा गर्नेतर्फ भने सक्रिय देखिएनन् । उनले गरेका धेरैजसो वाचा पूरा भएका छैनन् । उनको […]
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । भेटपछि सत्ता गठबन्धनको बैठक पूर्वनिर्धारित समयभन्दा दुई घण्टा पछि सारिएको छ । बैठक आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि ३ बजे बस्ने भनिएको थियो सत्ता गठबन्धनको बैठकमा एमसीसीको विषयमा निर्णायक छलफल हुने नेताहरूले […]
वीरेन्द्र भट्ट, धनगढीः दिगो विकासका तत्कालीन, मध्यकालिन र दीर्घकालीन गरेर योजना बनाउनु आवश्यक हुन्छ। छरपष्ट रुपमा गरिएका विकासका कामले लगानी देखिँदैन। कुल १९ वडा रहेको धनगढी उपमहानगरपालिकाको चौतर्फी विकासका लागि योजनाको प्राथमिकरण गर्न सकिएको छैन। उपमहानगरपालिकाले धनगढीलाई स्मार्ट सिटी बनाउन योजना बैंकको स्थापनाको व्यापक प्रचार गरेको थियो। योजना बैंकमा आएका योजनाहरूलाई प्राथमिकीकरण गरेर कार्यान्वयन गरिने […]
सुर्खेत‚ मुगु‚ कालीकोट — कहिले कोरोना महामारी त कहिले हिमपात । हिमाली जिल्लामा यो वर्ष मुस्किलले दुई महिना मात्र पढाइ भएको छ । हुम्लाको नाम्खा, मुगुको मुगमकार्मारोङ, डोल्पाको छार्काताङसोङ, डोल्पोबुद्ध र शे-फोक्सुन्डोका अधिकांश विद्यालयका बालबालिकाले खासै पढ्न पाएनन् । गत वर्ष र अघिल्लो वर्ष पनि कर्णालीका हिमाली जिल्लामा शैक्षिक अवस्था यस्तै थियो । यहाँ बर्सेनि फागुनबाट शैक्षिक सत्र सुरु […]
कञ्चनपुर — महाकाली नदी किनारमै बसोबास छ । एकातिर महाकाली नदीमा आउने बाढीको त्रास । अर्कोतिर घरजग्गा दर्ता नभएको वनजंगल क्षेत्रबाट कतिबेला उठिबास हुने हो भन्ने त्रास । कञ्चनपुरको भीमदत्त नगरपालिका— ९ खल्लाकी ममता रावललाई यही चिन्ता छ । पछिल्लो पटक कात्तिक पहिलो साता महाकाली नदीमा आएको भीषण बाढीले उनको होसहवास नै उडाएको छ । तीन दशकदेखि खेतीपाती गर्दै आएको […]
विराटनगर । धरान-भेडेटार सडक खण्डमा पर्ने जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा फेला परेको छ । आपगाछी क्षेत्रको जंगलमा दाउरा खोज्न गएका स्थानीयले जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको जस्तो देखिने टाउकोको पहिचान नखुलेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।घटनाको इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान गरिरहेको […]
हाल देशमा पश्चिम न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश १ को पहाडी भूभागको एक(दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा सम्भावना छ । सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । बाँकी भूभागमा मौसम सामान्य रहनेछ । शुक्रबार देशभर आंशिक बदलीदेखि […]
काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेदवार दिन नपाउने भएका छन् । उनीहरू पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने छन् । स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आयोगले निर्वाचन आचारसंहितामा पनि समावेश गरेको हो । आचारसंहिताको मस्यौदामा बहालवाला जनप्रतिनिधिहरू स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ । ‘अहिलेका जनप्रतिनिधि पदमा […]
सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट […]
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा […]
सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् । सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन […]
धनगढीः कञ्चनपुरमा एक वडाध्यक्षको मोटरसाइकल समातिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वार्ड ४ का अध्यक्ष लक्ष्मीदत्त बोहराको सरकारी मोटरसाईकल नेपाल बन्दकर्ताले नियन्त्रणमा लिएका हुन्। बन्दकर्ताले अध्यक्ष बोहराको मोटरसाईकल बसपार्क नजिकबाट नियन्त्रणमा लिएको बताएका छन्। नेपाल बन्दको समयमा सरकारी मोटरसाईकल चलाएको भन्दै मोटरसाईकल समातेको उनीहरुले बताएका छन्।
काठमाडौँ — आसन्न स्थानीय तह निर्वाचनमा कम्तीमा दुई लाख कर्मचारी चाहिने भएको छ । निर्वाचन आयोगले हालै तयार गरेको स्थानीय तह निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिकामा एउटा मतदान केन्द्रमा कम्तीमा ७ जना र बढीमा ८ जना कर्मचारी खटिने उल्लेख छ । यस पटक २३ हजार ५ सय मतदान केन्द्र हुने आयोगको अनुमान छ । जिल्ला सदरमुकाममा खुल्ने मुख्य निर्वाचन […]
चितवन। देशका बाघ पाइने निकुञ्ज, आरक्षण तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघको गणना जारी छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको वरपरका मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघ गणनाको काम सकिएको छ । बाघ गणनाको प्रारम्भिक चरणका तथ्याङ्कले संरक्षणकर्मीहरु निकै खुसी देखिएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण […]
काठमाडौँ — सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलले राष्ट्रिय सहमति नजुट्दा सम्म अमेरिकासँगको एमसीसी सम्झौता अघि बढाउन नहुने निर्णय गरेको छ । माओवादी संसदीय दलको बुधबार बसेको बैठकले एमालेले संसद् अवरोध गरिरहेको अवस्था र एमसीसीमा संशाेधन समेत नभएकाेले यथास्थितिमा एमसीसीको समर्थन गर्न नसकिने निर्णय गरेको हो । माओवादीले यसअघिदेखि नै संसद्मा एमसीसीको विपक्षमा उभिने निर्णय […]
धनगढीः दार्चुलामा गाउँपालिका अध्यक्षकी छोरीको नाम पनि गरिबका सूचीमा राखिएको भेटिएको छ। जिल्लाको दुहुँ गाउँपालिकामा यस्तो भेटिएको हो। काँग्रेस दार्चुलाका सचिवसमेत रहेका पालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी २७ वर्षीया छोरी सावित्री कार्कीको नाम गरिबको सूचीमा भेटिएको हो। सावित्रीले गरिब घर परिवारको सूची संकलनमा आफूलाई सामान्य गरिबमा राख्न लगाएको भेटिएको हो। तर, उनको आर्थिकस्तर तथा अवस्था भने […]
४ फागुन, काठमाडौं । संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । सरकारले अघि बढाउन खोजेको एमसीसी परियोजनाबारे संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रले संसदबाट जबरजस्ती अघि बढाउन खोजेको गठबन्धन तोडिने चेतावनी दिएको […]