होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : एमसीसी पास गरेको विरोधमा ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले नेपाल बन्दको घोषणा गरेसँगै सुदूरपश्चिममा पनि यातायात लगायतका सेवा प्रभावित भएका छन्। सोमबार बिहानैबाट अटो, मोटसाइकलबाहेक लामो दुरीका सवारी साधन नचलिरहेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार बन्दकर्ताले आज लामो दुरीका सवारी साधन, विद्यालय-कलेज, बजार-व्यवसाय बन्द […]
काठमाडौं । यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब ३ करोड ४९ लाख रुपैयाँ बजेट छ । ‘मोडालिटी’का हिसाबले सुरुबाटै आलोचित कार्यक्रममा चालु आर्थिक वर्ष लागेयता (१ साउनदेखि १५ फागुनसम्म) ७७ करोड ३५ लाख रुपैयाँ मात्रै खर्च भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार यो खर्च कुल विनियोजनको ६.४३ प्रतिशत मात्रै हो […]
डडेल्धुराः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध डडेल्धुरामा पनि दिनहुँ विरोध प्रर्दशन चर्किँदै गएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा विभिन्न राजनीतिक दलहरूले एमसीसीको विरोध गरिरहेका हुन्। आइतबार नेपाल कम्युनिस्ट पार्टी (विप्लव), राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी र कांग्रेस बीपीलगातका पार्टीले एमसीसीको विरोध गरेका छन्। जिल्ला सदरमुकामको तुफानडाँडादेखि बागबजारसम्म एमसीसीको विरुद्धमा चर्चा […]
म्याग्दी, १५ फागुन: शिक्षकको कुटाइबाट म्याग्दीको बेनीस्थित प्रकाश माविका एक विद्यार्थीको करङ भाँचिएको छ । लेखा विषयका शिक्षक नवीन घिमिरेको कुटाइबाट कक्षा १० मा अध्ययनरत १७ वर्षीय राजन पौडेलको करङ भाँचिएका हुन् । शिक्षक घिमिरेले कक्षा कोठामै पाइपले निलडाम र चोट पर्ने गरी टाउको र ढाडमा पिटेको पौडेलले बताए । “बिना कारण सरले पाइपले पिटे […]
धनगढीः धनगढीमा नेकपा (एमाले) को स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको छ। धनगढीस्थित शुभश्री प्यालेसमा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय स्थानीय निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रम सुरु भएको हो। पूर्वमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रदेश तथा केन्द्रका नेता तथा कार्यकर्ताको सहभागिता छ।
१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक जारी छ । एमसीसीलाई ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने पार्टी र सत्ता गठबन्धनको निर्णयबारे जानकारी दिन माओवादी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले दलको बैठक बसालेका हुन् । बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ । आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधि सभा बैठकबाट […]
१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने सत्तारुढ गठबन्धनबीचको सहमतिको बचाउ गरेका छन् । आइतबार विहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो । लगतै सत्तारुढ गठबन्धनको बैठकमा पनि त्यही सहमति भएको छ । अब आइतबार […]
काठमाडौं । युक्रेनमा अध्ययनरत भारतीय विद्यार्थीहरु सकुशल मुम्बई पुगेका छन्। रुसले केही दिनअघि युक्रेनमा आक्रमण गरेपछि त्यहाँ फसेका २१९ जना विद्यार्थीलाई एयर इन्डियाले मुम्बाईमा हिजो राति ल्याएको थियो। रुसी सेना युक्रेनको जाहोनी भन्ने स्थानमा पुग्न लागेको खबरपछि त्यहाँबाट छिमेकी देश हंगेरीमा ती विद्यार्थीहरु पुगेका थिए। भारतीय सञ्चार माध्यामका अनुसार केही विद्यार्थीहरु राजधानी दिल्लीमा चाँडै पुग्ने […]
मकवानपुर : बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। बैठक फागुन १६ गते सोमबारका लागि तय गरिएको थियो। प्रदेशसभा सचिवालयले आज सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन गर्नुपरेको जनाएको छ। यस्तै आज दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगन भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। यही […]
काठमाडौँ — सामुदायिक विद्यालयका १ सय १४ स्थायी शिक्षकले गत माघमा राजीनामा दिएर जागिर छाडे । त्यही महिना १ सय २२ शिक्षक अनिवार्य अवकाशमा गए । यो तथ्यांकले उमेर हदलगायत कारणले अनिवार्य अवकाश पाउने र स्वैच्छिक जागिर छाड्ने शिक्षकको संख्या लगभग उस्तै छ । शिक्षा मन्त्रालयअन्तर्गत शिक्षक किताबखानाअनुसार विगतका वर्षको तुलनामा राजीनामा दिने स्थायी शिक्षकको संख्या अस्वाभाविक रूपमा […]
काठमाडौं । माटोको भाँडाकुटी बनाउने, माटैको पैसा । चिलाउनेको पातलाई पैसा मानेर माटोबाट बनेका भाँडाकुँडाको खरिद बिक्री । रुखको हाँगा हल्लाएर मोटरको अनुभव होस् वा सलाईको बट्टामा धागोले जोडेर बनाएको टेलिफोन किन नहोस् । २०५० को दशकसम्म बालापन गुजारेका पुस्ताले लिएको रैथाने खेलको मनोरञ्जन हो यो । बालापनमा कुनै कुराको अभाव थिएन । कागजको ढुंगा […]
नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालका केन्द्रीय स्वास्थ्य विभाग प्रमुख सुभाष पौडेलको दुर्घटनामा परि निधन भएको छ । पौडेल हिजो फागुन १३ गते पुतली बजारमा वाइसिएल नेपाल स्याङ्जाको जिल्ला समितिको बैठक सकेर साँझ करिब ६ बजेतिर पोखरा फर्किँदै गर्दा भालु पहाडमा दुर्घटनामा परेका थिए । मोटरसाइकलमा एक्लै गइरहेको बेला दुर्घटनामा परेका पौडेल […]
पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनलाई ७ दिन उठ्नै नसक्ने गरी पछार्ने दाबी गरेका छन् । गठबन्धन पनि जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पनि पारित गर्ने समझदारी भएको खबर पढेपछि ओली आक्रोसित रुपमा प्रस्तुत भएका हुन् । पोखरामा भएको पार्टी प्रवेश तथा कार्यकर्ता भेलामा आफैंले […]
बेलायतमा पहिलो पटक नेपाली मूलकी महिला स्नेहा शाक्य श्रेष्ठ कानुन व्यवसायी बनेकी छन्। बेलायतमा भने प्राक्टिसिङ ब्यारिष्टर भन्ने गरिन्छ । अन्तिम तालिम (प्युपिलेज) सकेपछि गएको साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत कानून व्यवसायी (ब्यारिष्टर) का रूपमा सूचीकृत भएकी हुन्। कानुन व्यवसायलाई बेलायतमा सम्मानित र उच्च तहको कमाई हुने पेशाका रुपमा लिइन्छ। श्रेष्ठले अब अपराध, परिवारसित […]
बझाङः बझाङको बुंगल नगरपालिका–४ बस्ने ७० वर्षीया संन्तोला नेपाली बिहीबार मृत अवस्थामा फेला परेकी छन्। फागुन १० गते आफ्नो घरबाट छोरी भेट्न बित्थडचिर गाउँपालिका–६ गएकी उनी मृत फेला परेकी हुन्। उनी त्यहाँ नपुगेको खबर पाएपछि स्थानीयले खोजतलास गरेका थिए। खोजी गर्ने क्रममा बित्थडचिर गाउँपालिका–६ मड भन्ने स्थानमा बाटोबाट अन्दाजी २ सय मिटर तल बृद्धाको शव […]
पोखरा । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे आफूलाई मात्र ढुंगा हानिएको भन्दै प्रश्न गरेका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र झलनाथ खनाललाई ताली बजाउने तर, आफूलाईचाहीँ किन ढुंगाा हानिएको भन्दै अध्यक्ष ओलीले प्रश्न गरेका हुन् । अध्यक्ष ओलीले भने, ‘एमसीसी नेपालमा […]
काठमाडौं । युक्रेनमा रुसी सेनाले हमला गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्लादिमिर पुटिनलाई टेलिफोन गरेका छन् । बिहीबार राति भएको टेलिफोन कुराकानीमा मोदीले रुसी राष्ट्रपति पुटिनलाई ‘तत्काल हिंसा अन्त्य’ गर्न आग्रह गरेको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘सबै पक्षलाई मिलेर कुटनीतिक वार्ता एवं छलफलको बाटोमा’ आउन अपिल गरेको समेत […]
१३ फागुन, काठमाडौं । सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण नि:शुल्क गर्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो । संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको हो । शुक्रराज […]
बैतडीः नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ। शिशु जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर छट्पटाइरहनुभएकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको रक्तदानले बचाइएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका अमल्दार बालकृष्ण विष्ट र प्युठ टीकाराम विकले दिएको एक÷एक […]
काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको नेता लीलामणि पोखरेलले जानकारी दिए। “यस (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय भएको छ,” उनले भने । एमसीसीको विपक्षमा मतदान गर्दा […]