होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दमौली: तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो। आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीको एकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। “हामी क्षतिको विवरण […]
नागरिक रैबार/बाजुरा २२ फागुन। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) बाजुरा- कैलाली सम्पर्क मंचको अध्यक्षमा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् । आज धनगढीमा भएको अनेरास्ववीयु बाजुरा-कैलाली सम्पर्क मंचको भेलाले रावल अध्यक्षमा रहने गरी २१ सदस्यीय सम्पर्क मंच चयन गरेको हो । जसमा उपाध्यक्ष अनिल नेपाली, सचिव नन्द बहादुर रावत, सहसचिव देवेन्द्र धामी, भोवेन्द्र […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयको भनाइ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार सावधानी अपनाउन छाड्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित हुन […]
२२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । अबको बैठकमा पदाधिकारी चयनबारे छलफल हुने नेताहरुले बताएका छन् ।
धनगढीमा समाजवादी बौद्धिक शिविर नेपालले समाजवाद निर्माणमा बौद्धिकहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शिविरको मेचीकाली संगठनात्मक जागरण अभियान २०७८ अन्तर्गत फागुन १३ गते कैलालीको धनगढीमा प्रथम सुदुरपश्चिम भेला सम्पन्न भएको हो । ‘बौद्धिकहरु केवल सुचना सङ्कलन गर्ने, ज्ञान आर्जन गर्ने तर सङ्गठित भएर गलत प्रवृत्तिका विरुद्ध संघर्ष नगर्ने कारणले गर्दा समाजवाद निर्माणमा […]
२२ फागुन, काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । नयाँ बानेश्वरस्थित शंकर हलमा जारी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समिति गठनबारे छलफल भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ । जबराविरुद्ध संसदमा गठनबन्धनका सांसदहरुले फागुन १ गते दर्ता गरेका थिए ।
ललितपुर । नेपाल प्रहरीले रु ३ लाख ८५ हजार ३३० नगदसहित २४ जुवाडेलाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित एकबहादुर रानाको जस्ताले बनाएको टहराभित्रभित्र जुवा खेलिरहेको अवस्थामा शनिबार रति २४ जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी)ले दिनेशराज मैनाली पैसाको ठूलो हारजित […]
म्याग्दी: मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर आज १५ वटा चौरी मरेका छन्। छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन् । शनिबार बिहानको हिमपहिरोमा परेर थप १० वटा चौरी हराएका कृषक गौचनले बताए। “चौरी बास बसेको खर्कमा बिहान ३ बजे […]
काठमाडौँ — फेब्रुअरी २४ को बिहान पौने ६ बजे युक्रेनको लुहाक्समाथि रुसले प्रहार गरेका बम झर्न थाले । त्यो बिहान दाङका ईश्वर पोखरेलसहित ६ नेपाली विद्यार्थी लुहाक्सको तारसस्थित सेप्चेन्को विश्वविद्यालयको होस्टलमा सुतिरहेका थिए । बमको आवाजले उनीहरूलाई झस्कायो । ‘होस्टलको वार्डेनले कोठाबाट निस्केर बंकरमा जान भने, हामी अगाडि जे–जति कपडा भेट्यौं, त्यो ब्यागमा हालेर निस्कियौं, तीन मिनेटको दूरीमा […]
नागरिक रैबार/बाजुरा २१ फागुन। सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण आली निर्वाचित भएका छन् । प्रेस चौतारीको प्रदेश कमिटीको प्रथम अधिवेशनबाट ओली पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । ओलीको अध्यक्षतमा ५१ प्रदेश कमिटी गठन गरिएको छ । प्रदेशको महासचिवमा शिवराज भट्ट सर्वसम्मत निर्वाचित भएका छन् ।
काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सत्ता गठबन्धनलाई दुषितको संज्ञा दिएका छन्।प्रेस चौतारी नेपालको संयुक्त प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको सरकार छ। यो गठबन्धन दुषित गठबन्धन हो। जतिबेला गठबन्धन बन्यो त्यतिबेला दल विभाजन नै भइसकेको थिएन।’ उनले गठबन्धनका नेताहरु नै जनतामा जान डराएको बताए। नेम्वाङले भने, ‘भरसक जनतामा जाने मिति पर सार्छन्। […]
बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ किन राख्न नसकेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । उनले यस प्रदेशका लागि ‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको तर्क गरे । साझा पहिचानका लागि कोसी प्रदेशको विकल्प नभएको ओलीको दाबी छ । प्रदेशको नाम सही ढंगले राख्न सक्नुपर्ने […]
धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले नेताहरुलाई गुटको राजनीति नगर्न निर्देशन दिएका छन्। शनिबार प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै भट्टले यस्तो निर्देशन दिएका हुन्। यस्तै उनले नेताहरुलाई गुट छोडेर कम्युनिष्ट पार्टीको मुलधारमा समाहित हुन आह्वान गरेका छन्। यस्तै चौतारीकै उद्घाटन समारोहमा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर […]
धनगढी: कैलाली कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–३ का श्याम थापामगरको सेती अस्पतालमा मृत्यु भएको हो। फोक्सोमा समस्या देखिएपछि उनलाई ३ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो। ३ महिनादेखि बिरामी रहेका थापामगरको शुक्रबार राति आइसियूमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए। लागुऔषध प्रयोगकर्ता तथा कारोबारी रहेका श्याम […]
धनगढी : शनिबार धनगढीमा प्रेस चौतारी सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन हुँदैछ। प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज अधिवेशन भइरहेको हो। प्रदेश नेतृत्व पुरानै अनुमोदनको सम्भावना रहेको चौतारीका नेताहरुले बताएका छन्। प्रदेश अध्यक्षका लागि पूर्वअध्यक्ष कृष्ण ओली नै आकांक्षी देखिएका छन् भने महासचिवमा शिवराज भट्टकै सम्भावना बलियो देखिएको छ। यस्तै सचिवमा भने बिराज रोस्यारा आकांक्षी देखिएका […]
काठमाडौं । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युव च्यानलाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेको छ । शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्याननलाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेका हुन् । यी हुन् कारबाहीका लागि […]
धनगढी : कैलालीको धनगढीमा बिहीबारदेखि सुरू भएको ‘नेपाली साहित्य महोत्सव’ विवादित बनेको छ। सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा भइरहेको नेपाली साहित्य महोत्सव २०७८ विवादमा तानिएको हो। ७४ लेखकले सामूहिक रुपमा विज्ञप्ती जारी गर्दै महोत्सव बहिष्कार गरेका छन्। उनीहरुले साहित्य महोत्सव नाटक मन्चन मात्रै भएको बताउँदै महोत्सव नै बहिष्कार गरेको घोषणा गरेका हुन्। ‘साहित्यको यस्तो कार्यक्रम भइरहदा […]
जिल्ला अस्पताल उदयपुर गाईघाट तनावग्रस्त बन्न पुगेको छ । अस्पतालमा शुक्रबार बिहान गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका हुन् । अस्पतालमा केही दिन अघि सुत्केरी गराउन ल्याएकी उदयपुरगढी गाउँपालिका– ६ नेपालटारकी ३२ वर्षिय गर्भवती महिला सीता राउत कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । तर, मृतकका आफन्तले भने स्वास्थ्यकर्मीको लापरबाहीले सीताको […]
दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुने भएको छ। महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो। यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनाका साथै दुवैतर्फको सीमा समुदायबीच रहेको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूतावासले जनाएको छ। पुल […]
धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्। भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत […]