होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दाङः अघोषित लोडशेडिङ हुन थालेको भन्दै नेपाली कांग्रेसले दाङमा विद्युत् कार्यालयलाई लालटिन उपहार दिएको छ। आज शुक्रवार नेपाली कांग्रेस घोराही उपमहानगर कमिटिको अगुवाइमा ध्यानाकर्षण पत्रसहित विद्युत् कार्यालयलाई लालटिन उपहार दिइएको हो। प्रतिनिधिमण्डल गएर अघोषित लोडशेडिङलाई तत्काल समाधान गर्न दबाब दिने कार्यक्रमस्वरूप लालटिन उपहार दिइएको कांग्रेस दाङले जनाएको छ।
काठमाडौं: अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) कार्यक्रम अब अघि बढ्न नसक्ने परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले सो कार्यक्रम अघि बढ्न नसक्ने बताएका हुन्। उनले भने, ‘प्रधानसेनापतिले पनि भनिसक्नुभएको छ। प्रधानमन्त्रीले पनि भन्नुभएको छ। अब एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन।’ यसअघि […]
स्टेट पार्टनरशिप प्रोगाम’ ९एसपिपी० का विषयबारेमा अहिलेसम्मका सरकारले कुनै जानकारी नदिएको भन्दै सांसदहरुले तत्काल सदनलाई यससबन्धमा प्रस्ट पार्न आग्रह गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय महत्वका विषयलाई सरकारमा हुँदा लुकाउने र सत्ताबाट बाहिरिएपछि आरोप लगाउने प्रवृत्ति कसैले पनि देखाउन नहुने बताए । उनीहरुले परिपक्व कूटनीतिक क्षमता प्रदर्शन गर्न, असंलग्न परराष्ट्र नीतिलाई […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैचारिक राजनीतिक लडाईं लडिरहेका बेला पार्टीको प्रतिष्ठालाई कमजोर बनाउन खोज्नेहरू एमालेको नेता कार्यकर्ता हुन नसक्ने बताएका छन् । राष्ट्रिय सभागृहमा आयोजित एमाले जनप्रतिनिधिको प्रशिक्षण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले एमाले तीव्र वैचारिक र राजनीतिक लडाई लडिरहेको बताए । ‘यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने, बफादार नहुने, पार्टीलाई खुइल्याउने र […]
धनगढी: सेती प्रादेशिक अस्पतालमा भौतिक संरचना र जनशक्ति अभावले उपचार सेवा प्रभावित भएको छ। अस्पतालमा विभिन्न विभागबाट उपचार सेवा सञ्चालनमा भए पनि भौतिक पूर्वाधार, चिकित्सक, नर्सिङ जनशक्ति र अन्य आवश्यक कर्मचारीको अभावले उपचार प्रभावित हुने गरेको हो। भौतिक पूर्वाधारको अभावले सेवा विस्तारमा समस्या भएकोले अस्पतालको स्तरवृद्धि गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ। अस्पतालमा बिरामीको संख्या […]
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताएका छन् । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा जवाफ दिँदै प्रधान सेनापति शर्माले उक्त पत्र भुकम्पको बेला २७ देशका सैनिक आएको र उनीहरूलाई नै सम्बोधन गरेर लेखेको प्रस्ट्याएका हुन् । त्यसमा उनले सैन्य समझदारी गर्ने कुनै कुरा नलेखेको […]
दुबईबाट नेपाल आएका युवकमा मंकीपक्स भाइरसको संक्रमण नभएको जानकारी प्राप्त भएको छ । टेकु अस्पतालका एक डाक्टरले ती व्यक्तिमा मंकीपक्स नभई कुष्टरोगको लक्षण देखिएको जानकारी रातोपाटीलाई दिए । बिहिबार दुबईबाट काठमाडौँ आएका एक युवकमा मंकीपक्स भाइरसको संक्रमणको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको निगरानीमा राखिएको थियो ।
राष्ट्रियसभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरूलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् । केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना पनि सुनाए । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै तत्कालीन नेकपाका सचिवालय […]
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणबारे प्रष्ट पार्न छलफलमा बोलाउने भएको छ। शुक्रबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो। असार ५ गते बस्ने बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय भएको समिति सभापति पवित्रा निरौला खरेलले बताएकी छिन्।
नेपाली चलचित्र ‘चिसो मान्छे’आजबाट प्रदर्शनमा आएको छ। स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म चिसो मान्छे प्रदर्शनमा आएकाे हाे । सुदूरपश्चिमकाे कथा बोकेको याे चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। उनले यसअघि पशुपतिप्रसाद, आमालगायत चलचित्र निर्देशन गरेका थिए। कोरोना महामारीको बीचमा कतारबाट ल्याइएको श्रमिकको शवलाई काठमाडौंदेखि बाजुरासम्म पुर्याउन गरिएको असजिलो यात्राको कथावस्तुलाई […]
नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै बताएकी छन् । शुक्रबार संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएकी हुन् । सांसद भुसालले प्रधानमन्त्री देउवाको भ्रमण अघि उनलाई एसएसपी कार्यक्रमको विषयमा संसदीय समितिहरूले सजग पार्नुपर्नेमा समेत जोड दिइन् । उनले भनिन् : ‘एसपीपी कार्यक्रममा कसको पालामा भयो र […]
सत्तारुढ नेपाली काँग्रेसका राष्ट्रियसभाका सांसद प्रकाश पन्थले अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) प्रस्ताव गर्ने काममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई मुछ्ने काम गरिएको भन्दै खेद व्यक्त गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद पन्थले कोइराला प्रधानमन्त्री भएको बेला हुँदै नभएको सो प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले मुछ्ने काम गरेको भन्दै खेद […]
काठमाडौं । नेपालले क्यानडामा २ वटा टी–२० र २ वटा एक दिवसीय क्रिकेट शृंखला खेल्ने भएको छ । असार १४ र १५ गते टी-२० तथा असार २० र २१ गते एकदिवसीय खेल हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । त्यसका लागि नेपाली टिम असार १२ गते क्यानडा जाने तयारी छ । स्कटल्याण्डमा नामिबियासमेत सम्मिलित […]
धनगढीः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले बुधबार आर्थिक वर्ष २०७९/०८० का लागि प्रदेश सभामा बजेट प्रस्तुत गरे। मन्त्री रावलले ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार बजेट प्रस्तुत गरेका हुन्। प्रदेशको पहिलो सरकारको अन्तिम बजेट मन्त्रीको निर्वाचन क्षेत्रमा केन्द्रित भएको आरोप लागेको छ। पहुँच तथा शक्तिमा रहेका मन्त्रीहरुले आ–आफ्नो क्षेत्रमा बजेटको ओइरो लगाएको […]
नेकपा एमालेका नेता भीम रावलले एसपीपी प्रकरणबारे छानबिन समिति बनाउन माग गरेका छन्। शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा रावलले छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन माग गरेका हुन्। नेता रावलले अमेरिकाले एसपीपी कार्यक्रममा सहभागी नहुने हो भने नेपालले पत्र लेख्न सक्ने बताइरहेका बेला परराष्ट्रमन्त्री र प्रधानमन्त्री मौन बस्नुको जवाफ दिनुपर्ने बताए। समितिको आजको बैठकमा […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका आठवटै मन्त्रालय एउटै हाताभित्र रहने गरी कर्णाली सिंहदरबार बनाउने भएको छ । हाल वीरेन्द्रनगर नगरपालिका –७, इत्राममा प्रदेश सरकारका मन्त्रालय र अरु केही सरकारी कार्यालय रहेका छन् । सोही ठाउँलाई घेराबार गरेर कर्णाली सिंहदरबार बनाइने आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए । बजेटबारे जानकारी दिन बिहीबार […]
काठमाडाैं : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता गर्न कूटनीतिक प्रयास जारी रहेको बताएका छन्। बिहीवार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट जवाफ दिँदै मन्त्री […]
काठमाडौं: नेपालमा ‘मंकीपक्स’ भाइरसका शंकास्पद बिरामी फेला परेका छन्। काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको हो। दुबईबाट नेपाल आएका ती युवकलाई टेकु अस्पतलमै भर्ना गरेर उपचार गइरहेको उपचारमा संलग्न चिकित्सकले बताए ।
काठमाडौं । बिहीबार सेयर बजार १२.५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए । बिहीबार बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार ५९४ कित्ता […]
राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले जग्गा धितो राखेर ऋण नपाउने व्यवस्थाप्रति ध्यानाकर्षण गराएका छन् । यो व्यवस्थाले विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुलाई समस्या आइपरेकाले मालपोतले जग्गा धितो राख्ने स्थिति बनाउन सरकारसँग माग गरे । उनले मलको अभाव, पाठ्यपुस्तकको अभाव र औषधिको अभाव भएकाले सबैको व्यवस्था गर्न पनि माग गरे । अर्की सदस्य तुलसाकुमारी […]