होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पोखरा — सम्पर्कविहीन तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा रहेको भनिए पनि अहिलेसम्म त्यस्तो कुनै ‘लोकेट’नभएको जोमसोम विमानस्थलले जनाएको छ । जोमसोम विमानस्थल प्रमुख पुस्कलराज शर्माले अहिलेसम्म जहाजको कुनै लोकेट नभएको बताएका हुन् । यसअघि लेकमा रहेका स्थानीयले घटनास्थलको ‘लोकेट’ गरेको नेपाली सेनाको मध्य कमान्ड हेडक्वार्टर पोखराका प्रमुख बाबुराम […]
काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा सोमबारदेखि हुँदैछ । जेठ २५ गतेसम्म हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षाको तयारी सबै पूरा भएको जानकारी दिए । ‘हामीले सबै परीक्षाको तयारी सकेका छौं । उत्तरपुस्तिकाहरु सबै पुगिसकेको छ,’ उनले भने । बोर्डले […]
धनगढी । कैलालीको माेहना नदीमा डुबेर दुई जना बालककाे मृत्यु भएकाे छ ।धनगढी उपमहानगरपालिका -३ स्थित धनगढीलाई कञ्चनपुरकाे राजघाट जोड्ने पक्की पुलमुनि मोहना नदीमा नुहाउने क्रममा डुबेर बालककाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका -३ विशालनगरका १० वर्षीय अनुप चौधरी र १२ वर्षीय बुष्णु गुप्ता […]
काठमाडौं । भारतको राजस्थानस्थित एक गाउँको एउटै घरमा बिहे भएका तीन दिदी–बहिनी र उनीहरुका दुई बच्चा गरी पाँच जना मृत फेला परेका छन् । दाइजोका कारण घरका सदस्यबाट दिनहुँ यातना पाएपछि उनीहरुले सामूहिक आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । मृत्यु हुनेमा २७ वर्षीया कालु मिणा, २३ वर्षीया ममता मिणा, […]
आज १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र […]
जल तथा मौसम पूर्वानुमान शाखाले नेपालका विभिन्न भूभागमा अझै २ दिन वर्षा हुने भएकोले सचेत रहन आग्रह गरेको छ । बिहीबारदेखि नेपालका विभिन्न भूभागमा वर्षा हुन थालेकोमा यो क्रम अझै सोमबारसम्म जारी रहने मौसमविद् बिनु महर्जनले जानकारी दिइन् । आज प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र मधेस प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको उनको […]
बुद्ध एयरले अलपत्र छाडेर आएको जलेकी महिला लोकशरी कुँवरको उपचार शुरु भएको छ। अमानवीय हर्कतको सिकार भएकी उनको बारेमा नेपालभ्यूजले समाचार प्रकाशन गरेलगतै जुटेका सहयोगीहरूले उनको उपचार शुरु गरेका हुन। बुद्ध एयरले अलपत्र छाडेर आएको जलेकी महिला लोकशरी कुँवरको उपचार शुरु भएको छ। अमानवीय हर्कतको सिकार भएकी उनको बारेमा नेपालभ्यूजले समाचार प्रकाशन गरेलगतै जुटेका सहयोगीहरूले […]
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन यही जेठ १६ गतेबाट सुरु गर्न सिफारिस गरिएको छ। शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्ने सिफारिस गरेको हो। सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिएका छन्। जेठ १६ […]
सुदूरपश्चिममा नयाँ पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको छ। जेठ ३ गतेदेखि नयाँ शैक्षिकसत्र सुरू भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन गर्न नसकिएको गुनासो गरिएको हो। जनक शिक्षा सामग्री केन्द्रले सुदूरपश्चिम प्रदेशमा यो वर्ष मात्रै २४ लाख थान पाठ्यपुस्तक आवश्यक पर्ने बताइएको छ। तर जेठ ३ गतेबाट नयाँ शैक्षिकसत्र सुरू भए पनि विद्यार्थीको हातमा अहिलेसम्म पाठ्यपुस्तक पुगेको […]
सरकारले पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध (कोभिड–१९) विरुद्धको फाइजर खोप दिइने भएको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध (कोभिड–१९) विरुद्धको फाइजर खोप दिइने भएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेश चौरसियाले कोभ्याक्स सुविधामार्फत नेपालले ८४ लाख मात्रा खोप प्राप्त गर्न लागेको जानकारी दिए […]
स्थानीय तह निर्वाचन २०७९ मा देशैभरका उम्मेदवार मध्ये सबैभन्दा धेरै मत काठमाडौं महानगरपालिकाकी नविनिर्वाचित उपमेयर सुनिता डंगोलले पाएकी छिन् । एमालेका तर्फबाट काठमाडौंमा उपमेयरको उम्मेदवारी दिएकी डंगोलले ६८६१२ मत सहित सबैभन्दा धेरै मत पाउँने उम्मेदवारका रुपमा आफूलाई दर्ज गरेकी हुन् । उनका निकटतम प्रतिस्पर्धी रामेश्वर श्रेष्ठले २३८०६ मत मात्रै पाए । आफ्ना प्रतिस्पर्धीलाई ४४८०६ मतान्तरका […]
काठमाडौँ, १३ जेठ । नेकपा एमालेको प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीहरुको हातमा तुरुन्तै पाठ्यपुस्तक पुर्याउन शिक्षा मन्त्रालय र जनक शिक्षा सामाग्री केन्द्र समक्ष जोडदार माग गरेको छ । अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ती जारी गर्दै जनक शिक्षा सामाग्री केन्द्रले रुस र युक्रेन युद्धको कारण देखाउदै लाखौं विद्यार्थीहरुको भविष्य माथि खेलवाड गरी समयमै पाठ्यपुस्तक […]
धनगढीः गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेश पनि आन्तरिक तयारीमा जुटेको छ। असोज २८ गतेदेखि पोखरामा सञ्चालन हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने सुदूरपश्चिम प्रदेश आन्तरिक तयारीमा जुटेको हो। यद्यपी तयारीका लागि खेलकुदका निकायसँग बजेटको अभाव देखिएको छ। सुदूरपश्चिम खेलकुद परिषद्ले प्रदेश सरकारसँग बजेट माग समेत गरेको छ। खेलाडी छनोटका लागि […]
काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधिको रुपमा आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । शुक्रबार काठमाडौंमा आयोजित निर्वाचित मत परिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारी बोधको रुपमा लिएको प्रतिक्रिया समेत दिइन् । आफूले निर्वाचनको बेला भन्ने गरेको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित, […]
काठमाडौं । बाजुराका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुले निर्वाचन सुरक्षामा योजनावद्ध रुपमा लापरबाही गरेको भेटिएको छ । निर्वाचन आयोगको छानबिनले प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् डीएसपी चतुर्भुज ओझा र सशस्त्र प्रहरी बलका डीएसपी दिपक विष्टले निर्वाचन विथोल्ने गतिविधि गरेको पुष्टि भएको हो । ‘निर्वाचन चलिरहेको अवस्थामा प्रमुख जिल्ला […]
काठमाडौं, जेठ १३ । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउने भएका छन् । संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। सातवटै प्रदेशसभाले निर्माण गरेको कानुनमा जनप्रतिनिधिको प्रमुखको […]
काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाका क्रममा बुधबार अपराह्नसम्म ७४८ स्थानको नतिजा सार्वजनिक भएको छ । पछिल्लो विवरण अनुसार, स्थानीय तहमा महिलाको नेतृत्व सख्याँ बढेको छ । तर समग्र प्रतिनिधित्वचाहिँ घटेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नगरपालिकामा ७ जनामात्रै मेयर निर्वाचित भएकोमा यसपाली १३ जना निर्वाचित भएका छन् । अघिल्लोपटक गाउँपालिकाहरुमा ११ जना महिला […]
बाजुरा । सुदूरपश्चिमबाट बाजुराको बुढीगंगासहित देशका ४ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन ।पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म ७ सय ४९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अब ४ वटा पालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ । बाजुराको बूढीगंगा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । यस्तै काठमाण्डौ महानगर,उदयपुरको […]
बाजुरा । कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ। तत्कालै अस्पताल पुर्याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेको हो। बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षकी आगोले जलेर घाइते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले […]
निर्वाचन आयोगले बाजुराको बूढीगंगा नगरपालिकामा फेरि मतदान कि मतगणना भन्ने निर्णय गर्न सकेको छैन । आयोगका आयुक्त सगुनशम्शेर जबरा नेतृत्वको उच्चस्तरीय अध्ययन टोलीले प्रतिवेदन बुझाएको भने साता दिन हुन लाग्यो । तर, प्रतिवेदन अध्ययन गरेर निर्णय लिन आयोगले सकेको छैन । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले प्रतिवेदन अध्ययनपछि आयोगले के गर्ने भन्नेबारे चाँडै निर्णय लिने […]