होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२४ वैशाख, पोखरा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले फेवातालबीचमा प्रदेश सरकारले कफी सप खोल्ने योजना बनाएको बताएका छन् । उनले गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको र त्यसैका लागि फेवातालमा फेवातालमा कफी सप खोलेर पर्यटकको संख्या बढाउने बताएका हुन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ५ ले पोखरामा […]
काठमाडौं– अमेरिकामाथि सेप्टेम्बर ११, २००१ को झैं आतङ्कवादी हमला नहुने अमेरिकाले सुनिश्चितता चाहेको छ । पछिल्ला वर्षमा अमेरिकाले प्रत्यक्ष सैनिक कमान्ड नेटोलाई हस्तान्तरण गर्नुका साथै त्यहाँ तैनाथ सैनिकको जिम्मेवारीमा पनि परिवर्तन गरेको छ । अफगानिस्तानमा आफ्ना सैनिक मारिने जोखिम बढ्दै गएपछि अहिले त्यहाँ तैनाथ नेटो सेनाले अफगान सुरक्षाफौजलाई तालिम, अतिरिक्त मद्दत गर्ने काम मात्र गरिरहेको […]
काठमाडौं– ३७ वर्षे जाङ्ग्बु शेर्पा नयाँ अभियानका साथ १६ औं पटक सगरमाथा आरोहण अभियानमा निस्कने तयारीमा छन् । यसअघि १५ पटकसम्म सगरमाथाको सफल अरोहण गरिसकेका जाङ्ग्बु शेपार्ल यस पटक भने उनले खबरहबको झण्डालाई विश्वको सर्वोच्च शिखरमा पुर्याउने लक्ष्य राखेका छन् । ‘यो झण्डासहित यो सिजन १६ औं पटक विश्वको सर्वोच्च शिखरमा टेक्न म एकदमै उत्साहित […]
काठमाडौं– गत बर्ष भन्दा यस बर्ष सरकारको बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं बार्षिक प्रतिवेदनले बेरुजु बढेको देखाएको हो । प्रतिवेदनमा बेरुजुको सम्बधमा अद्यावधी गरी टुंगो लगाउनुपर्ने रकम गत बर्ष ५ अर्ब ८ करोड रहेकोमा यस बर्ष ६ अर्ब ८३ अर्ब ६६ करोड पुगेको उल्लेख छ । तर लेखापरीक्षण […]
काठमाडौं– अरनिको राजमार्गअन्तर्गत बनेपाको भैसीपाटी चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ना३ख ६७८३ नम्बरको मालवाहक ट्रकले काठमाडौंबाट बनेपातर्फ आइरहेको बा७९प ९३८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धुलिखेल ९ पात्लेखेतका २८ वर्षिय गणेश लामाको मृत्यु भएको हो । ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि बस्ने यशोदा हमाल गम्भीर घाइते भएकी छन् । घाइते हमालको […]
काठमाडौं– २०७५ सालमा संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर साढे ४ लाख युवा कामको खोजीमा विभिन्न देश पुगेका छन् । यो वर्ष संस्थागत श्रम स्वीकृति लिएर २ लाख २८ हजार २ सय र व्यक्तिगत २ लाख २२ हजार ३ सय गरी ४ लाख ५० हजार युवा रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा […]
घोराही– दाङको घोराहीमा जारी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ४०औँ टेबलटेनिस प्रतियोगितामा शुक्रबार सम्पन्न पाँच खेलमा नेपाल प्रहरीले चार स्वर्ण पदक जितेको छ । प्रहरीले एउटा रजत पदकसमेत जितेको छ । यस्तै शसस्त्र प्रहरीको एपीएफ क्लबले एउटा स्वर्ण, दुई रजत तथा दुई कास्य जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दुई रजत तथा दुई कास्य […]
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । महासचिव बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने तर्क पनि गरे । ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले रेशम चौधरीलाई जन्मकैदको सजाय दिने काम गरेको भन्दै सरकारको चर्को […]
काठकाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा २ अर्बभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा २ अर्व ६८ करोड ७७ लाख ५८ हजार रकम बेरुजु रहेको देखाएको हो । प्रतिवेदनका अनुसार स्वास्थ्य मन्त्रालय मातहतका सरकारी कार्यालयतर्फ ९९ निकायमा १ अर्ब ४९ करोड ४४ […]
काठमाडौं– नेपाली सेनाले विभिन्न प्रयोजनका लागि आफ्ना विमान भाडामा उपलब्ध गराए वापत ४ करोड ३४ लाख बढी उठाउन बाँकी रहेको छ । नेपाली सेनाले आर्थिक वर्ष २०३४/०३५ देखि नै बाँकी रहेको वक्यौता उठाउन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा सेनाले आफ्ना जहाज तथा हेलिकप्टरहरु भाडामा लगाएर बापत ४ करोड […]
काठमाडौं– नेपाल सेनाले निर्माण जिम्मा लिएको काठमाडौं–तराईं/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)मा हालसम्म १२ अर्ब ६४ करोड खर्च भएको छ । महालेखा परीक्षकको कार्यालयको ५६ औं प्रतिवेदनमा फास्ट ट्र्याक निर्माणका लागि हालसम्म १२ अर्ब ६४ करोड ६२ लाख खर्च भएको उल्लेख छ । सेनाले निर्माण जिम्मा पाएको फास्ट ट्रयाकमा अहिलेसम्म रुख कटान, माटो काट्ने तथा […]
काठमाडौं– सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाललाई डिजिटलरुपमा आर्थिक क्रान्तिसँगै समृद्धितर्फ डोर्याउनुपर्ने बताएका छन् । शुक्रबार जनकपुरधामस्थित नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले काठमाण्डौंमा सम्पन्न लगानी सम्मेलनमा धेरै कम्पनीहरु सञ्चार क्षेत्रमा काम गर्न चाहेकाले पलपलमा चुनौती रहेकोतर्फ टेलिकमका कर्मचारीहरुलाई सचेत गराए । उनले ४२ सय कर्मचारी भएर पनि नेपाल सरकारको स्वामित्वमा […]