होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: लगातारको वर्षातका कारण पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेको छ।डोटीको गैरा बजार नजिक गएको पहिरो दुई डोजर प्रयोग गरेर पन्छ्याइएको इलाका प्रहरी चौकी गैराले जनाएको छ। सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको थियो। राजमार्ग अवरुद्ध भएपछि तराईबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेका गाडीहरु रोकिएका थिए। दिनेशखबरबाट
धनगढी: सुदूरपश्चिम प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गरेको छ। सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन्। नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण (बजेट) ल्याउने बाटो खुला भएको छ। नेकपा एमाले सुदूरपश्चिम […]
सुदुरपश्चिम प्रदेशमा संविधानले तोकेभन्दा बढी मन्त्री बनाएको भन्दै परेको रिटमा अन्तरिम आदेशबारे छलफल गर्न सर्वोच्चले विपक्षीलाई झिकाउन आदेश गरेको छ । आइतबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले अन्तरिम आदेशबारे छलफलका लागी विपक्षीलाई झिकाउने आदेश गरेको हो । असार ६ मा सर्वोच्चले विपक्षीलाई झिकाउन आदेश गरेको छ । कुल सांसद संख्याको बढीमा २० प्रतिशत मात्र मन्त्री […]
कैलाली । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार जिल्लाको वेदकोट नगरपालिका–५ मा स्थानीय युवतीमाथि दुईजना युवकले बलात्कार गरेको जनाएको हो । बलात्कार गरेको आरोपमा वेदकोट नगरपालिका–६ का २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । बलात्कारमा संलग्न […]
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेशसभा सदस्यलाई कारबाही हुने बताएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन पार्टीले दिएको निर्देशनको उल्लङ्घन गर्ने प्रदेश सांसदहरुलाई कारबाही गर्न तयारी अगाडि बढाइएको उनको भनाइ छ । ‘पार्टीको निर्देशन विपरीत अर्को दलको मुख्यमन्त्रीलाई विश्वासको मत दिनु अपराधपूर्ण […]
२५ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका छन् । प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, […]
काठमाडौं, २५ जेठ । केन्द्र देखि सात प्रदेशसम्म नेकपा एमालेका सांसदहरुको संरचनाको अवस्था सुदूरपश्चिम प्रदेशमा मात्र माधवकुमार नेपाल खेमा बलियो अवस्थामा छ । संसदीय दलमा पनि नेपाल समूहको पार्टीभित्र भारी बहुमत छ । यसको मुख्य कारण भीम रावल हुन् । रावल नेकपा एमालेबाट निष्काशित भइसकेका छन् । उनी नवौं महाधिवेशनमा निर्वाचित उपाध्यक्ष हुन् । सुदूरपश्चिम […]
काठमाडौं, २५ जेठ । सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता प्रकाश शाहीसहित नेकपा एमालेका १७ प्रदेश सभा सांसदले फ्लोर क्रस गरेका छन् । उनीहरुले मुख्यमन्त्री त्रीलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गर्ने पार्टी ह्वीप उल्लंघन गरेका हुन् । नेपालको संसदीय इतिहासमा पार्टीको ह्वीप उल्लंघन गरेर सोही पार्टीका दुई तिहाई सांसदले फ्लोर क्रस गरेको यो पहिलो घटना […]
केन्द्रमा दुई राजनीतिक ध्रुवमा उभिएका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा भने सत्ता साझेदार भूमिकामा कायम छन् । सोही सहकार्यका आधारमा मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत हासिल गरे । प्रदेशसभामा सभामुखबाहेक ५१ सांसदमध्ये मुख्यमन्त्री भट्टले विश्वासको मतको पक्षमा ३० सांसदको समर्थन पाए । त्यसो त, प्रदेशसभामा सत्तारुढ दुई दलका कुल […]
२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिए । प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत प्रदान गरेकोमा प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिँदै आफूले पाएको सोही विश्वासका आधारमा आगामी दिनमा अघि बढ्ने बताएका छन् । विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुदूरपश्चिम प्रदेशलाई आफूले तीन वर्षभन्दा लामो समयदेखि नेतृत्व गरेको र यस क्रममा सबै पक्षलाई साथ लिएर हिँडेको स्मरण गराए । उनले अब […]
कैलालीमा लागुऔषधसहित तीन पक्राउ परेका छन् । प्रहरीले दुई युवती र एक युवकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिंह, २० वर्षीया मैना साउँद र ३५ वर्षीया लक्ष्मी भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–२ कृष्णनगर […]
काठमाडौं, २५ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले विश्वासको मत लिएका छन् । उनले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल खेमाका सांसदहरुको मत पाएका थिए । विश्वासको मतको पक्षमा ३०, विपक्षमा ९ र तटस्थ १२ जना भए । विश्वासको मतको पक्षमा माओवादी केन्द्रका १३ र नेकपा एमालेको नेपाल खेमाका १७ मत परेको […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि प्रस्ताव पेश भएअनुसार अहिले मतविभाजनको प्रक्रिया सुरु भएको छ । सभामुखले मुख्यमन्त्री भट्टले पेश गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गरेका छन् । यससँगै मतविभाजनको प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय गरिसकेका छन् भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने जनाएको […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन जनाएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै दुवै दलका प्रतिनिधिले प्रस्तावको पक्षमा मतदान गर्ने संसदीय दलको निर्णय रहेको भन्दै सोही अनुसार भूमिका निर्वाह गर्ने बताए । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एमाले […]
धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिरहँदा नेपाली कांग्रेसले भट्ट नेतृत्वकै सरकारलाई साथ दिने निर्णय गरेको छ । विश्वासको मत माग्ने क्रममा सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान […]
२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । यही बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत दिन प्रस्ताव गर्ने छन् । नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने […]
धनगढी — सुदूरपश्चिम प्रदेशसभामा आइतबार निर्धारित बैठकमा प्रि–बजेट छलफलको कार्यतालिका थियो । तर, आर्थिक मामिला तथा योजना मन्त्रालयले आवश्यक तयारी नपुगेको जानकारी गराएपछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर बैठक नै स्थगित गर्नुपर्यो । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नै पर्ने दिन आउन एक साता मात्रै बाँकी छ । तर, आइतबारसम्म बजेटको नीति, प्राथमिकता र सिद्धान्त (प्रि–बजेट) नै […]
सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको ८५ हजार मात्रा खोप आइपुगेको छ । चीनबाट आयात गरिएको उक्त खोप सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले यहाँका नौवटै जिल्लालाई हस्तान्तरण गरिसकेको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गोल्डेन असिस्टेन्ट राजेन्द्र अवस्थीले पहिलो चरणमा यहाँ ६० देखि ६४ वर्ष उमेर समूहका लागि लगाइने बताए । केन्द्रबाट आएको खोप जिल्लाहरुमा वितरण गरिएको […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन । उनले मंगलबार सम्ममा विश्वासको मत लिने बताइएको छ । सर्वोच्चको फैसला पछि नेकपा पार्टी विभाजित भइसकेको तथा एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कानुनी रुपमा विश्वासको मत लिनु पर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले रातोपाटीलाई जानकारी […]