होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्ला सदरमुकाम सिलगढी कलेना, मछिन्तोला, दल्लेक, मेल्लेक हुँदै बझाङ जोड्ने सडक अवरुद्ध भएको छ । उक्त सडकअन्तर्गत सिलगढीको चिसापानी भन्ने ठाउँमा सडक माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि यातायात सञ्चालन गर्न समस्या हुनुका साथै नागरिकलाई जिल्ला सदरमुकाम सिलगढी आवतजावतमा समस्या भएको छ । पहिराले सडक […]
अछाम– अछामको नदी किनारमा महिलाको बेबारिसे शव फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराका अनुसार करिब ३० वर्षकी महिलाको शव शनिबार चौरपाटी गाउँपालिका–४ बुढीगंगा नदी किनार चित्रेमा फेला परेको हो। दुई जना बालकले नदी किनारमा खेल्ने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। अहिले शव कसको हो भन्नेबारे पत्ता लागि नगसकेको […]
डडेल्धुरा : नेपाली काँग्रेस डडेल्धुराको सभापतिमा हरिप्रसाद भट्टले उम्मेदवारी दिने भएका छन्। शनिबार नेपाली काँग्रेसका नेता एवं अमरगढी नगरपालिकाका पूर्व मेयर मोहनराज पाठकको नेतृत्वमा जिल्ला सदरमुकाममा बसेको भेलाले भट्टलाई पार्टीको सातौं अधिवेशनमा जिल्ला सभापतिका लागि उम्मेदवारी दिने निर्णय गरेको हो। नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवं अभिवक्ता भट्टले जिल्लामा रहेको पार्टीको गुटलाई एकताका साथै आगामी हुने […]
धनगढीः शुक्रबार मात्रै कैलालीमा छाडा पशु चौपायासँग ठोक्किदा मोटरसाइल चालकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका ६ गुलरास्थित पूर्व–पश्चिम राजमार्गमा से३प ५९५४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा जोशीपुर गाउँपालिका–२ का २६ वर्षीय पदम चौधरीको ज्यान गएको हो। बुधबार गड्डाचौकी जोड्ने पूर्व–पश्चिम राजमार्गस्थित दोदा नदी नजिक एक गाई सवारी साधनको ठक्करबाट मरेको थियो। झलारी बजार नजिक्कै एक […]
धनगढीः डोटीमा तीन जंगली च्याउ खाँदा तीन जना बालक बिरामी भएका छन्। शिखर नगरपालिकाको वडा नम्बर ५ तीजालीका तीन बालक जंगली च्याउ खाँदा बिरामी भएका हुन्। तीजालीका स्थानीय पवन साउदका १० वर्षीय छोरा रमेश, शेरबहादुर साउदका ६ वर्षीय छोरा महेश र विष्णु ताम्राकारका ७ वर्षीय छोरा आदित्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। […]
दार्चुला — छाङरुकी सरु बोहरा सात दशक टेक्दैछिन् । सन्तान हुर्काइसकेकी उनी आराम गरेर बस्नुपर्ने बेला एकतमासले सुइरो चलाउँदै स्वीटर बुनिरहेकी छन् । जेठा छोरा नरेशसिंह बोहरा काठमाडौंमा छन् । जो लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । दुई छोरा सपरिवार अमेरिकामा छन् । सरु भने पतिसँगै छाङरुमै बस्छिन् । ७७ वर्षीया राधा बोहरा पनि पतिसँगै छाङरुमा छिन् । छोरा हेमेन्द्रसिंह […]
धनगढी : सरकारले वृद्धि गरेको सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ। पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएकोमा भाडादर सार्वजनिक गरेको हो। सार्वजनिकभाडादर अनुसार सुदूरपश्चिमकाे एउटै रुटमा पाँच सय रुपैयाँसम्म भाडा बढेको छ। सार्वजनिक भएको सूचीअनुसार सबैभन्दा धेरै काठमाडौं–अत्तरीया–मार्तडी रुटमा ५६५ रुपैयाँ भाडा बढेर २५८२ पुगेको छ। […]
धनगढी,१ साउन । सुदूरपश्चिम रक्त सञ्चार केन्द्र सञ्चालनमा आएको छ । प्रदेशमै पहिलो पटक अत्याधुनिक रक्त सञ्चार केन्द्र आजदेखि सञ्चालनमा आएको हो । रक्त सञ्चार केन्द्रको आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो । नेपाल रेडक्रस सोसाईटी कैलालीले धनगढी उप–महानगरपालिकाको समन्वय तथा अमेरिकी जनताको सहयोगबाट धनगढीमा देशकै नमुना सुदूरपश्चिम रक्त सञ्चार केन्द्रको स्थापना गरेको […]
धनगढी : कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन ११ गतेसम्मलाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धाारा जारी आदेशमा उल्लेख छ। सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलीने दर्शकसहितका खेलकुदबाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा चालू र पुँजीगत गरी ३४ अर्ब ५२ करोड बजेट खर्च गर्ने योजना बनाएको थियो। प्रदेशमा १८ अर्ब १७ करोड बजेट पुँजीगत तर्फ खर्च गर्ने उद्देश्य राखिएको भएपनि १२ अर्ब ७१ करोड मात्रै खर्च भएको छ। चालूतर्फ भने १६ अर्ब ५ करोड खर्च गर्ने योजना प्रदेश सरकारको थियो। […]
बझाङ । बुङ्गल नगरपालिका वडा नं ९ र ११ का बासिन्दालाई वितरण गर्न भनी लगिएको सामाजिक सुरक्षाभत्ताबापतको रकम वडा सचिवकै कोठाबाट हराएको छ । कोठामा राखिएको नगद ३९ लाख रुपैयाँ चोरी भएको वडा सचिव बपिन्द्र महतोले दाबी गरेका छन् । उनी नगरपालिकाकै वडा सदस्य धनवीर बोहराको घरमा भाडामा बस्दै आएका छन् । उक्त रकम सोही […]
बैतडीः बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ । जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उप–प्रमुख राधा ओझाले बताइन् । नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष […]
धनगढी: अछाममा पहिरोले सडक अवरुद्ध भएको छ। मध्यपहाडी लोकमार्ग अन्तर्गत कमलबजार नगरपालिकास्थित किर्तिपुरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। अछामबाट सुर्खेत जाने सो सडक मंगलबार दिउँसो तीन बजेदेखि अवरुद्ध रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। स्काभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेको प्रहरीले बताएको छ।
धनगढी: सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा रहेका सुदूरपश्चिमका सांसदले साथ छोडेको चर्चा चल्न थालेको छ। विगतमा ओली पक्षमा रहेका सुदूरपश्चिमका १४ प्रतिनिधिसभा सदस्यमध्ये १० जनाले साथ छोडेको चर्चा हुन लागेको हो। बैतडीका दामोदर भण्डारी, बझाङकी आशा बिक, कैलालीका नारदमुनी राना […]
जिल्लाको पूर्वीचौकी गाउँपालिकाले महिनाबारी रजस्वला भएको बेला घरैमा बस्ने १४ महिलालाई नगद पुरस्कारसहित सम्मान गरेको छ । वर्षभरिमा महिनावारी छाउ हुँदा घरैमा बस्ने वडाभरिका १४ महिलालाई सम्मानस्वरुप पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । महिनावारी भएका बेला छाउ बार्ने परम्परा तोडेको भन्दै उनीहरुलाई नगद पुरस्कार जनही रु पाँच हजारसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी […]
२९ असार, धनगढी । बझाङमा पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका– ७ मा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ६१ वर्षीय जगदिश जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बालिकाका छिमेकीसमेत रहेका […]
धनगढी: सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिको नाममा परमादेश जारी गरेसँगै देउवाको गृहप्रदेश सुदूरपश्चिममा खुसीयाली मनाउन थालिएको छ। सामाजिक सञ्जाल फेसबुकमा देउवालाई बधाई दिनेको पनि ओइरो छ। पाँचौ पटक देउवा प्रधानमन्त्री हुन लागेको भन्दै नेपाली काँग्रेससहित अन्य दलका नेता कार्यकर्ताले पनि बधाई दिएका छन्। डडेल्धुरा गृहजिल्ला भएका देउवा अहिलेसम्म […]
कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका शहर बजारमा अनलाइन कक्षाबाट धमाधम पढाइ शुरु हुन थालेको छ । शहर बजारमा बस्ने विद्यार्थी अनलाइन कक्षाबाट आफ्नो पढाइलाई निरन्तरता दिइरहेका बेला यहाँका अन्य गाउँघरमा भने कुनै पढाइ हुन सकेको छैन । ग्रामीण क्षेत्रमा इन्टरनेट सुविधा नभएका कारण गाउँघरका विद्यार्थीको पढाइ हुन नसकेको बडिकेदार गाउँपालिका–१ विपीनगरकी रक्षा […]
धनगढीः सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पाइने रैथाने अन्नबाली लोप हुँदै गएका छन्। पछिल्लो समय उन्नत खालको बीउ भित्रिएसँगै फापर, कोदो, मकै र कागुनो जातका महत्वपूर्ण अन्नबाली लोप हुन थालेको हो। ती अन्न स्वास्थ्यको दृष्टिकोणले अति लाभदायक मानिन्छ। डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरालगात जिल्लामा राम्रो उत्पादन हुने ती अन्नबाली पछिल्लो समय लोप हुँदै […]
२७ असार, धनगढी । कैलालीमा प्रेम सम्बन्धपछि घरबाट भागेर अन्तरजातीय विवाह गरेका प्रकाश विश्वकर्मा र मालती रावलको जोडीलाई अलग्याएर प्रहरीले आफन्तको जिम्मा लगाएको छ । प्रकाशले भने आफूहरुलाई उमेर नपुगेको कारण देखाउँदै अलग्याए पनि उमेर पुगेपछि पुनः एक हुने बताएका छन् । उमेर नपुगेको कारण देखाएर मालतीलाई आफूबाट अलग गराउने षडयन्त्र भएको बताउँदै उनले भने, […]