होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : महाकाली नदीमा तुइन तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति दार्चुलाबाट धनगढी पुगेको छ। गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठित छानबिन समिति धनगढी पुगेको हो। समितिले अहिले सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीसंग छलफल गरिरहेको छ। दार्चुलाबाट मंगलबार फर्किएको टोलीले महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट […]
धनगढी : धनगढीमा निर्माण भएको सुदूरपश्चिम रक्त सञ्चार केन्द्रको उद्घाटन कार्यक्रममा अमेरिकी सेना आएको भन्दै संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले चासो देखाएको छ। बर्दीधारी अमेरिकी सैनिक धनगढी पुगेर फर्किएको झण्डै एक महिनापछि अन्तर्राष्ट्रिय सम्बन्ध समितिले चासो देखाएको हो। अमेरिकी सैनिक पोशाकसहित उपस्थित भएको भन्दै सांसद भीम रावल, प्रकाशमान सिंह, पुष्पा भुसाल, दीपप्रकाश भट्टलगायतले चासो राखेपछि […]
नागरिक रैबार । कैलाली २६ साउन । जिल्ला प्रहरी कैलालीले गौरीगंगा नगरपालिका – ९ शंकरपुरबाट हातहतियार सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाँउपालिका वडा – ९ का ५३ बर्षीय खेम राज चौधरी र धनगढी उपमहानगरपालिका – २ का ४६ बर्षीय मोहित कुमार शाह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । […]
२६ साउन, धनगढी । कैलालीमा आन्तरिक राजश्व विभागको स्टीकरसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले सोमबार गौरीगंगा नगरपालिका–७ तालबन्दस्थित सडकखण्डबाट राजश्व विभागको स्टीकरसहित तीनजना भारतीय र दुईजना नेपालीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीका १९ वर्षीय संजित कुुमार र सोही ठाउँका २० वर्षीय रिङ्कुु कुमार र २२ वर्षीय […]
महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति आठ दिन पछि यहाँबाट फर्किएको छ । यही साउन १५ गते तुइनबाट सो नदी तर्ने क्रममा धामी बेपत्ता भएका थिए । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन् । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म […]
नागरिक रैबार । बाजुरा २६ साउन । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रतिनिधिमुलक प्रहरीहरु बजारमा भेटे जतिका सर्वसाधारणहरुलाई तपाईको मास्क खोई भन्दै नभएकाहरुलाई मास्क लगाउन सुझाउँदै उनीहरुलाई मास्क वितरण गर्दै हिडिरहेको छ । “नेपाल मास्क अभियान” साप्ताहिक कार्यक्रम अन्तर्गत कोभिड-१९ को संक्रमणबाट उत्पन्न हुन सक्ने जोखिम न्युनिकरणको लागि जिल्ला बाजुरा बडीमालिका नगरपालिका वडा नं. ८ र […]
२६ साउन, डोटी । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष (२०७७/०७८) मा मात्रै ६८० जनाले आत्महत्या गरेका छन् ।सबैभन्दा बढी ४९६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै विष सेवन गरेर १७२, पानीमा हाम फालेर पाँच, आगो लगाएर तीन, हाम फालेर तीन र हातहतियार औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् । सुदूरपश्चिम प्रहरी कार्यालयले […]
धनगढी: अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन्।जिल्लाको मंगलसेन नगरपालिका -१ भट्टेका ५६ वर्षिया रतने राना घर नजिकै बारिमा घाँस काट्ने क्रममा भालुले आक्रमण गर्दा घाइते भएका वडा सदस्य पूर्ण बहादुर रानाले बताए। उनको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको बताइएको छ।
अछामः अछाममा कक्षा ११ को प्रश्नपत्र बाहिरीएको विषयमा शिक्षा विकास तथा समन्वय इकाईले विद्यालयलाई स्पष्टीकरण साेधेको छ।कक्षा ११ को लेखा विधिका सिद्धान्तको प्रश्नपत्र बाहिरीएको खबर प्रमाणसहित विभिन्न सञ्चार माध्यममा आएको भन्दै सरस्वती माध्यमिक विद्यालय जयगढलाई उक्त विषयमा स्पष्ट पार्न इकाईले पत्र पठाएको हो। साथै विद्यालयलाई प्रश्नपत्रको गोपनियता भंग गरेमा शिक्षा ऐनको नियम १७(१क) बमोजिम दण्ड […]
बाजुरा २५ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन गइरहेको सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवल प्रतियोगिता छनोटमा पहिलो पटक सुदूरपश्चिम प्रदेशबाट रानीवन स्पोर्टस् क्लब बाजुराको टोलीले सहभागिता जनाउने भएको छ । अर्को महिनाको १० गते आयोजना हुन गइरहेको लिगको छनोटका लागि रानीवन स्पोर्टस् क्लब बाजुराले आईतबार एन्फामा आफ्नो नाम दर्ता गराएको क्लबका […]
बाजुरा २५ साउन । जिल्ला प्रशासन कार्यालय बाजुराले स्वास्थ्य मापदण्ड पुरा नगरी विद्यालय सञ्चालनमा आएका विद्यालयलाई तत्काल बन्द गर्न प्रत्येक स्थानीय तहलाई जानकारी गराएको छ । जिल्लाका ९ वटै स्थानीय तहलाई एकसाथ पत्राचार गर्दै जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा सामाग्रीको प्रयोग गर्न नसकिने अवस्थामा विद्यालय बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम […]
सुरक्षा निकायले महाकाली नदीमा बेपत्ता भएका जय सिंह धामीको शव खोजी जारी राखेका छन् । नेपालतिर सशस्त्र प्रहरी बल र नेपाल प्रहरी र भारततर्फ भारतीय एसएसबीले नदी छेउछाउ खोजी जारी राखेका हुन् । यही साउन १५ गते तुइनबाट नदी तर्ने क्रममा उनी बेपत्ता भएका थिए । सुरक्षाकर्मीले व्यास गाउँपालिका–२ मालदेखि महाकाली नगरपालिकाको खलङ्गा क्षेत्रसम्म निरन्तर […]
डोटीःसाउन २४। विद्युत् विस्तारका लागि खम्बा गाडेको वर्षौँपछि जिल्लाको केआइसिंह गाउँपालिका–१ गणेशकाडा र ४ को मगरबस्तीमा बल्ल विद्युत् पुगेको छ। वर्षौपछि बिजुली बत्ती प्रयोग गर्न पाएकामा अहिले त्यहाँका बासिन्दा खुशी छन्। वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर बमले भने,“सल्लाको दियालो र टुकीको भरमा गुजारा चलाउँदै आएका यहाँका बासिन्दालाई निकै सास्ती थियो, ठूलो मेहेनतले बत्ती पु¥यायौँ, […]
धनगढीःसाउन २४ सुदूरपश्चिमको प्रमुख पर्यटकिय क्षेत्र खप्तडको प्रवेशद्वारमा पर्ने बगलेक आन्तरिक पर्यटकको रोजाईमा परेको छ। डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ मा पर्ने बगलेक क्षेत्र आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो। जसलाई ‘मिनी खप्तड’ पनि भन्ने गरिन्छ। खप्तडकै जस्ता फाँटहरु भएका कारण बगलेक क्षेत्रलाई ‘मिनी खप्तड’ भनिने गरेको स्थानीय लक्ष्मण ओलीले बताए। ‘खप्तडको प्रवेशद्वारमा पर्ने […]
धनगढी : साउन २४ ।कर्णाली नदी गाउँ पस्ने खतरा बढेको छ। कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ५ को शाहीपुर क्षेत्रमा निर्माण गरिएको तटबन्ध कटान गरेपछि कर्णाली नदी गाउँ पस्ने खतरा बढेको हो। राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध नदीले भत्काएपछि शाहीपुर हुँदै नारायणपुर र सत्ती क्षेत्रमा नदी पस्ने खतरा […]
धनगढी : २४ साउन । प्रदेशका झण्डै १५ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप पाएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार चार लाख २० हजार नागरिकले खोप पाएका हुन्। उनीहरुमध्ये अधिकासंले दोस्रो डोज भने पाउन बाँकी छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याँक अनुसार ४ लाख २० हजार नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको हो। […]
धनगढी : महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुलामा रहेको गृह मन्त्रालयको टोली शुक्रबार नेपालतर्फको घटनास्थल पुगेको छ। बिहीबार भारततर्फको घटनास्थल निरीक्षण गरेर फर्किएको टोली आज व्याँस गाउँपालिका– २ मालगाउँ गएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्हरी नायब उपरीक्षक मनोहर भट्टले नेपालतर्फबाट स्थलगत निरीक्षण र पीडित परिवार भेट्ने योजनासहित छानबिन टोली मागाउँ […]
धनगढी : जयसिंह धामी बेपत्ता प्रकरणबारे छानबिन गर्न दार्चुला पुगेको गृह मन्त्रालयको टोलीको फोटो खिच्न पत्रकारलाई निषेध गरिएकोछ। नेपालतर्फको घटनास्थलको निरीक्षण र पीडित परिवारलाई भेटन् हेलिकोप्टरमार्फत छानबिन टोली मालगाउँ प्रस्थान गरिरहेको समयमा फोटो खिच्न रोक लगाइएको हो। दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले भने, ‘साउन २१ गते भारतीय एसएसबीले फोटो खिच्नबाट बञ्चित गरायो। आज फेरि नेपाली सेनाले […]
कैलाली । दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउन भन्दै गृह मन्त्रालयले गठन गरेको छानबिन टोली शुक्रबार हेलिकप्टर चढेर मालघाट पुगेको छ ।छानबिन न टोली बिहीबार पैदल हिंडेर घटनास्थल मालघाट गएको थियो । भारतपट्टि गएर टोलीले घटनास्थलको स्थलगत निरीक्षण गर्दा वारी नेपालतर्फ भने स्थानीयले विरोध प्रदर्शन गरेका थिए । राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएकाहरुले नेपालतर्फ पनि आएर […]
नागरिक रैबार विहिवार २१ साउन । जिल्ला अस्पताल बाजुरामा उपचारार्थ दुई बच्चामा देखियो डेल्टा भेरिएन्ट भाइरस देखा परेको छ । जिल्ला अस्पताल बाजुरामा रुगाखोकी तथा स्वासप्रस्वासमा समस्या भई बिरामी भएर आएका दुई बच्चामा उक्त भाइरस देखा परेको हो । जिल्ला अस्पताल बाजुुराले धनगढी हुँदै काठमाडाँै रिफर गरेको एक १० वर्षीया बालकलाई कोरोना भाइरसको प्रकारलाई जनाउने […]