होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नवलपुर । जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय सुनाएको छ । यत्रप्रसाद आचार्यको इजलासमा पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ भने अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए ।
अछाम – बलात्कारको अभियोगमा जेल भुक्तान सुरु गरेको ७ दिन नपुग्दै एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका– ५ का बेदराज भाटको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार शरीर चिथोर्ने, चिच्याउने, कराउने गर्न थालेपछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि […]
काठमाडौं: काठमाडौंको कालिकास्थानमा रहेको ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ। मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरेको भन्ने सूचना पाएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो। घटनाको अनुसन्धानका लागि प्रहरीले सोही कलेजका मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत चार जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको छ। म्याग्दीको […]
धनगढीः वीरगञ्जमा मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको आरोपमा तीन जना समातिएका छन्। तीमध्ये एक जना महिला पनि हुन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–८ स्थित एउटा रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरजकुमार साह र ३५ वर्षीय हरिश्चन्द्रनाथ योगी हुन्। वीरगञ्ज महानगरपालिका–१६ स्थित कार्की होटलकी सञ्चालिका ४२ वर्षीया लक्ष्मी बुढाथोकी कार्कीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। […]
काठमाडौं । सकारले गणतन्त्र दिवसको अवसरमा ८३४ जनाको कैद सजाय माफी मिनाहा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय १५ जेठ २०७९ देखि माफी मिनाहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको […]
कञ्चनपुर: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडि नै ठगी गरिरहेका ३ जनालाई पक्राउ गरिएको छ। राहदानीका लागि अनलाइन फारम भर्ने नाममा २ देखि ३ हजार रुपैयाँसम्म असुली गरेको गुनासोपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रशासनको गेट अगाडिबाट २ जना र दूरसञ्चारको गेट अगाडिबाट १ गरी ३ जालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रमुख जिल्ला […]
बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएकोे छ। अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए। इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो। स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा […]
काठमाडौं । दुई महिनाअघि उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले वानएक्सबेट डटकममार्फत नेपालबाट हुने सट्टेबाजीमा संलग्नहरुलाई अनुसन्धानका लागि बोलायो । उनीहरुमार्फत एजेन्टसम्म पनि प्रहरी अधिकृतहरु पुगे, आफैं बेटिङको सञ्जालमा छिरे । ‘त्यसक्रममा वान एक्स बेटको सबै रकम क्रिप्टोको माध्यमबाट रसिया जाने गरेको भेटियो’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘यो साइटको माध्यमबाट सामान्य अवस्थामा दिनमा ५० लाख […]
काठमाडौं । अभिनेता पल शाह बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । अभिनेता शाहमाथि बलात्कारको आरोप लगाउने नाबालिगले आफ्नो बयान फेरेकी छन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । कानुन व्यवसायीका अनुसार पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’ पीडितले […]
काठमाडौंः सर्लाहीको वाग्मती नगरपालिकाका लेखा अधिकृत पक्राउ परेका छन्। एक व्यापारीको हत्या गर्न षड्यन्त्र गरेको आरोपमा उनलाई म्याग्दीबाट पक्राउ गरी ल्याइएको हो। सिद्धिबहादुर रायमाझीलाई गोली हानी हत्या गर्नका लागि भारतीय सुटर बोलाएको आरोपमा पक्राउ पुर्जी जारी भएपछि लेखा अधिकृत ५० वर्षीय विश्वराज पोखरेल गत पुसदेखि फरार थिए। अदालतबाट हिरासत म्याद थप गरेर अनुसन्धान भइरहेको एसपी […]
बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो। जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा […]
, विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् । सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताएका हुन् । अपराधमा संलग्नले उन्मुक्ति नपाउने उनले बताए । उनले स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुने पनि बताए । सोमबार सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन […]
नागरिक रैबार/बाजुरा ३० फागुन। बाजुरामा एकल महिलालाई बलत्कार गरी फरार रहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ५ का नेत्र भन्ने नबराज शाही रहेका छन् । शाहीले २०७४ साल पुस ९ गते राति गाउँकै एक पिडित एकल महिलालाई कोही नभएको मौका छोपी बलत्कार गरेर फरार भएका थिए […]
धनगढीः सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइराला लगायत २ जना छन्। उनीहरुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरी बा ३९ प ३७३९ नम्बरको मोटरसाइकलमा […]
नागरिक रैबार/बाजुरा १२ फागुन। बाजुरामा बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका ८ लमालबाडाका १९ वर्षिया धनबहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । प्रहरीका अनुसार रावतले केहिदिन पहिला बालिका सुतेको कोठाभित्र प्रवेश गरी जवरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । पक्राउ […]
काभ्रेपलाञ्चोक : जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ। चारै प्रतिवादीलाई बनेपा नगरपालिका–५ बाट मङ्गलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। जालसाजी मुद्दामा धुलिखेलस्थित जिल्ला अदालतबाट २०६८ फागुन १४ गते कैद तथा जरिवाना फैसला […]
चितवन : गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन्। न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो। उनलाई यही माघ ७ गते […]
धनगढीः प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालकिा १० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी ७का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका ३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन्। हिमालय एयरलाइन्स र एयर अरेबियाको […]
सर्वोच्च अदालतमा बिहीबार वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले बिरलै हुने दृश्य देखिन्। प्रहरीको दमन भोगिन्। कतिपयले त युद्धमा प्रयोग गरिने एसएलआर नै बोकेका थिए। झट्ट हेर्दा ब्यारेकजस्तो देखिन्थ्यो न्यायको मन्दिर।न्यायालय शुद्धीकरणको अभियानअन्तर्गत धर्नारत अन्य कानुन व्यवसायीभन्दा अगाडि थिइन् बराल। त्यही बेला महिला प्रहरी आएर लछारपछार गरेको उनले सुनाइन्। ‘हातले धकेलेजस्तो देखाउने तर तलबाट बुटले हिर्काउने […]
अछाम । अछामको साँफेबगर नगरपालिका–२ को बागविणी पुरानो बस्ती हो । जहाँ बाहुन, क्षत्री र दलित समुदायका मानिसको बसोबास छ ।धार्मिक, सांस्कृतिक र अन्य सामाजिक विषयमा सबै जातजातिका मानिसको एकै प्रकारको परम्परागत मान्यता र प्रचलन भए पनि खानेपानी वितरणको सम्बन्धमा भने जात जहिल्यै तगारो बन्ने गरेको छ । गाउँको माथिल्लो भाग जसलाई समुदायका मान्छेले सामुदायिक वनका रूपमा संरक्षण […]