होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् । काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिकालाई आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपी किशोरलाई अदालतबाट ५ दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्ष […]
२ माघ, काठमाडौं । मन्त्रिपरिषदले संविधानको कुनै धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको खुलासा भएको छ ।पुस ५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर संविधानको कुन धाराअनुसार प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्ने निर्णयमा उल्लेख नै छैन । मुख्यसचिव शंकरदास बैरागीले राष्ट्रपति कार्यालयका […]
‘निर्वाचन आयोगमा नेकपाको आधिकारिकता सम्बन्धित बहस चलिरहेको अवस्थामा आयोगका वरिष्ठ कर्मचारीको सरुवा गरिएको बुझिएको छ । नियतमाथि शंका, षड्यन्त्रको आभास ।’ मंगलबार राति नेकपा प्रचण्ड–माधव नेपाल समूहका प्रभावशाली नेता योगेश भट्टराईको ट्वीट हो यो । उनको ट्वीटमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि निर्वाचन आयोगसहित अन्य संवैधानिक निकायमा सेटिङ मिलाएको संकेत गरिएको बुझिन्छ । हालै […]
कालीकोट- कालिकोटको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ । नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर आज मृत्यु भएको हो । विष सेवन गरेर बटाला पनि गम्भीरावस्थामा रहेको प्रहरीले जनाएको छ । घरायसी झगडाका कारणले बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र […]
२८ पुस, काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् । आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिँसा गरेको आरोपमा प्रहरीले उनलाई कलेजबाटै सोमबार पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी […]
नागरिक रैबार/बाजुरा १९ पुस। महिलाको कोठामा गएर दुर्व्यवहार गर्ने बाजुराका एक युवकलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बुढीगंगा नगरपालिका–७ लामागाँउका अन्दाजी ३८ वर्षीय भरतराज गिरी रहेका छन् । गीरिले महिलाको कोठामा गएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । शनिबार राति गिरीले आफु घरमा एक्लै भएको बेला कोठामा आएर दुर्व्यवहार गरेको […]
दार्चुला: दार्चुलामा लागु औषधसहित एक युवक पक्राउ परेका छन्।जिल्लाको महाकाली नगरपालिका–४ बागाबगडबाट मालिकार्जुन गाउँपालिका–८ का अन्दाजी १९ वर्षीय नविन धामी लागु औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। भारतको धारचुलाबाट महाकाली नदी तारेर ल्याउदै गरेको अवस्थामा प्रहरीले धामीको साथबाट १ सय १२ क्याप्सुल पेभोन स्पास प्लस र २ सीसी स्कप कपसिरफ बरामद गरेको बताइएको छ। पक्राउ परेका […]
१२ पुस, जनकपुरधाम । सिराहामा आफ्नै सासुको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका-३ की ३५ वर्षीया मन्जुदेवी साह रहेकी छन् । गत कात्तिक ११ गते आफ्नै कान्छो छोरा रामअवतार साह र बुहारी मन्जुले बोक्सीको आरोप लगाएर कुटपिट गर्दा ८५ वर्षीया सुदामादेवी घाइते भएकी थिइन् । छोरा र […]
काठमाडौं । सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा स्थानीय तहसमेत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी भ्रष्टाचारसम्बन्धी उजुरी ३०.०७ प्रतिशत परेको उल्लेख छ। आयोगले उक्त प्रतिवेदन बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ। अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले मन्त्रालयगत रूपमा स्थानीय तहका कारणले सामान्य प्रशासनर्फत सबैभन्दा धेरै उजुरी परेको पाइएको […]
अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ । जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई जन्मकैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार नारायण पौडेलले जानकारी दिए । वडाध्यक्ष धामी […]
खोटाङ : आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको हत्या गरेको खुलासा भएको हो । करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका […]
नागरिक रैबार/बाजुरा ७ मंसिर। जिल्लाकाे सदरमुकाम मार्तडीमा चरेश जस्तो देखीने शंकास्पद कालो पदार्थ सहित एक महिला पक्राउ परेकी छन् । मंगलबार दिउसो सदरमुकाम मार्तडी बजारबाट ५ सय ग्राम चरेश जस्तो देखिने कालो पदार्थ सहित एक महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी प्रमुख मदनजित महराका अनुसार पक्राउ पर्नेमा गौमुल गाउँपालिका वडा […]
काठमाडौं । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने तयारी गरेका छन् । सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वाेच्च जाने तयारी गरेको नेकपा नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । सम्पूर्ण सांसदहरुको तर्फबाट अधिवक्ता गोविन्द बन्दीले सर्वाेच्चमा रिट दायर गर्ने […]
दाङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–३ मोहननगर टोल बस्ने ४२ वर्षीय राजकुमार सार्कीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजकुमारले आफ्नै श्रीमती ३७ वर्षीया देवा सार्कीलाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ र प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको […]
कास्की । श्रीमतीको इच्छाविपरित गर्भपतन गराएको आरोपमा नेपाल प्रहरीका निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदाम, कास्कीमा कार्यरत इन्सपेक्टर धुव्र शर्मा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा कार्यरत रहँदा इन्सपेक्टर शर्माले सोही स्थानकी युवतीसँग प्रेम सम्बन्धमै छँदा विवाहको प्रलोभन देखाएर शारीरिक सम्पर्क गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विवाह गरेको […]
मदिरा पिउन ५० रुपैयाँ नदिँदा कपिलवस्तुमा एक व्यक्तिले फुपुको हत्या गरेको खुलेको छ । पक्राउ पर्नेमा जिल्लाको शिवराज नगरपालिका–५ स्थित मकबुल मियाँको घरमा डेरा गरी बस्ने २३ वर्षीय तोरणबहादुर खड्का रहेका छन् । गत मंसिर २७ खड्का र उनकी फुपु ५९ वर्षीया सुशीला खड्काले गते राति ९ बजेसम्म घर पछाडीसँगै बसेर मदिरा सेवन गरेको र […]
प्रहरीको फरार सूचीमा रहेका हरि आचार्य र योगेन्द्र रावल १५ मंसिरमा एकाएक काठमाडौं जिल्ला अदालतमा हाजिर भए । सोही दिन थुनछेक बहसपछि दुवै जना जनही ५५ हजार रूपैयाँ धरौटी बुझाएर छुटे । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको नेपाल विद्यार्थी संघका नेताद्वय आचार्य र रावललाई आफ्नै गुरुको ज्यान मार्ने कसुरको अभियोग छ । समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर […]
काठमाडौं । ३ वटा ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेकेदार कम्पनीहरु साइनो छापाखाना, राजवंशी निर्माण सेवा, श्री साई इम्पेक्स र के डि एम इन्टरनेशनल प्रा.लि. लाई कालोसूचीमा राखेको हो । तीनवटै कम्पनीलाई १÷१ वर्ष अवधिका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । उनीहरुको कालोसूची बुधबारदेखि लागू भएको छ । सार्वजनिक […]
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता लुकाएको आशंकामा हुम्ला प्रहरीले गैरकानुनी रूपमा मध्यराति पत्रकारहरूको घर खानतलासी गरेको छ । विप्लवका जिल्ला सेक्रेटरी कुम्भ बुढालाई लुकाएको आशंका गर्दै पत्रकारद्वय नरजन तामाङ र कर्णबहादुर रोकायको घर प्रहरीले खानतलासी गरेको हो । राज्यविरुद्धको अपराध अभियोगमा हुम्ला जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासबाट मंगलबार सफाइ पाएका बुढालाई प्रहरीले पुनः […]
भारतको महाराष्ट्र राज्यले बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिने व्यवस्था भएको कानुन भएको छ। त्यहाँको मन्त्रीपरिषद्ले सो व्यवस्थासम्बन्धी कानुनलाई पेस गर्ने मञ्जुरी दिएको छ।यसैगरी उसले एसिड आक्रमण पीडितलाई १० लाखको क्षतिपूर्ति दिने प्रावधान पनि विधयेकको मस्यौदामा समावेश गरेको छ। राज्यका गृहमन्त्री अनिल देशमुखले मन्त्रीपरिषद् बैठकपछि सरकारले बलात्कार, एसिड आक्रमण लगायतका महिलाहिंसामा दोषीलाई मृत्युदण्ड, आजीवन कारवाससँगै अत्याधिक जरिमाना […]